सिरियामा कुर्दको पराजय
सिरियामा उनीहरूको जनसंख्याको करिब १०–१५ प्रतिशत रहेका कुर्दहरु उत्तर र उत्तर–पूर्वी सिरियामा बढी बसोबास छ । उनीहरुको बसोबास मूलत: कुर्द भाषामा “रोजावा” भनिने तीन ऐतिहासिक क्षेत्रहरु अफ्रिन (उत्तर–पश्चिम), कोबाने/ऐन अल–अरब (मध्य उत्तर) र जजिरा/हसाका (उत्तर–पूर्व) मा रहेको छ ।
लियोनिद साबिन
सिरियामा कयौँ महिनासम्म भएका स-शस्त्र झडपहरू र परस्पर आरोप–प्रत्यारोपपछि औपचारिक रूपमा सिरियाली सशस्त्र बलहरु तथा देशको उत्तर–पूर्वी भागमा रहेका कुर्दिश मिलिसिया (कुर्दहरूको परिभाषाअनुसार रोजाभा क्षेत्र) भित्रका लडाकुहरू (जसलाई सिरियन डेमोक्रेटिक फोर्सेस भनिन्छ) बीच गत सप्ताहन्तमा निर्णायक लडाइँमा भयो। तत्पश्यात तत्काल कुर्दहरू रक्का सहरबाट पछि हट्न मात्र बाध्य भएनन् त्यसको साथ-साथै डेर एज़–जोर नजिकको तेल–समृद्ध क्षेत्रहरू पनि परित्याग गर्न बाध्य भए। आइतबार साँझसम्म दमास्कसको सर्तमा युद्धविराम घोषणा गरियो। तर रातिबाट पुनः लडाइँ सुरु भएको छ।
सिरियन डेमोक्रेटिक फोर्सेस (SDF) का सर्वोच्च कमाण्डर मजलुम अब्दीले पूर्ण सैन्य परिचालन (फुल मोबिलाइजेसन) को घोषणा गर्दै भनेका छन् कि वर्तमान अवस्थामा गृहयुद्ध टार्नका लागि उनीहरूलाई अस्थायी रूपमा पछि हट्न बाध्य हुनुपरेको छ। तर कुर्द जनताले हासिल गरेका उपलब्धिहरूको रक्षा गर्न उनीहरू पूर्ण रूपमा तयार छन्।
यस सन्दर्भमा उल्लेखनीय विषय के हो भने, त्यस घटना हुनुभन्दा एक साताअघि नै अलेप्पो र वरपरका क्षेत्रहरूमा कुर्द बस्तीहरूमा आक्रमण गरि वास्तविक सफाइ (cleansing) प्रक्रिया सुरु भइसकेको थियो। त्यहाँ तैनाथ लडाकुहरूका अतिरिक्त छिमेकी देश टर्कीका सशस्त्र बलहरूलाई पनि रक्का क्षेत्रमा प्रवेश गराइएको थियो। यसै समयमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली संक्रमणकाली अन्तरिम सरकारलाई निरन्तर समर्थन गर्ने घोषणा गरे। त्यसैले अहिले “कुर्द जनताका उपलब्धिहरू” को पुनःप्राप्ति गर्न र संरक्षण अब एक गम्भीर प्रश्न बनेको छ।
जनवरी १८ मा इराकको कुर्द स्वायत्त क्षेत्रका प्रधानमन्त्री नेचिर्वान बार्जानी, पिकेकेका बन्दी नेता अब्दुल्लाह ओजलान, इराकी शिया नेता मुक्तदा अल–सदर, साथै यस अघि लामो समयदेखि सिरियाली कुर्दहरूको समर्थन गर्दै आएका कुख्यात रसिया–विरोधी अमेरिकी (रुसोफोब) सिनेटर लिन्ड्से ग्राहमले वर्तमान परिस्थितिप्रति आफ्नो गहिरो चासो व्यक्त गरेका थिए। शनिबार, सिरियाका लागि संयुक्त राज्य अमेरिकाका विशेष दूत टम बाराकले एरबिलमा कुर्द नेताहरूसँग भेटवार्ता गर्दै विभिन्न विषयहरूमा छलफल समेत गरेका थिए। उक्त बैठकमा कुर्दिस्तान क्षेत्रका राष्ट्रपति तथा कुर्दिस्तान डेमोक्रेटिक पार्टी (केडीपी) का नेता नेचिर्वान बार्जानी, कुर्दिस्तान क्षेत्रका प्रधानमन्त्री मस्रूर बार्जानी, कुर्द नेतृत्वमा रहेको सिरियाली डेमोक्रेटिक फोर्सेस (एसडीएफ) का कमाण्डर माजलुम अब्दी, कुर्द नेशनल काउन्सिलका नेता मोहम्मद इस्माइल तथा अन्य धेरै विशिष्ट तथा प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
वासिङ्टनबाट कुनै प्रतिक्रिया नआउनु र बिगतमा कुर्दहरूलाई वास्तविक सैन्य सहयोग (बशर अल-असादको पतनभन्दा पहिलेको दिनहरू जस्तै) प्रदान गरिएको आधारमा हाल संयुक्त राज्य अमेरिकाले यस परिस्थितिलाई स्वाभाविक धारामा अघि बढ्न दिने निर्णय गरेको देखिन्छ। यसै सन्दर्भमा, इजरायलको मौनता झन् अर्थपूर्ण देखिन्छ। विगत धेरै दशकदेखि इजरायल र कुर्द समुदायबीच मैत्रीपूर्ण तथा रणनीतिक सम्बन्ध रहँदै आएको छ। तेल अवीभले सिरिया, इराक र इरानका कुर्दहरूलाई नियमित रूपमा गुप्तचर तथा सैन्य सहयोग उपलब्ध गराउँदै आएको तथ्य सर्वविदित नै छ। तर हाल इजरायलले कुनै औपचारिक प्रतिक्रिया नजनाउनु वा सक्रिय भूमिका नखेल्नुले यो संकेत गर्छ कि विगतका साझेदार राष्ट्रहरूले कुर्दहरूलाई उनीहरूको आफ्नै नियतिमा छोड्ने निर्णय गरेका छन्। यो पनि सम्भावना नकार्न सकिदैन कि संयुक्त राज्य र इजरायलले सीरियाका वर्तमान प्रमुख अहमद अल-शरासँग पूर्व सम्झौता गरी आफूलाई पछि हटाएका हुन्। गत वर्षको नोभेम्बर महिनामा उनी संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डी.सी. को भ्रमणमा थिए। जहाँ उनको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग औपचारिक भेटवार्ता भएको थियो। सो वार्तामा क्षेत्रीय सुरक्षाको विषय प्रमुख थियो तर त्यहाँ कुर्द मुद्दाहरु समावेश थिएनन्। बरु इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना र कब्जा गरिएको गोलान हाइट्सलाई मान्यता दिने मात्र थियो।
कुर्दहरूले स्वीकार गरेका दमास्कसका सर्तहरूअनुसार, सिरियन डेमोक्रेटिक फोर्से(SDF) ले रक्का र देइर एज–जोर जस्ता प्रमुख प्रान्तहरूबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने व्यवस्था समावेश गरिएको छ। त्यसको साथै सुरक्षात्मक जाँचपछि तिनका लडाकुहरूलाई 'व्यक्तिगत' आधारमा सिरियाको रक्षा मन्त्रालय र गृह मन्त्रालयवअन्तर्गत समावेश गरिने प्रावधान राखियकोछ। वास्तवमा, यसले पहिले एकीकृत रूपमा रहेको संरचनालाई विभिन्न एकाइहरूमा विखण्डन गरी सबैलाई अल–शाराआ समूहको नियन्त्रणमा ल्याउने अर्थ राख्छ। यी बाहेक कुर्दहरूले तेल तथा ग्यास क्षेत्रहरू, सीमा नाका र ठूला कारागारहरूको नियन्त्रणको जिम्मा पनि दमास्कसस्थित केन्द्रीय सरकारलाई सुम्पिरहेका छन्। जहाँ इस्लामिक स्टेट आतङ्कवादी संगठनका संदिग्ध सदस्यहरूलाई राखिएको छ।
छिमेकी इराकले सीमा नाकाहरुलाई लिएर पहिले नै प्रतिक्रियामा जनाइसकेको छ । उसले सिरियासँगको सीमामा सैनिक तथा सैन्य सामग्री तैनाथ गरेको छ। सीमामा संघीय सेना बाहेक कुर्दिस्तानी पेशमर्गा सेना पनि तैनाथ गरिएको छ। इराकी सीमामा तीन सुरक्षा लाइनहरू छन्: पहिलो लाइन सीमा रक्षक कमान्ड, दोस्रो लाइन सेना र तेस्रो लाइन जनशक्ति संगठन (पपुलर मोबिलाइजेसन फोर्सेज) हो। इराक र इराकी कुर्दिस्तानले रोजवा र सीरिया सँग ६१८ किलोमिटर लामो सीमा साझा गरेको छ। जुन लामो समयदेखि आइएसआईएस विरुद्धको लडाइँ र सीमापार आतंकवादी घुसपैठको नियन्त्रणका दृष्टिले अत्यन्त संवेदनशील विषय रहँदै आएको छ। वर्तमान तनावको सन्दर्भमा यो कारकलाई नजरअन्दाज गर्न सकिँदैन। जसको कारण इराकतर्फ दबाव बढ्दै। यसैकारण संयुक्त राज्य अमेरिकाले बगदादलाई कुनै पनि सहयोगको आश्वासन दिएर आफ्नो हितसम्बन्धी मुद्दाहरू, जसमाँ शिया र ईरानपन्थी समूहहरूलाई निरस्त्र गर्ने (वासिङ्टनले लामो समयदेखि यसको माँग गर्दै आएको छ) लगायतका विषयलाई तत्काल समाधान गर्न माँग गर्न सक्छ। यसमा मिलिसियामाथिको नियन्त्रण पनि समावेश छ, किनकि वासिङ्टनले लामो समयदेखि शिया तथा इरान–समर्थित समूहहरूलाई निःशस्त्रीकरण गर्न जोड दिँदै आएको छ।
सोमबार, जनवरी १९ मा, सिरियन डेमोक्रेटिक फोर्सेस (SDF) दमस्कससँग सम्बन्धित "सशस्त्र समूहहरू" द्वारा हसाका र रक्का क्षेत्रमा गम्भीर स्तरको हिंसात्मक गतिविधिहरु "गम्भीर उक्साहट" भएको जानकारी दिएको थियो। जसमा हजारौं आइएसआइएस योद्धाहरू रहेका दुई कारागारहरूको नजिक समेत घटनाहरू भएको समाचारहरु समावेश छन्। उनीहरूले पछि यससम्बन्धी रिपोर्ट गरेर उनीहरूका ससस्त्र बलहरूले दुई कारागार मध्ये एकमाथि नियन्त्रण गुमाएका छन् जानकारी गरायका छन्। यो खबर अल-शद्दादी कारागारको बारेमा थियो। यो अनुमान गर्न सकिन्छ कि त्यहाँबाट रिहा भएका कैदी आतंकवादीहरू सिधै आजको सिरियाको रक्षा मन्त्रालय र अन्य कानून लागू गर्ने निकायहरूको माथिल्लो निकायमा सामेल हुनेछन्।
उत्तरपूर्वी सिरियामा रहेको अल–खोल शिविर एक अलग र गम्भीर समस्या बनेको छ। जहाँ पूर्व ISIS लडाकुहरू तथा उनीहरूका परिवारका सदस्यहरूलाई राखिएको छ। बढ्दो सुरक्षा चिन्ताबीच बगदादले बाँकी रहेका इराकी परिवारहरूलाई स्वदेश फिर्ता ल्याउने घोषणा गरेकोले त्यसको तयारी समेत गरिरहेको छ। हाल उनीहरूको संख्या सयभन्दा कम छ। यद्यपि यसअघि सिरियामा आइएसआइएस (ISIS) मा संलग्न इराकका लडाकु संख्या बीसहजारभन्दा बढी थिए।
यस शिविरलाई उग्रवादको सम्भावित केन्द्रका रूपमा लिइन्छ। यहाँ इराकी र सिरियालीहरू मात्र नभई आइएसआइएस (ISIS) मा सामेल भएका वा यसको निर्देशन अन्तर्गत समाहित अन्य देशका हजारौँ मानिसहरू पनि रहेका छन्। यसरी हेर्दा नयाँ समस्या उत्पन्न हुन सक्ने तथा पुराना समस्याहरू पुनः बल्झिन सक्ने आपसमा सम्बन्धित धेरै कारकहरू देखिन्छन् । आतंकवादसँग प्रत्यक्ष रूपमा जोडिएको यो क्षेत्र आज सम्पूर्ण विश्वका लागि अत्यन्तै गम्भीर र खतरनाक चुनौतीको रूपमा उभिएको छ। तर अल–शाम समूहलाई वैधता प्रदान गर्ने क्रममा पश्चिमी मुलुकहरूले यस जोखिमलाई समयमै र पर्याप्त रूपमा मूल्याङ्कन गर्न नसकेको देखिन्छ। जसको परिणाम, उक्त समूहसँग सम्बद्ध लडाकु तथा हालका सिरियाली अन्तरिम सरकारका प्रमुख अहमद अल–शराआलाई पछि अन्तर्राष्ट्रिय मान्यता दिइयो।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
चीनका द्वारा क्युबालाई नयाँ चरणको सहायता स्वीकृत
सिरियाली कुर्द विद्रोहको अस्ताउँदो सूर्य
चीनद्वारा क्युबालाई ३०,००० टन चामल सहयोग
राष्ट्रपति मदुरोको रक्षा गर्ने एक जीवित क्युबाली लडाकूको गवाही
क्युबा र भेनेजुएलाबीचको सहकार्य: अमेरिकाको युद्ध–निशाना
बुर्किना फासोमा राष्ट्रपति इब्राहिम ट्राओरेविरुद्धको हत्या षड्यन्त्र विफल
ट्रम्पको हुङ्कार: “मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन”
प्रतिक्रिया