छत्तीसगढ–तेलंगाना सीमामा माओवादी बिद्रोही बिरुद्धको अभियान स्थगित

छत्तीसगढ–तेलंगाना सीमामा पर्ने कारेगुट्टा पहाडमा भारतीय वायुसेनासहित करिब २८,००० सुरक्षाकर्मीहरू संलग्न रहेको एक विशाल माओवादी  विद्रोहविरोधी अपरेसन, २० दिनपछि स्थगित गरिएको छ । यसको उद्देश्य प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को शीर्ष नेतृत्वलाई सखाप पार्नु थियो।

यो अपरेसन अप्रिल २१ मा सुरु भएको थियो,  जब गुप्तचर रिपोर्टहरूले माओवादीको शीर्ष नेतृत्व उक्त पहाडमा लुकेको र तिनीहरूलाई जनमुक्ति गुरिल्ला सेनाको (PLGA) सबैभन्दा बलियो सशस्त्र इकाई ब्याटालियन १ ले सुरक्षा दिइरहेको जानकारी दिएको थियो। यद्यपि अधिकारीहरूले अपरेसन रोकिएको पुष्टि गरेका छन्, तर यसबारे आधिकारिक रूपमा कारण भने बताइएको छैन।

अधिकारीहरूका अनुसार, उक्त अपरेसनको मुख्य लक्ष्य सशस्त्र इकाईलाई ध्वस्त पार्नु थियो, जसले सुकमा र बीजापुरमा भएका ६ ठूला आक्रमणहरू — जसमा गत वर्ष जनवरीमा सुकमाको टेकलगुडा क्षेत्रमा तीन जवानको हत्या भएको थियो — गरेको मानिन्छ।

गृहमन्त्री अमित शाहले मार्च २०२६ सम्म नक्सलवाद अन्त्य गर्ने घोषणा गरेसँगै, यो अपरेसनलाई ठूलो सफलता मानिएको थियो।

यो अप्रेसनलाई निक्कै चुनौतीपूर्ण मानिएको थियो किनकी कारेगुट्टा पहाड  ७०० मिटर अग्लो र घना जङ्गलले ढाकिएको क्षेत्र हो । यस क्रममा एंटी-नक्सल अपरेसनका लागि खटाइएको ग्रेहाउन्ड्स नामक विशेष बलका तीन जवान आईईडी विस्फोटमा मारिएका थिए भने सीआरपीएफ, जिल्ला रिजर्भ गार्ड (DRG) र विशेष कार्यदल (STF) का ६–७ जवान सामान्य घाइते भएका छन्।

कम्तीमा चार माओवादी मारिएको पुष्टि भएको छ, यद्यपि सरकारी स्रोतले यो संख्या दुई दर्जनभन्दा बढी भएको बताएको छ — जसमा एक वरिष्ठ माओवादी नेता पनि रहेको अनुमान छ।

अप्रेसनको क्रममा सुरक्षाकर्मीहरूले झण्डै २ टन विस्फोटक पदार्थ, ४०० भन्दा बढी इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (IEDs) र ४० वटा हतियार बरामद गरेको जनाइएको छ।

Sorce:- Indian Express

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?