पारिजात सम्मान प्रदान

पारिजात स्मृति केन्द्रले यही २०८१ साल वैशाख ५ गते पारिजात स्मृति भवन म्हेपि, बालाजुमा ३२ औं पारिजात स्मृति दिवसका अवसरमा चारजना स्रष्टा एवं अधिकारकर्मीहरुलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरूमा बिना थिङ (पारिजात सृजन सम्मान), तेजप्रकाश श्रेष्ठ (पारिजात बालसाहित्य सम्मान), डा.विन्दा पाण्डे (पारिजात सङ्घर्षशील नारी सम्मान) र मूर्तिकार उत्तम डङ्गोल (पारिजात कला सम्मान) छन् ।
उनीहरुलाई पारिजात स्मृति दिवसको अवसरमा वैशाख ५ गते म्हेपी स्थित पारिजात स्मृति केन्द्रमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
सम्मानित स्रष्टा एवं अधिकारकर्मीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विमल निभा, स्मृति केन्द्रकी संस्थापक अध्यक्ष सुकन्या वाइबा र पूर्व अध्यक्ष डा. महेश मास्केले खादा, प्रमाणपत्र एवम् नगद प्रदान गरेका थिए ।
पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री हिसिला यमीले साहित्यकार पारिजातको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । त्यसैगरी, केन्द्रका पूर्व अध्यक्ष मातृका पोखरेलले सम्मानित स्रष्टाहरूको बारेमा परिचयात्मक मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गरेका थिए ।
यसअघि पारिजात जन्मजयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गरी पारिजात सम्मान– २०८१ को घोषणा गरिएको थियो ।

रहेनन् भैरव दाइ !

प्रचण्डको हातबाट ‘हिन्दू गणतन्त्रात्मक राज्य’ घोषणा गराउने चलखेल ?

कालजयी कृतिहरुका रचनाकार लीलबहादुर क्षेत्रीको अवसान

पारिजात सम्मानको घोषणा

काठमाडौं स्कुल अफ लको चेतावनी

वरिष्ठ साहित्यकार नेपाललाई हृदयचन्द्र स्मृति सम्मान

पारिजातसम्बन्धी अध्ययनलाई हटाइएकोमा पारिजात स्मृति केन्द्रको आपत्ति

प्रतिक्रिया