फरक फरक नयाँ वर्ष !

विश्वमा नयाँ वर्ष मनाउने प्रचलन कहाँबाट शुरु भयो ?

आज नेपालीहरुको लागि नयाँ वर्षको दिन । आजदेखि सन् २०८१ ले विदा लिएर २०८२ शुरु भयो इशापूर्व ५७ मा राजा विक्रमादित्यले शुरुवात गरेको भनी मानिएको पात्रो प्रणाली विक्रम संवत प्रणालीमा यो नयाँ वर्ष आधारित छ । विश्वका अधिकांश भागमा चाहिँ नयाँ वर्ष ग्रेगोरियन पात्रोको आधारमा जनवरी १ का दिन मनाइने गरिन्छ ।

फर्केर हेर्दा नयाँ वर्ष मनाउने प्रचलन

इतिहासलाई फर्केर हेर्दा नयाँ वर्ष मनाउने चलन सबैभन्दा पहिले प्राचीन मेसोपोटामिया (आजको इराक क्षेत्र) बाट शुरु भएको मानिन्छ । त्यहाँ विकसित अक्कादियन/बेबिलोनी सभ्यता ले लगभग ४००० वर्षअघि नै नयाँ वर्षको उत्सव मनाउन थालिसकेको पाइन्छ।

उनीहरूले वसन्त ऋतुको आगमनको अवसर पारेर (मार्च महिनातिर)  नयाँ वर्ष मनाउँथे । यो नयाँ वर्ष मनाउने प्रचलन खेतीपातीको सुरुआतसँग जोडिएको थियो।त्यो उत्सवलाई Akitu Festival भनिन्थ्यो । त्यस अवसरमा उनीहरुले आफ्ना देवता मर्दुकलाई विशेष पुजाआजा गरेर नयाँ वर्ष मनाउने गर्थे ।

संसारमा सबैभन्दा बढी प्रचलित नयाँ वर्षको शुरुवात चाहिँ ईसा पूर्व ४६ तिर भएको पाइन्छ । त्यसबेला रोमन सम्राट जुलियस सिजरले जुलियन क्यालेण्डर लागू गरेका थिए । त्यसमा जनवरी १ लाई नयाँ वर्षको पहिलो दिनको रूपमा घोषणा गरिएको थियो । त्यो दिनलाई नयाँ वर्षको शुरुवातको रुपमा जानुस (Janus) नामक रोमन देवताको सम्मानमा राखिएको थियो । रोमन मिथकका अनुसार जानुस देउताको  दुईवटा मुख हुन्छ — जसमध्ये एउटाले विगतलाई हेर्छ भने अर्कोले भविष्यलाई।

संसारभर प्रचलित नयाँ वर्षका स्वरूपहरू

संसारभर दर्जनौँ फरक नयाँ वर्षहरू छन् जुन फरक-फरक पात्रो (क्यालेन्डर) प्रणाली, खगोलीय चक्र, धार्मिक विश्वास, वा मौसमी परिवर्तनहरूमा आधारित छन्। तीमध्ये केही मुख्य नयाँ वर्ष उत्सवहरू (धार्मिक/सांस्कृतिक आधारमा) निम्नानुसार छन्:

नयाँ वर्ष

पात्रो प्रणाली

कहिले मनाइन्छ

प्रमुख देश/समुदाय

ग्रेगोरियन नयाँ वर्ष

सौर्यमान

१ जनवरी

अधिकांश विश्व

चिनियाँ नयाँ वर्ष

चन्द्र-सौर्य मान

जनवरी–फेब्रुअरी

चीन, ताइवान, दक्षिण एसिया

इस्लामिक नयाँ वर्ष

चन्द्र मान

मुहर्रम १ (तिथि बदलिन्छ)

मुस्लिम समुदाय

पर्सियन नयाँ वर्ष

सौर्य

मार्च २१ (वसन्त विषुव)

इरान, अफगानिस्तान, केन्द्रीय एसिया

हिन्दू नयाँ वर्ष (विविध रूपहरू)

चन्द्र/सौर्यमान

चैत्र/बैशाख

भारत, नेपाल, बंगलादेश

बौद्ध नयाँ वर्ष

चन्द्र/सौर्य मान

अप्रिल (१४–१६)

थाइल्याण्ड, म्यानमार, श्रीलंका

यहूदी नयाँ वर्ष

चन्द्र–सौर्य मान

सेप्टेम्बर–अक्टोबर

यहूदी समुदाय

कोरियन नयाँ वर्ष

चन्द्र मान

चिनियाँ नयाँ वर्षकै दिन

दक्षिण कोरिया

भियतनामी नयाँ वर्ष

चन्द्र मान

चिनियाँ नयाँ वर्षकै दिन

भियतनाम

गोठालाहरूको नयाँ वर्ष

इथियोपिक क्यालेन्डर

सेप्टेम्बर ११

इथियोपिया

थाई नयाँ वर्ष

सौर्य

अप्रिल १३–१५

थाईल्यान्ड

नेपाली नयाँ वर्षहरु

सरकारी मान्यतामा नयाँ वर्षको शुरुवात वैशाख १ गतेबाट हुन्छ । त्यसबाहेक, नेपाल संवतले पनि सरकारी मान्यता प्राप्त गरिसकेको छ तर त्यो विक्रम संवत जस्तै बहुप्रचलित र स्थापित भने छैन । नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुभाषिक देश भएकोले यहाँ फरक फरक नयाँ वर्षहरु प्रचलित छन् । विभिन्न समुदायहरूको आफ्नै संस्कृति, पात्रो र परम्परा अनुसार थुप्रै नयाँ वर्षहरू मनाइन्छन्।

माथि शुरुमै भनिसकिएको छ कि विक्रम संवत  भारतीय राजा विक्रमादित्यले चलाएको क्यालेण्डरमा आधारित छ । वास्तवमा नेपालको मौलिक नयाँ वर्ष नेपाल संवत हो । शंखधर साख्वा नामक व्यापारीले निजी धन खर्च गरेर ऋणमा डुबेका जनतालाई ऋणबाट मुक्ति दिलाएको खुशीमा यस संवत सुरुवात गरेको मानिन्छ । खासगरी, चन्द्रपात्रोमा आधारित यो नयाँ वर्षको शुरुवात  ८७९ ई. मा भएको थियो ।

यो नयाँ वर्ष प्रायः कार्तिक शुक्ल प्रतिपदा (तिहारपछि) नयाँ वर्षको सुरुआत मानिन्छ।

थारू समुदायको नयाँ वर्ष – माघी पर्वबाट शुरु हुन्छ । माघ १ गते मनाइने यस पर्वलाई नयाँ वर्ष र पितृ सम्झना को दिन मानिन्छ ।

नेपालका विभिन्न जातिहरुको नयाँ वर्ष ल्होछारबाट शुरु हुन्छ । ल्होको अर्थ वर्ष र सारको अर्थ नयाँ हुन्छ । यो मूलत: चन्द्र पात्रोमा आधारित हुने गर्छ । तर जातिअनुसार यो फरक दिनहरुमा मनाइने गरिन्छ ।

गुरुङहरुको नयाँ वर्ष तमु ल्हेछारबाट शुरु हुन्छ । यो पौष महिनामा पर्दछ । तामाङ नयाँ वर्ष – सोनाम ल्होछारको दिनबाट शुरु हुन्छ । यो नयाँ वर्ष माघ महिनामा मनाइन्छ। त्यसैगरी तिब्बती मूल भएका समुदाय (जस्तै शेर्पा) हरुको नयाँ वर्ष ग्याल्पो ल्होछार (Gyalpo Losar) बाट शुरु हुन्छ । यो प्रायः फागुन महिनामा पर्छ।

त्यसैगरी, मुस्लिम समुदायको नयाँ वर्ष इस्लिमक हिजरी क्यालेण्डरका आधारमा मनाइन्छ भने राई–लिम्बु समुदायको नयाँ वर्ष उधौली–उभौली (मंसिर र वैशाख) लाई मान्ने गरिन्छ ।

वर्ष गणनाको आधार

एक वर्षको समयावधिलाई कसरी निर्धारण र गणना गरिन्छ ?

सामान्यत: वर्षको गणना पृथ्वीले आफ्नो कक्षमा रहेर सूर्यलाई एक चक्कर लगाउन लाग्ने समयमा आधारित छ । अर्थात् एक वर्ष भन्नाले खगोलशास्त्रीय रूपमा पृथ्वीले सूर्यको एक पूरा परिक्रमा गर्न लाग्ने समय हो।यसलाई अंग्रेजीमा "Tropical Year" वा "Solar Year" भनिन्छ।

पृथ्वीले सूर्यलाई एक चक्कर लगाउन  ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.२५ सेकेन्ड समय लगाउने गर्छ । यो भनेको जुन लगभग ३६५.२४२२ दिन हो। तर हामीले सजिलोको लागि यसलाई ३६५ दिन भन्ने गर्छौं । बाँकी रहेको समयलाई मिलान गर्नका लागि हरेक चार वर्षमा एक दिन (फेब्रुअरी २९) थपिने गरिन्छ । त्यसरी १ दिन थपिएको वर्षलाई लिप इयर भनिन्छ । रोचक कुरा त के छ भने कुनै वर्ष १०० ले भाग जान्छ तर ४०० ले भाग जाँदैन भने त्यो लीप वर्ष हुँदैन । उदाहरणको लागि १९०० लिप वर्ष होइन, तर २००० हो)।

वर्षका विभिन्न खगोलशास्त्रीय परिभाषा

वर्ष भन्ने कुरा सौर्यमण्डलको दृष्टिले फरक–फरक हिसाबले पनि बुझिन्छ:

प्रकार

परिभाषा

अवधि

Sidereal Year

पृथ्वीले स्थिर ताराहरू (fixed stars) सन्दर्भमा एक परिक्रमा गर्ने समय

३६५.२५६४ दिन

Tropical Year

वसन्त विषुव (Vernal Equinox) देखि अर्को वसन्त विषुव सम्मको समय

३६५.२४२२ दिन

Anomalistic Year

पृथ्वीले सूर्यसँग सबैभन्दा नजिक (perihelion)बाट अर्को पटक त्यही स्थितिमा पुग्न लाग्ने समय

३६५.२५९६  दिन

Draconic Year

चन्द्रग्रहणको गणना गर्न प्रयोग हुने, चन्द्रमा पृथ्वीको कक्षपथसँग जोडिएको अवधिको वर्ष

३४६.६२ दिन

क्यालेन्डर प्रणाली र वर्षको निर्धारण

विभिन्न सभ्यताहरूले पृथ्वीको गति, चन्द्रमा, तारा र सौरमण्डलको अन्य घटकको गतिलाई आधार मानेर वर्ष गणना गरेका छन्।

प्रणाली

आधार

उदाहरण

सौर क्यालेन्डर

सूर्यको गति/पृथ्वीको परिक्रमा

Gregorian calendar (आजको प्रचलित क्यालेन्डर), विक्रम संवत्

चन्द्र क्यालेन्डर

चन्द्रमा र पृथ्वीको परिक्रमा

इस्लामिक हिजरी संवत्

चन्द्र-सौर मिश्रित

सूर्य र चन्द्रमा दुवैलाई मिलाएर

हिन्दू पंचाङ्ग, नेपाल संवत्, बौद्ध क्यालेन्डर

उल्लेख्य कुरा के हो भने भिन्न सभ्यताहरूले आ–आफ्ना दृष्टिकोणअनुसार वर्षको गणना गरेका छन् – तर वैज्ञानिक रूपमा Tropical year नै मान्यता प्राप्त मुख्य आधार हो।