उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन
किम योंग नाम (बायाँ)
उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन भएको छ। उनको निधन ९७ बर्षको उमेरमा ३ नोभेम्बर २०२५ मा भएको हो। उनले १९९८ देखि २०१९ मा सेवानिवृत्त नभएसम्म औपचारिक राष्ट्रप्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए।
उत्तर कोरियाली नेता किम जोङ–उन मंगलबार बिहानै किमको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगे। किम योङ्ग नामको निधनमा चीनले “गहिरो संवेदना” व्यक्त गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले नियमित प्रेस–वार्ताका क्रममा किम योङ नाम चीनका पुराना मित्र भएको जनाउँदै, “चीन र उत्तर कोरियाबीचको परम्परागत मैत्रीपूर्ण तथा सहकार्य–सम्बन्धको विकासमा उनले महत्त्वपूर्ण योगदान पुर्याए,” भनिन्।
सन् १९२८ मा जन्मिएका किमले विदेश मन्त्रालयका प्रमुख पदहरू सम्हाल्दै संस्थापक नेता किम इल सुंगको शासनकालमा देशको कूटनीति निर्माणमा महत्वपूर्ण भूमिका खेले। उनले पछि किम जोङ इलको शासनमा पनि विदेश प्रतिनिधित्वमा सक्रिय रहँदै विश्व बाट एक्लिएको उत्तर कोरियाको अन्तर्राष्ट्रिय उपस्थिति कायम राखे।
किम जोङ–उनको शासनकालमा किम योङ नाम बाह्य जगतले देख्ने उत्तर कोरियाको कूटनीतिक अनुहारको रुपमा रहेका थिए । उनी प्योङयाङमा उच्चस्तरीय पाहुनाहरूको स्वागतमा अग्रपंक्तिमा देखिन्थे। सन् २०१८ को शीतकालीन ओलम्पिकका क्रममा उनी दक्षिण कोरिया पुगेर तत्कालीन राष्ट्रपति मुन जे–इनसँग भेटेका थिए। केसीएनएका अनुसार, बिहिबार किम योङ नामको सम्मानमा राजकीय संम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
तस्विर: https://www.aljazeera.com/
युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते
अमेरिकी सैन्य आक्रमणको सामना गर्न भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…
इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…
जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …
ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की
गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?
प्रतिक्रिया