गाजामा युद्धविरामको अन्त्य

October 2023, bombardment in the Gaza Strip © UNRWA Photo by Ashraf Amra

इजरायलले गाजा पट्टीमा पुनः बमबारी सुरु गरेको छ। सोमबार राति र मंगलबार बिहान गाजामा धेरै विस्फोटनका आवाजहरू सुनिएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणहरूमा कम्तीमा ४४ जना मारिएका छन्। रोयटर्सका अनुसार, जनवरी १९ मा युद्धविरामपछि गाजामा इजरायलको यो सबैभन्दा ठूलो हमला हो। यी हमलाहरू त्यसबेला सुरुभायेका छन्, जब दुबै पक्षबीच युद्धविराम लम्ब्याउने विषयमा वार्ता अबरुद्ध भएको छ। जनवरी १९ मा इजरायल र हमासबीच भएको तीन चरणको युद्धविरामलाई कायम राख्ने तरिकामा असहमति देखिएको छ। अमेरिका र अरब मध्यस्थहरूले पछिल्ला दुई सातादेखि वार्ताको माध्यमबाट दुवै पक्षलाई युद्धविरामका लागि सहमत गराउने प्रयास गरे पनि असफल भएका छन्।

इजरायली सेनाले गाजामा हमासका आधारशिविरहरूमा आक्रमण गरेको दाबी गरेको छ। टेलीग्राममा पोस्ट गर्दै इजरायली सेनाले गाजा पट्टीमा हमासका संरचनाहरूलाई व्यापक रूपमा निशाना बनाइएको बताएको छ। अर्कोतर्फ, स्थानीय चिकित्सकहरूले भने सर्वसाधारण, बालबालिका, र महिलाहरू समेत आक्रमणको शिकार बनेको बताएका छन्। डाक्टरहरू र प्रत्यक्षदर्शीका अनुसार, मध्य गाजाको दीर अल-बलाहमा तीन घरहरू, गाजा सहरको एउटा भवन, खान युनिस र राफामा रहेका स्थानहरूमा बम खसालिएको छ।

हमास र इजरायलबीच यस वर्ष जनवरी १९ मा युद्धविराम सम्झौता भएको थियो। यस अवधिमा दुवै पक्षले लडाइँ रोक्ने सहमति जनाएका थिए। तर अब उक्त सम्झौताका विषयमा मतभेद उत्पन्न भएको छ। यो बीचमा हिंसा पुनः सुरु भएको छ। इजरायलले हमासविरुद्ध सैन्य आक्रमण बढाउने बताइसकेको छ। 

इजरायली प्रधानमन्त्री कार्यालयले गाजामा हमासविरुद्ध हमला गर्न सेनालाई आदेश दिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ कि हमासले बारम्बार बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरेको, साथै अमेरिकी राष्ट्रपति जो बाइडेनका दूत स्टीव विटकॉफ र अन्य मध्यस्थहरूले राखेका प्रस्ताव अस्वीकृत गरेको कारण आक्रमणको निर्णय लिइएको हो। उता प्यालेस्टाइनीहरुका अनुसार इजरायलले गाजामा राहत सामाग्रीहरु पठाउन अबरोध गरिरहेको थियो। 

इजरायल र हमासबीच अक्टोबर २०२३ देखि लडाइँ जारी छ। १७ महिनादेखि चलेको युद्ध रोक्न जनवरीमा युद्धविराम भएको थियो। यस सम्झौताअन्तर्गत इजरायलले २,००० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको थियो, भने बदला स्वरूप हमासले दर्जनौं इजरायली बन्धकहरूलाई छोडेको थियो। यो सम्झौताले क्षेत्रमा शान्तिको आशा जगाएको थियो, तर अहिले फेरि अवस्था बिग्रँदै गएको देखिन्छ।  

श्रोत-नवभारत टाइम्स

Image: https://www.unrwa.org

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?