सभ्य र सहज तरिकाले तिज मनाउ

आजभोली गाउँदेखि शहरसम्म विभिन्न कार्यालयदेखि होटल पार्टी प्यालेस सम्म तीजको रौनक लागेको छ र तिजका सबै किसिमका भाकाहरू  घन्किरहेका छन् छिटफुट रुपमा देउडा हरुमा नाचेका दृश्यहरु समेत देख्न पाइएको छ । भने टोल, छर छिमेक र होटेलहरुमा महिला दिदीबहिनीहरू रातो पहिरन र विभिन्न मोडेलका गर गहनामा झुम्मिरहेका देखिन्छन् 
यो तिज खासगरी भाद्र शुक्ल तृतीयाको दिन हिन्दू धर्मावलम्बीहरूले पार्वती र भगवान् शिवको बन्धन गाँसिएको दिनको रूपमा मनाउने गरेको पाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका  साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरू द्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने यो तिज पर्व अहिले अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् 
यो पर्वको सामाजिक, सास्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ । यसका साथै सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विविध विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने , खासगरी महिला अधिकार र  महिला बिरुद्व हुने हिंसा लाई रोक्न गित संगीत मार्फत चेतना अभिबृद्वी गर्ने पर्बको रुपमा पनि हेरिन्छ ।
तीज नेपाली महिलाहरूको महत्वपूर्ण चाड हो । यसलाई हर्षोल्लासका साथ मनाउन पाउनु हिन्दू महिलाको अधिकार भित्रको कुरा हो । तर केही समय यता आएर तीज मनाउने तरिकामा फरकपन आउन थालेको छ । महिना अगाडिदेखि तीज मनाउन थालिएको छ 

म सानो छँदाको याद झलझलती आउँछ । हाम्रो गाउकै फुपुको घरमा मेरी आमा, सानीआमा, हजुरआमा, ठूलीआमा पोइली बाट माइती आएकी माइतलुहरु लगायत गाउँका सबै महिलाहरू सबै  जम्मा भएर घरको आँगनमा तीजका भाकाहरू गाएको, कसैले ताली बजाएको , कसैले खैजडी र मादल बजाएको र कोहि छमछमी नाचेको । आज फूपूको भौतिक शरीर हामी माझ छैन । तर हरेक साल आउने तिजले फुपुको खुब सम्झना दिलाउ

त्यतिबेला गाउने तीज गीतहरूका शब्द निकै भावपूर्ण र मर्मस्पर्शी थिए –

तिज आयो ओटालिमा काली कौवा करायो,

माईतिको सम्झनाले रुने गरायो ।

सातै छोरा भए पनि एउटै घरमा अटाउने

म एउटि छोरीलाई डाडै कटाउने

दाजु लिन आउदै छन रे म त माईत जाने हो

छोरी चेली  सुखदुख साटि दर खाने हो .....

जस्ता गीतहरु मादल र तालिको तालमा गाइने तीजका भाकाहरूमा  आफू जन्मेको घर, बुबा आमा दिदिबहिनी दाजुभाइ, इष्टमित्र लाई छोड्दै  पराइघरमा जीवन बिताउँदा आउने माइतीको याद र माइत जान नपाएका दिदी बहिनीहरूले तीजको अवसर पारेर गीतमार्फत आफ्ना पीर, व्यथा , सुख दुख पोख्नु हुन्थ्यो भने माइती आउनुभएकी दिदी बहिनीहरू पराइको घरमा आफूले पाएको दुःख, पीडाका भाका गीत मार्फत गाउनुहुन्थ्यो 

हो, यस्तै पीडा पोखेर मन शान्त पार्नुका साथै महिलाहरूले आफूप्रतिको शोषण, दमन र अन्यायका विरुद्ध आवाज उठाउन तीजलाई लिनुहुन्थ्यो । त्यसका साथै गाउँ घरमा एक आपसीमा भएका झैझगडाहरु लाई समेत मेलमिलाप गराउने , बिग्रेका सम्बन्धलाई सुदृढ गर्ने , र कामकाजमा सामाजिक अर्मप्रम गर्न समेत सहज हुने गर्दथ्यो ।

तर आजभोलिको तिज पर्व भने परिवर्तन भएको छ । तीजको हिजोको मूल्य र मान्यतामा अत्याधिक परिवर्तन भएको छ ।

दुख पिडालाई एक आपसमा बाड्ने सस्कृती तथा समाजका महिलाहरु बिचको ,मेलमिलाप एकता , अधिकारको प्रतीकात्मक व्यंग्यको रुपमा मनाइने तीज भड्किलो तरीकाले मनाउन थालिएको छ 

आजभोलि तिज संस्कृति बाट  विकृतितिर गइरहेको छ ।आज भोलि पश्चिमी मुलुकको नक्कल बाट अरु पर्व जस्तै तिज जस्तो सांस्कृतिक पर्व माथि समेत  नकारात्मक छापदेखिन थालेको    हिजोआजको तीज भड्किलो हुँदै छ । तीजको रमझममा पश्चिमेली शैली मिसिँदै दर खाने प्रचलन होटलहरुका खाना र बोतलमा सरेकोदेखिन्छ । पार्टी प्यालेस, डिस्को बार र रेष्टुराजस्ता महँगा ठाउँमा तीज मनाउन थालेपछि खर्च पनि धेरै हुन थालेको छ   तीज आउन महिनाअघि महिलाहरूलाई दर खान भ्याइनभ्याई छ । हुनेखाने महिलालाई महिनाभर नै तीज लाग्छ 

त्यस्तै डिजाइन डिजाइनका गरगहना, महङ्गा कपडा, भड्किलो खानपान, लामो समयसम्मको नाचगान आदि कार्यले तीज भड्किला हुँदै गएको छ ।
गर गहना , कपडा खानपान मा मात्रै परिबर्तन आएको छैन ।  मौलिक गित भाका महिलाका पीडा बेदना , अधिकारका सन्देश दिने भाकाहरु समेत हराएका छन ।
फलस्वरूप आजभोलिको तीज धेरै उत्ताउलो हुँदै गएको छ गितहरु भाकाहरुमा मौलिकता हराउदै गएको छ ।

सत्यकुरा के हो भने हरेक नयाँ युगले नयाँ मान्यताहरूको जन्म दिन्छ  भनेजस्तै पुजिवादी समाजमा पुजिबादि संस्कार र नाफासँग नेपाली तीज पर्व पनि अछुतो रहन सकेन 

आधुनिकता र स्वतन्त्रताको  नाममा आज तीज पर्बलाई विकृति, विसङ्गति र यौन स्वच्छन्दताको शिकार बनाईएको हाम्रा तिज बिशेष रहनसहन , गित भाका खानपान हरुले समेत देखाएका छन । जस्ले गर्दा  समाजमा छाडापन बढ्दै गएको छ 
त्यस्तै हाम्रा कलाकार हरुका तिज गितमा गाइने भाकाहरुमा समेत उछिर्ङ्खल बढ्दै गएको छ भने नृत्यहरु पनि परिवार सङ्गै बसेर हेर्न नसकिने खालका छन ।
पोइल जान पाम, डिस्कोमा तीज,झन माथी सर्यो झन तल झर्छ, हुँदै बिस्ताराले पोल्यो , मायाको पोको पेटिकोटको तुना फुस्क्यो  जस्ता गितले बजार तताएका छन । यसरी तीज गीतको आधुनिक यात्रा सङ्गै तीजमा खाने दरको साटो रक्सी खाइन्छ, बियर खाइन्छ । दरसँगै ह्विस्की खाइन्छ, फलफूल ठाउँमा भोड्का खाइन्छ, बिस्ताराले पोल्यो ,मायाको पोको जस्ता गितमा उत्तेजक भाव र भिडियो प्रस्तुत हुँदै आएको छ ।

साँच्चै, यस्ता खालका गीतसङ्गीतले नेपाली समाजलाई के सन्देश दिन खोजेको हो के नेपाली चाडपर्व र संस्कृतिको जगेर्ना गर्ने काम कलाकारको  होइन ? यदि, होइन भने कलाकारलाई कलाकार भनी सम्मान तथा इज्जत दिनुको अर्थ के
समाजमा फैलिएका विकृति विसङ्गतिलाई रोक्न, अन्याय अत्याचार शोषण दमनका कुरा , जनताको पिर मर्काका कुरा समाजलाई सहिदिशा दिने खालका जन चेतना मुलक सन्देश आफ्नो कलाको माद्य्यम द्वारा दिई विकृति फैलिन बाट सचेत पार्ने काम गर्नु कलाकारको धर्म हो । देशको कला संस्कृति जोगाउन दायित्व हो   त्यसैले त कलाकारलाई आम रुपमा सम्मान गरिन्छ आदर्श मानिन्छ । तर, तिनै कलाकार संस्कृति र चाड पर्वमा संस्कृति जोगाउनुभन्दा विकृति फैलाउन लागे भने के होला ? समाज कतातिर जाला ?

हामीले देशमा थुप्रै परिबर्तन गरेका छौ , यो परिवर्तनशिल समाज हो भन्ने नाममा हाम्रो रीतिथिति, संस्कार, संस्कृतिप्रतिको अन्धानक्कल छ त्यस प्रती हामी सचेत बन्न आवश्यक छ 

बर्तमान अबस्थामा मनाईरहेको तिज पर्बले बिकृती र  कुरुति तर्फको बाटो देखाईरहेको छ । यो कुरालाई समयमै महसुस गर्न सकियन भने यो तिज यो एकताको होइन अनेकताको , पिर पीडा बेदनाको होइन उस्र्छिङ्खको सद्भावको होइन भेदभाब उचनिचको गरिब र धनिको खाडलको दुरी बढाउने खालको हुनेछ । नारीभित्रको आवाजलाई बाहिर निकाल्न साहसको पर्व नभई गरिबिले थिचेका महिलाको आँसु पीडा रहरको मृत्यु हुनेछ ।

तसर्थ तिज पर्बलाई नारी मुक्ति, नारी स्वतन्त्रता र नारी अधिकारको रूपमा मनाउन महिलाहरु अगाडि बढुन ।तीज शहरिया, उच्च आर्थिक प्रदर्शन गर्ने माध्यम बन्दै गएको छ । जस्ले गर्दा हाम्रो समाजमा र स्वयं नारी जातिमा आर्थिक सामाजिक र सास्कृतिक विभाजनको रेखा कोर्नेकाम पछिल्ला दिनहरुमादेखिन थालेका छन ।
हप्तै पिछे नयाँ पहिरन र गहनामा कोहि महिलाहरु सजिएर होटलहरुमा महिनौदेखि दर खाने नाचगान गर्ने र अहिलेको सामाजिक संजाल मार्फत आफुलाई आर्थिक सम्पनताको पहिचान देखाउन होडबाजी गर्दैछन । सक्नेले नयाँ पहिरन र गहना प्रदर्शन गर्न सम्भव होला, तर गरिब नारीहरूलाई के यो सम्भव हुन्छ त ? हुनेखानेहरू तडकभडकमा विश्वास गर्छन् । निम्न वर्गका महिलाको लागि यस्ता चाडपर्व एउटा जटिल समस्या बन्दै गइरहेको छ । घर कलहको माध्यम बनेको छ ।
उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङ्गप्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको हामीले महसूस गरेका छौ ।

यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ यसतर्फ हामी सबैले सोच्न आबश्यक छ । हामीले हाम्रो संस्कारलाई कायमै राखौँ, सभ्य र सहज तरिकाले तिज मनाउँ ।