'तँलाई खाने बाघले मलाई पनि खान्छ'
नेपाली लोकोक्ति 'तँलाई खाने बाघले मलाई पनि खान्छ' स्मरण गराउँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसार फेरि दोश्रो विश्वयुद्ध पूर्वको डरलाग्दो सामरिक टकराव र 'विश्व अव्यवस्था' ( world disorder ) तिर जाँदै गरेको चेतावनी दिएका छन् ।
सिएनएनमा प्रकाशित “ट्रम्प भन्छन्, अमेरिका भेनेजुएलाको तेल भण्डार नियन्त्रणमा लिँदैछ। यसको अर्थ के हो?” शीर्षकको लेख शेयर गर्दै डा. भट्टराईले फेसबुकमा लेखेका छन्:
‘भेजुएलामाथि अमेरिकाको नांगो आक्रमण तथा कब्जा र त्यहाँका राष्ट्रपतिको अपराधिक शैलीमा अपहरण भित्र लुकेको यो 'तेल अर्थशास्त्र' ( oil economy ) को रहस्य सबैले राम्ररी बुझौं! स्मरण रहोस्, भेनेजुएला विश्वमा सबभन्दा धेरै तेलभण्डार ( अमेरिका भन्दा ६ गुना धेरै ) भएको मुलुक हो।
संसार कसरी फेरि दोश्रो विश्वयुद्ध पूर्वको डरलाग्दो सामरिक टकराव र 'विश्व अव्यवस्था' ( world disorder ) तिर जादैछ भन्ने ख्याल राखौं।
अनि 'तँलाई खाने बाघले मलाई पनि खान्छ' भन्ने लोकोक्ति स्मरण गरौं!’

सिएनएनको उक्त लेखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेनेजुएलाका तेल भण्डारमाथि अमेरिका “नियन्त्रण लिँदैछ” भन्ने दाबीको वास्तविक अर्थ र सीमाहरू उल्लेख गरिएको छ। लेखका अनुसार भेनेजुएला विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको देश भए पनि वर्षौँको कुप्रबन्धन, अमेरिकी प्रतिबन्ध, प्रविधिको अभाव र राजनीतिक संकटका कारण यसको तेल उत्पादन ऐतिहासिक रूपमा निकै खस्किएको छ।
लेखका अनुसार ट्रम्पको भनाइ तत्काल भौतिक नियन्त्रण भन्दा पनि राजनीतिक दबाब, सम्भावित सत्ता परिवर्तन, र भविष्यमा अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको ऊर्जा क्षेत्रमा प्रवेश गराउने रणनीतिक संकेत हो। तर व्यवहारमा भेनेजुएलाको तेल उद्योग पुनर्जीवित गर्न धेरै वर्ष, अर्बौँ डलर लगानी, प्रतिबन्धको अन्त्य, र स्थिर सरकार आवश्यक पर्छ।
त्यसैले, ट्रम्पको घोषणाले तत्काल विश्व तेल बजारमा ठूलो असर पार्ने अवस्था छैन, न त अमेरिका एकाएक भेनेजुएलाको तेल “हात पार्ने” स्थितिमा छ। लेखले यसलाई बढी राजनीतिक सन्देश र दीर्घकालीन भू–राजनीतिक आकांक्षाका रूपमा व्याख्या गरेको छ।
अमेरिकी पनडुब्बीद्वारा श्रीलङ्काली तट नजिकै इरानी युद्धपोत ध्वस्त
खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता
अमेरिकी- इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु
भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्…
सुरक्षा निकायको निगरानीमा ३०० माओवादी
मार्क्सवादी समाजशास्त्री जेम्स पेट्रासको निधन
लिबियामा मुअम्मर गद्दाफीका छोराको हत्या
प्रतिक्रिया