रामचन्द्र भट्टराईको निधन
प्रसिद्ध प्रगतिशील साहित्यकार, सँस्कृतिकर्मी एवं पत्रकार रामचन्द्र भट्टराईको निधन भएको छ ।
मुक्तिमोर्चा, मालेहुँदै एमाले बनेका भट्टराई शालिन र भद्र साँस्कृतिकर्मीका रुपमा समेत परिचित थिए । माओवादीले हिंसात्मक जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएपछि उनी एमाले परित्याग गरी माओवादी पार्टीमा लागेका थिए । माओवादी पार्टीबाट राष्ट्रिय सभाका सांसद समेत बनेका भट्टराई पछि २०७३ को अन्त्य तिर माओवादी पार्टी परित्याग गरी आफ्नो मूल पार्टी एमालेमै फर्केका थिए ।
भट्टराईका थुप्रै कृतिहरु प्रकाशित छन् । उनका प्रकाशित कृतिहरुमा बोई (२०३२) गीतिकाव्य, हलो (२०३७), हृदयका फूलहरू (२०४६), झिङ्गे माछो (२०४७), आगोका फूलहरू (२०६१), सेतो हात्ती (२०६३) कविता सङ्ग्रह , सुखानीको रगत (२०४९) गीत सङ्ग्रह, ज्वाला (२०६४) उपन्यास छन् । त्यसबाहेक उनका सैयौं फुटकर कविता प्रकाशित छन् ।
वि. सं. १९९८ असोज ५ गते पाल्पाका भुवनपोखरीमा जन्मेका भट्टराईले वि.सं.२०३० को दशकदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका थिए । २०४६ सालको जनआन्दोलनको सेरोफेरोमा भट्टराई समेतको सक्रियता रहेको समालोचना दैनिकले आन्दोलनका समाचारहरुलाई जनतासामु पुर्याउने तथा आन्दोलनलाई उर्जा प्रदान गर्ने काम गरेको विशेष स्मरणीय छ ।
माइकल प्यारेन्टीको ९२ वर्षको उमेरमा निधन
भारतको झारखण्डमा १ करोड रुपैयाँ इनाम घोषित शीर्ष माओवादी नेता सहित १५ जना …
देश सही दिशामा छैन भन्ने ७० प्रतिशत नागरिकको ठम्याइ
दर्जनौँ संयुक्त राष्ट्रसंघीय र अन्तर्राष्ट्रिय संस्थाबाट अमेरिका बाहिरिने
'तँलाई खाने बाघले मलाई पनि खान्छ'
ट्रम्पको घोषणा: मादुरोको ‘पक्राउ’ पछि भेनेजुएला अमेरिकाले चलाउने
तेक्वान्दो खेलमा नेपाली खेलाडीहरुको शानदार विजय
प्रतिक्रिया