बरिष्ठ नक्सलवादी नेता प्रशान्त बोसको निधन

भाकपा (माओवादी) का वरिष्ठ पोलिटब्युरो सदस्य एवं नक्सल आन्दोलनका दिग्गज नेता प्रशान्त बोस उर्फ किशन दाको शुक्रबार ३ अप्रिलमा राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (RIMS) अस्पतालमा निधन भएको छ। ८२ वर्षीय बोस लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याहरूसँग जुधिरहेका थिए। उनको मृत्युसँगै नक्सलवादको पुरानो युगको एउटा महत्त्वपूर्ण अध्याय समाप्त भएको छ। मूल रूपमा पश्चिम बंगालका बासिन्दा प्रशान्त बोस दशकौँसम्म नक्सली गतिविधिहरूको केन्द्रमा रहे। उनी सन् १९६० को दशकदेखि नै नक्सल आन्दोलनमा जोडिएका थिए र उनको यात्रा माओवादी कम्युनिस्ट सेन्टर अफ इन्डिया (MCCI) बाट सुरु भएको थियो।

सन् २००४ मा जब एमसीसीआइ र पिपुल्स वार ग्रुपबीच एकता भई भाकपा (माओवादी) बन्यो, तब बोसलाई नयाँ सङ्गठनको पोलिटब्युरोमा महत्त्वपूर्ण स्थान दिइयो। उनी बिहार, झारखण्ड, पश्चिम बंगाल र छत्तीसगढमा सङ्गठनको गतिविधिका प्रमुख अनुहारहरूमध्ये एक थिए। 'किशन दा' को नामले परिचित बोसलाई प्रहरी स्रोतका अनुसार नक्सली विचारधाराको 'इन्साइक्लोपिडिया' मानिन्थ्यो। उनले पूर्वी क्षेत्रीय ब्युरोको नेतृत्व सम्हाल्दै सङ्गठनको नीति निर्माण र ठूला हमलाहरूको योजना बनाउने मुख्य रणनीतिकारको भूमिका निभाउँथे।

प्रशान्त बोसको प्रभाव केवल झारखण्डमा मात्र सीमित थिएन। सुरक्षा एजेन्सीहरूको अभिलेख अनुसार उनीमाथि झारखण्ड, बिहार, पश्चिम बंगाल, ओडिशा, छत्तीसगढ, आन्ध्र प्रदेश र महाराष्ट्र गरी ७ राज्यहरूमा २०० भन्दा बढी नक्सली घटनाहरू गराएको वा त्यसको षड्यन्त्र रचेको आरोप थियो। धेरै ठूला नक्सली आक्रमणहरू पछाडि उनकै मस्तिष्कले काम गर्ने गरेको हुनाले उनी लामो समयदेखि सुरक्षा बलको 'मोस्ट वान्टेड' सूचीको शीर्ष स्थानमा रहेका थिए।

नोभेम्बर २०२१ मा झारखण्ड प्रहरीले कोल्हान क्षेत्र (सराईकेला-खरसावाँ जिल्ला) मा जाँचका क्रममा बोसलाई उनकी पत्नी शीला मराण्डी (जो आफैँमा एक माओवादी नेता हुन्) र अन्य चार सक्रिय सदस्यहरूसहित गिरफ्तार गरेको थियो। उक्त गिरफ्तारीलाई झारखण्ड प्रहरीले त्यस समयको आफ्नो सबैभन्दा ठूलो उपलब्धिको रूपमा उल्लेख गरेको थियो। त्यस बखत बोसको टाउकोको मूल्य एक करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो।

बोस राँचीस्थित बिरसा मुण्डा सेन्ट्रल जेलमा थुनामा थिए। जेलमा उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई रिम्स (RIMS) अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा उनले अन्तिम सास फेरे। रिम्सका अधीक्षक डा. हिरेन बिरुआले बोस धेरै रोगहरूबाट ग्रसित भएको पुष्टि गरेका छन्। केही रिपोर्टहरूका अनुसार, उनले जेलमै बिहान करिब ४ बजे प्राण त्याग गरेका थिए, जसपश्चात शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको थियो। उनको मृत्युलाई माओवादी सङ्गठनका लागि एउटा अपूरणीय क्षतिका रूपमा हेरिएको छ  उनी ६० को दशकमा सुरुभएको नक्सलवादी आन्दोलन र नयाँ पुस्ताबीच एक वैचारिक कडीको रूपमा रहेका थिए ।

तस्विर: https://www.loksatta.com

 

भारत सरकारद्वारा माओवादी विद्रोहमाथि विजयको घोषणा

भारत सरकारद्वारा माओवादी विद्रोहमाथि विजयको घोषणा

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरूको चिन्ता

नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

किम जोङ-उन उत्तर कोरियाको सर्वोच्च नेतामा पुनः निर्वाचित

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा खण्डन

इरान–अमेरिका तनाव र युद्धको स्थिति: वार्ता भइरहेको ट्रम्पको दावीको इरानद्वारा …

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

दार्शनिक जुर्गेन हेबरमासको निधन: संवाद र तर्कको एउटा युग अन्त्य

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्रस्ताव

नेकपा (एमाले) मा गम्भीर धक्का: संरचनात्मक शल्यक्रिया र ‘विशेष महाधिवेशन’को प्र…