गधाकी आमा

कहिलेकाहीँ अर्कालाई जिस्क्याउन खोज्दा आफैँ अप्ठ्यारोमा परिन्छ । यो घटनामा पनि त्यस्तै भयो।

एउटा गाउँमा एक बूढी आमा बस्ने गर्थिन्। उनीसँग एउटा गधा थियो। हरेक बिहान उनी त्यो गधालाई लिएर गल्ली हुँदै चौरसम्म जाने गर्थिन्।

एक दिन बिहान केही युवकहरूले ती बूढी आमालाई देखे र उनलाई जिस्क्याउन थाले। एउटा ठिटोले व्यङ्ग्य गर्दै चिच्याएर भन्यो, "नमस्ते, गधाकी आमा!"

बूढी आमाले  उनीहरूलाई हेरेर मुस्कुराइन् र निकै मायालु स्वरमा जवाफ दिइन्:

"नमस्ते मेरा बच्चाहरू, तिमीहरूलाई कस्तो छ?"

बूढी आमाको यस्तो जवाफ सुनेपछि ती केटाहरूको अनुहार हेर्न लायकको भएको थियो!

श्रोत : अफ्रिकी लोककथा