नामको अभिशाप: केनन बनानाको दु:खान्त कथा

प्रसिद्ध अङ्ग्रेज साहित्यकार सेक्सपियरको नामसम्बन्धी एउटा प्रसिद्ध भनाइ छ– "नाममा के छ र? जसलाई हामी गुलाब भन्छौं, त्यसलाई कुनै अर्को नामले बोलाए पनि उस्तै सुगन्धित हुनेछ।" (What's in a name? That which we call a rose/ By any other name would smell as sweet.) तर व्यवहारिक जीवनमा नाममा धेरै कुरा छ । इतिहासमा कतिपय पात्रहरु नामकै कारण विख्याति कमाएका छन् भने कतिपय पात्र बदनाम भएका छन्, तिरस्कृत भएका छन् र अपमान पनि भोगेका छन् । आज हामी तपाईहरु सामु इतिहासका यस्ता पात्रको कथा पस्कँदैछौं, जो कुनै जमानामा अहिंसाको पुजारी थिए, गुरिल्ला युद्ध लडेकाहरुको समर्थनमा कालान्तरमा अफ्रिकी मुलुक जिम्बाबेका राष्ट्रपति समेत बनेका थिए तर तिनले नामकै कारण अपमान भोगे, तिरस्कृत भए र थुप्रै पटक ‘अश्लिल’ लाग्ने हाँसो ठट्टाका पात्र समेत बन्न पुगे । प्रतिकारमा उनले दमन र निषेधको बाटो रोजे, जसले अन्तत: उनलाई पतनको खाडलमा धकेलिदियो । ती व्यक्ति हुन्– केनन बनाना ।
केनन बनानाको कार्यकालमा जिम्बाब्वेमा रोबर्ट मुगावेको जानु (ZANU) र जोशुवा एनक्रुमाको जापू (ZAPU) पार्टीहरू बीच गृहयुद्ध सुरु भएको थियो। यो गृहयुद्धको क्रममा करिब २० हजार मानिसहरूको मृत्यु भएको थियो। राष्ट्रपति केनन बनानाले यी दुबै पक्षबीच मध्यस्थता गराएर १९८७ मा शान्ति सम्झौता गराए।
स्वेत अल्पसंख्यकहरूको रंगभेदी शासनबाट जिम्बाब्वे १९८० मा स्वतन्त्र भयो। जिम्बाब्वेको पहिलो राष्ट्रपति बने केनन बनाना। उनी १९८० देखि १९८७ सम्म जिम्बाब्वेको राष्ट्रपति रहेका थिए। बनाना अलंकारिक राष्ट्रपति थिए। शासनको सबै अधिकार प्रधानमन्त्री रोबर्ट मुगाबेकै थियो। उनको कार्यकालमा जिम्बाब्वेमा रोबर्ट मुगावेको जानु (ZANU) र जोशुवा एनक्रुमाको जापू (ZAPU) पार्टीहरू बीच गृहयुद्ध सुरु भएको थियो। यो गृहयुद्धको क्रममा करिब २० हजार मानिसहरूको मृत्यु भएको थियो। राष्ट्रपति केनन बनानाले यी दुबै पक्षबीच मध्यस्थता गराएर १९८७ मा शान्ति सम्झौता गराए। यस लगत्तै उनले राष्ट्रपति पद परित्याग गरे। त्यसपछि रोबर्ट मुगावे जिम्बाब्वेको कार्यकारी राष्ट्रपति बने। केनन बनानाले १९८८ मा दुई परस्पर विरोधी राजनीतिक दल जानु र जापूलाई एकीकरण गर्न प्रमुख मध्यस्थताको भूमिका खेले। यी दुबै एकीकृत भएर जानु-पिएफ (ZANU-PF) बन्यो। यो दलले अहिलेसम्म जिम्बाब्वेमा शासन गरिरहेको छ।
केनन बनानाले इसाई धर्मशास्त्र अध्ययन गरेका थिए। उनी चर्चमा पदाधिकारी पनि थिए। उनले पूर्व उपनिवेशवादी शासक बेलायत समर्थित रोडेसियाको श्वेत अल्पसंख्यक इयान स्मिथ सरकारविरुद्ध शान्तिपूर्ण राजनीति सुरु गरे। बनानाले युनाइटेड अफ्रिकन नेसनल काउन्सिल (UANC) नामक पार्टी गठन गरे। त्यसबेला रोडेसियामा सरकारविरुद्ध दुईवटा शक्तिशाली वामपन्थी संगठनहरू सशस्त्र संघर्षमा संलग्न थिए। एउटा थियो रोबर्ट मुगावेको जानु र अर्को थियो जोशुवा एनक्रुमाको जापू। मुगावेको जानु पार्टी चीनको समर्थन प्राप्त थियो भने एनक्रुमाको जापू सोभियत संघ समर्थक। यी दुबै समूहहरू रोडेसियाको रंगभेदी सरकारविरुद्ध छापामार संघर्षमा संलग्न थिए। त्यस्तो अवस्थामा पनि हिंसात्मक राजनीति नगर्ने भनेर बनाना शान्तिपूर्ण राजनीतिमै संलग्न रहे। दमन बढ्दै गएपछि अन्ततः उनी पनि देश छोडेर अमेरिका तर्फ भाग्न बाध्य भए। उनी १९७५ मा स्वदेश फर्के। फर्किनेबित्तिकै फेरि उनी जेल परे। त्यसपछि उनले शान्तिपूर्ण राजनीति परित्याग गर्दै जानु पार्टीमा संलग्न भए।
हिंसात्मक राजनीति नगर्ने भनेर बनाना शान्तिपूर्ण राजनीतिमै संलग्न रहे। दमन बढ्दै गएपछि अन्ततः उनी पनि देश छोडेर अमेरिका तर्फ भाग्न बाध्य भए।
१९७९ मा बेलायतमा जिम्बाब्वेको युद्ध अन्त्य गर्ने सम्झौता भयो। त्यो सम्झौताका क्रममा बनाना मुगावेको साथमा थिए। १९८० मा जिम्बाब्वेको चुनावपछि उनलाई मुगावेको सरकारले देशको अलंकारिक राष्ट्रपति बनायो।
केनन बनाना जिम्बाब्वेमा मजाकको पात्रका रूपमा पनि प्रसिद्ध छन्। विशेष गरी उनको नामलाई लिएर जिम्बाब्वेमा अनेकौं मजाक र किस्साहरू प्रचलित छन्। देशको राष्ट्रप्रमुखका रूपमा केनन बनानाले कहिल्यै पनि जनताको सम्मान आर्जन गर्न सकेनन्। यसको मुख्य कारण उनको राजनीतिक पृष्ठभूमि थियो। उनी अहिंसात्मक र शान्तिपूर्ण राजनीतिबाट आएका थिए। तर जिम्बाब्वेमा रोबर्ट मुगावे र जोशुवा एनक्रुमा करिब डेढ दशकसम्म चलेको हिंसात्मक गुरिल्ला आन्दोलनको नेतृत्व गरेर आएका थिए। उनीहरूको अगाडि बनानाको छवि जनतामा खासै लोकप्रिय नहुनु स्वाभाविक नै थियो।
त्यस्तै, उनको नामकै कारण पनि उनले अनायासै बदनामी खेप्नुपर्यो। राष्ट्रपति केनन बनानाको पछाडि रहेको "बनाना" उपनामको अंग्रेजी अर्थ केरा हुन्छ। उनको उपनाम हास्यास्पद ठानियो। जिम्बाब्वेमा आम मानिसहरूले उनलाई यो नामका कारणले खुब खिल्ली उडाए। उनको नामका बारेमा जिम्बाब्वेमा अनेकौं हाँसो, मजाक र ठट्टाहरू प्रचलित भए। सुरु-सुरुमा यी मजाकहरू केवल शब्द हेरफेर गर्ने रमाइलो मात्र थिए। तर पछि यी झन् झन् कुटिल र शिष्टताको हद पार गरेर अश्लीलसमेत बन्न थाले।
सुरुवाती चरणका मजाकहरूका नमुनाहरू:-
बनाना राष्ट्रपति बनेपछि चलेको एउटा मजाक थियो— "मुगावे केराको बोक्रामा चिप्लिए।"
त्यस्तै अर्को मजाक राष्ट्रपति बनानाको बेलायत भ्रमणको बारेमा थियो। उनी बेलायत पुग्दा महारानी एलिजाबेथले उनलाई सोधिछन् रे— "तपाईं एक्लै आउनुभएको हो कि काइयो सँगै?"
"संसारमा जिम्बाब्वेनै त्यस्तो देश होला, जहाँ राष्ट्रपतिको बोक्रा ताछ्न सकिन्छ।"
बनानाको मनपर्ने अर्थतन्त्रको मोडेल के हो?
"समाजवादी घुमावसहितको अ-पि-लिङ्ग पुँजीवाद।" (Ap-peeling को दुई अर्थ लाग्छ—पहिलो ‘बोक्रा ताछ्नु’ र दोस्रो ‘आकर्षक’)
"जिम्बाब्वेको राजनीति र बनानाको बीचमा के फरक छ?"
"एउटा समयसँगै पाक्दै जान्छ, अर्को झन् चिप्लिंदै जान्छ!"
सन् १९८३ मा जिम्बाब्वे सरकारले एउटा कानुन बनायो, जसअनुसार केनन बनानाको नाम लिएर मजाक गर्नु अपराध मानिन थाल्यो। कसैले राष्ट्रपति बनानाको नामका बारेमा मजाक गरेमा ५ वर्षसम्म कैद र १ हजार जिम्बाब्वे डलर जरिवाना हुने कानुन लागु गरियो।
यसरी राष्ट्रपति केनन बनानाका बारेमा अनेकौं मजाक र हाँसो ठट्टाहरू चल्न थालेपछि उनले सरकारलाई यस्तो गतिविधि रोक्न कानुन बनाउन लगाए। त्यसअनुसार, सन् १९८३ मा जिम्बाब्वे सरकारले एउटा कानुन बनायो, जसअनुसार केनन बनानाको नाम लिएर मजाक गर्नु अपराध मानिन थाल्यो। कसैले राष्ट्रपति बनानाको नामका बारेमा मजाक गरेमा ५ वर्षसम्म कैद र १ हजार जिम्बाब्वे डलर जरिवाना हुने कानुन लागु गरियो।
तर यसले आम मानिसको मुख बन्द गर्न सम्भव भएन। बनानाका बारेमा झन् झन् पेचिला र तिखा मजाकहरू प्रचलित हुन थाले। ती मजाकका केही नमुना यस प्रकार छन्:-
"केनन बनाना र साँचो केरा बीच के फरक छ?"
"एउटा खाइन्छ भने अर्कोलाई वास्ता गरिन्न!"
"मुगाबेले जिम्बाब्वेमा शासन गर्छ, बनाना अफिसमा पाक्दै गर्छ!"
"यदि तिमी केराको बोक्रामा चिप्लिएर लड्यौ भने के त्यसलाई राष्ट्रपतिको विरुद्धको चुनौती ठानिन्छ?"
१९८७ मा शान्ति सम्झौता भएपछि केनन बनानाले राष्ट्रपति पद परित्याग गरे। त्यसपछि लगभग एक दशकसम्म उनी सार्वजनिक जीवनमा देखा परेनन्। बिस्तारै उनको बारेमा मजाक र हास्य ठट्टा बन्द भयो। तर अचानक १९९७ मा केनन बनानालाई समलिङ्गी भएको आरोपमा गिरफ्तार गरियो।
उनको समलैंगिकता सम्बन्धी व्यवहार पनि एउटा घटनाबाट बाहिर आएको थियो। बनानाका एक जना अंगरक्षकले आफ्ना सहकर्मीलाई गोली हानेर हत्या गरे। प्रहरीले यो घटनाको छानबिनका क्रममा ती अफिसरले बयान दिए— "मेरो सहकर्मीले मलाई ‘राष्ट्रपति बनानाको समलिंगी पत्नी’ भनेर जिस्काउने गरेको थियो, त्यसैले रिसको आवेशमा मैले हत्या गरें।"
ती अफिसरको बयानका क्रममा केनन बनानाका अरु पनि समलैंगिक यौन साझेदारहरूको बारेमा खुलासा भयो।
यो घटनापछि बनानाको बारेमा आम जनतामा मजाक र हाँसो ठट्टाको लहर सुरु भयो। जिम्बाब्वेका पत्रिकाहरूमा यस्ता खालका समाचारहरू आउन थाल्छन्:-
"मान्छेलाई बनानाले (केराले) बलात्कार गर्यो।"
"बनानाले (केराले) अफिसरलाई यौन सम्बन्ध राख्न बाध्य पार्यो।"
यसले उनको बदनामी झन् बढ्यो। उनले आफूमाथि लागेको समलैंगिकताको आरोप खण्डन गरे। जमानतमा छुटेपछि बनाना देश छोडेर दक्षिण अफ्रिका तर्फ भागे। त्यहाँ उनलाई दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मण्डेलाले सम्झाएर आफ्नै देश फर्काइदिए। त्यसपछि उनले १९९८ मा जिम्बाब्वे फर्केर आफ्नै विरुद्ध लागेको मुद्दाको सामना गरे।
केनन बनानाले आफूमाथि लागेको समलैंगिकताको आरोप खण्डन गरे। जमानतमा छुटेपछि बनाना देश छोडेर दक्षिण अफ्रिका तर्फ भागे। त्यहाँ उनलाई दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मण्डेलाले सम्झाएर आफ्नै देश फर्काइदिए।
मुद्दाको क्रममा अदालतमा आफूविरुद्ध चलेको अपमानजनक प्रक्रिया देखेर तर्सेर बनाना फेरि देश छोडेर छिमेकी देश बोत्स्वाना तर्फ भागे र त्यहाँ राजनीतिक शरण मागे। तर त्यहाँ पनि शरण नपाएपछि उनी आफ्नै देश फर्केर मुद्दा खेप्न थाले। १९९९ मा अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्षको कारावासको सजाय सुनायो। तर ६ महिना जेलमा बिताएपछि उनको बाँकी सजाय माफी दिई उनलाई मुक्त गरियो।
तर उनले जीवनमा भोग्नु परेको अपमानको सिलसिला भने समाप्त भएन। उनलाई चर्चबाट जीवनभरका लागि निष्कासित गरियो। २००३ मा केनन बनानाको ६७ वर्षको उमेरमा क्यान्सरबाट मृत्यु भयो। तर उनले मरेपछि पनि शान्ति पाएनन्। उनको अपमान मृत्युपछि पनि जारी रह्यो। जिम्बाब्वे सरकारले पूर्व राष्ट्रपतिलाई अन्तिम संस्कारको बेला दिने पूर्ण राजकीय सम्मान दिन अस्वीकार गर्र्यो।
२००३ मा केनन बनानाको ६७ वर्षको उमेरमा क्यान्सरबाट मृत्यु भयो। तर उनले मरेपछि पनि शान्ति पाएनन्। उनको अपमान मृत्युपछि पनि जारी रह्यो। जिम्बाब्वे सरकारले पूर्व राष्ट्रपतिलाई अन्तिम संस्कारको बेला दिने पूर्ण राजकीय सम्मान दिन अस्वीकार गर्र्यो।
माथि शुरुमा उल्लेख गरिएका सेक्सपियरको भनाइको ठीक विपरीत महान चिनियाँ दार्शनिक कन्फ्युसियसले भनेका छन्— "ज्ञानको सुरुवात वस्तुहरूलाई तिनीहरूको सही नामले सम्बोधन गर्नेबाट हुन्छ।"
तसर्थ, नामको पनि आफ्नै महत्त्व छ। गलत नामले जीवनभर दुःख दिन सक्छ। तर नामसँगै त्यसलाई चरितार्थ गर्ने असल कर्म पनि आवश्यक हुन्छ। राम्रो नाम मात्र भएर हुँदैन, त्यसलाई सुहाउने काम पनि उत्तिकै राम्रो हुनुपर्छ। त्यसैगरी, नाम राम्रो छैन भने अझ काम पनि राम्रो छैन भने त्यसबाट प्राप्त हुने फल झन् नराम्रो हुन्छ।
केनन बनानाको यो दुःखान्त कथाले के संदेश दिन्छ भने नेताले आफ्नो बारेमा भएका सामान्य आलोचनाहरू पचाउने बानी बसाल्नुपर्छ।
केनन बनानाको यो दुःखान्त कथाले के संदेश दिन्छ भने नेताले आफ्नो बारेमा भएका सामान्य आलोचनाहरू पचाउने बानी बसाल्नुपर्छ। नेताहरूको बारेमा हास्य-मजाक गर्ने, कार्टुन बनाउने, नाममा व्यंग्य गर्दै बिगार्ने, र अनेक उपनाम दिने कुरालाई सहज रूपमा स्वीकार गर्न सक्नुपर्छ। त्यसलाई दबाउने प्रयास गर्नुहुँदैन। त्यस्तो दमनले झन् प्रतिकूल प्रभाव उत्पन्न गर्न सक्छ।
केनन बनानाको माथिको कथाले सिकाएको पाठ हो– नेतृत्वले जनताको सम्मान आफ्नो काम र नैतिकता बाट हासिल गर्छ, शासकीय बल प्रयोग गरेर होइन।

‘चैत्र– ३’ : प्रजातान्त्रिक आन्दोलनको एक अभूतपूर्व घटना !

समाजवाद र महिलाहरू

निकोलाई चाउचेस्कु: अति महत्वाकांक्षाको दुर्दान्त अन्त्य

कविता लेख्दा पनि सर्वश्वहरणसहित जन्मकैद !

त्यो बाटो जसले मलाई लेनिनवादतिर पुऱ्यायो

चे ग्वेभारा: समाजवादको सपनादेखि बलिदानसम्म

माओ त्सेतुङ: आफ्ना छोरा र बुहारीको नजरमा

प्रतिक्रिया