श्रीलङ्काको चुनावमा वामपन्थी उम्मेदवारले जित्दै !

श्रीलङ्कामा  शनिबार भएको राष्ट्रपति  चुनाबमा नेशनल पिपुल्स पावर (NPP) गठबन्धनका नेता अनुरा कुमारा दिसानायके विजयी बन्ने लगभग सुनिश्चित भएको छ। प्रारम्भिक मतगणनाको क्रममा हुलाक बाट प्राप्त मतपत्रहरुको परिणामको आधारमा उनले स्पस्ट अग्रता लिएका छन्। दिसानायके बामपन्थी पार्टी पिपुल्स लिबरेशन फ्रन्ट (JVP) का नेता हुन्। सात निर्वाचन जिल्लामा हुलाक मतदानको परिणामअनुसार दिसानायकेले ५६ प्रतिशत भोट प्राप्त गरेका छन्।

अनुरा कुमारा दिसानायकेका प्रतिस्पर्धी सजित प्रेमदासा र वर्तमान राष्ट्रपति रानिल विक्रमसिंघेलाई १९-१९ प्रतिशत भोट प्राप्त भएको छ। विश्लेषकहरूका अनुसार दिसानायकेलाई कुल मतको ५० प्रतिशतभन्दा बढी भोट प्राप्त हुने सम्भावना छ। यदि उनी विजयी भए भने, उनी श्रीलङ्काका पहिलो मार्क्सवादी राष्ट्रपति हुनेछन्। अहिलेको संसदमा जेभीपीको जम्मा ३ सिट मात्र रहेको छ। जेभीपीले भ्रस्टाचार विरोधी र गरिबको पक्षधर नीतिको वकालत गर्दछ। श्रीलङ्कामा  २०२२ को आर्थिक संकटपछि अनुरा कुमारा दिसानायके लोकप्रिय बनेका थिए । गरिबहरूको सहयोग गर्ने उनको वामपन्थी नीतिहरू र जोशपूर्ण भाषणका कारण उनी श्रीलङ्काको आम मतदातालाई आफ्नो पक्षमा तान्न सफल भएको अनुमान गरिन्छ।

 

सम्बन्धित सामग्री

रोहन विजयविरा, जेभीपी र श्रीलंकाली क्रान्तिको अधुरो सपना

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?