श्रीलङ्कामा नेशनल पिपल्स पावरको ठूलो जीत: वामपन्थी गठबन्धनले ल्यायो नयाँ जनादेश

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिशानायकेको वामपन्थी गठबन्धनले संसदीय निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको छ ।

शुक्रबार सम्पन्न निर्वाचनको अधिकांश मतगणना सम्पन्न हुँदा, दिशानायकेको नेशनल पिपल्स पावर (NPP) ६२ प्रतिशत मतसहित र बहुमत सिटहरूमा अगाडि रहेको भने विपक्षी गठबन्धन समागी जन बालवेगया (SJB) ले १८ प्रतिसत मत प्राप्त गरेको छ।  यो आंशिक नतिजा मुलुकको निर्वाचन आयोगले दिएको हो।

नेशनल पिपल्स पावरले २२५ सदस्यीय संसदमा १३७ सिट जितेको थियो। त्यस्तै २२ निर्वाचन क्षेत्र मध्ये २१ मा यसले अग्रता लिएको थियो। यो रुझान कायम रहे यो गठबन्धनलाई व्यापक संसदिय बहुमत प्राप्त हुनेछ।

त्यस्तै पूर्व राष्ट्रपति रानसिंहे प्रेमदासाका छोरा सजीत प्रेमदासाले नेतृत्व गरेको समागी जन बालवेगयाले ३५ सिटहरू प्राप्त गरेको छ। सोहि प्रकारले पुर्व रास्ट्रपति रानिल विक्रमसिंघे द्वारा समर्थित नेशनल डेमोक्रेटिक फ्रंटले ५ प्रतिसत भोट प्राप्त गरेको छ।

तमिल अल्पसंख्यकको प्रतिनिधित्व गर्ने इलंके तमिल अरसु काच्चीले ६ सिट जितेको छ।

बिहीबार भएको मतदानमा करिब ६५ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए, जुन सेप्टेम्बरको राष्ट्रपति निर्वाचनमा ८० प्रतिशत मतदाताले मतदान गरेकोको तुलनामा कम हो।

 दिशानायकेको गठबन्धन संग अघिल्लो संसदमा केवल तीन सिटमात्र भएकोले नयाँ जनादेशको खोजीमा उनले मध्यावादी संसदिय निर्वाचनको आह्वान गरेका थिए। चुनाव प्रचारको क्रममा राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आर्थिक चुनौतीहरूको समाधान, गरिबी निवारण कार्यक्रमहरूलाई सुदृढ पार्ने, सरकारको अनावश्यक खर्च कटौती गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने जस्ता आफ्ना एजेन्डाहरु लागु गर्नका लागि, संसदमा दुई तिहाइ बहुमतको लागि जनतालाई अपिल गरेका थिए। यो नतिजाले मार्क्सवादी झुकाव राख्ने राष्ट्रपति अनुरा कुमारा दिशानायकेलाई आफ्नो एजेन्डाहरु लागु गर्ने बलियो जनादेश दिएको छ।

Image source: https://www.sundayobserver.lk

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?