पाँचौं ललितपुर मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते सम्पन्न
नेपाल बालकुमारी क्योकुशिन कराते संघको आयोजनामा ललितपुरको मंगलबजारमा पाँचौं संस्करणको 'ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८२' फागुन १ र २ गते भव्यताका साथ सम्पन्न भएको छ।
वि.सं. २०७६ सालदेखि संघले निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगितामा यसपटक पुरुषतर्फ १५० र महिलातर्फ १५० गरी जम्मा ३०० जना खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कराते खेलको प्रवर्द्धन, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस खेललाई सफलतापूर्वक सम्पन्न गर्न निर्णायक, व्यवस्थापक र स्वयंसेवक गरी ५० जना जनशक्ति परिचालन गरिएको थियो।
प्रतियोगितामा सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई ट्रफी, सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। विशेष गरी, यस वर्षको 'नियमित रामजी गुरु स्मृति नगद पुरस्कार' तर्फ सबै विधाका प्रथम हुने खेलाडीहरूबीच गोलाप्रथा गर्दा ५५ केजी महिला समूहकी लक्ष्मी थिङ्ग भाग्यशाली घोषित भएकी थिइन् । उनलाई पुरस्कारस्वरुप ५० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो। खेलका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुतिले प्रतियोगितामा थप रौनक थपेको थियो।
निष्क्रिय अवलोकनबाट साझा सिकाइतर्फ: कार्यशाला र संवादले चलचित्र प्रदर्शनीमार्फत …
राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रदान
राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कारको घोषणा
सरकारले काम गर्न नसके मुलुक गम्भीर मोडमा पुग्ने गृहमन्त्रीको चेतावनी
सार्वजनिक पुस्तकालय स्थापना
विज्ञानको दर्शनबारे छलफल
राजेन्द्र सुवेदी साहित्य र कला पुरस्कार प्रदान
प्रतिक्रिया