सरकारले काम गर्न नसके मुलुक गम्भीर मोडमा पुग्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीरता मोडमा पुग्ने चेतावनी दिएका छन् ।  

मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको  उनको दावी छ ।  

नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिद्वारा शनिबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

कांग्रेस र एमालेबिच सत्ता समीकरणका लागि भएको सहमतिको इमान्दारीपूर्वका कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताउँदै गृहमन्त्री लेखकले  पार्टी सभापति शेरबहादुर देउवा र अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच असार १७ मा भएको सात बुँदे सहमतिलाई इमान्दारपूर्वक कार्यान्वयन गरेर निष्कर्षमा पुर्याउने जिम्मेवारी कांग्रेसको रहेको उल्लेख गरे ।

कांग्रेस र एमालेको सरकार बनेपछि आत्मविश्वास बढेको र राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण सिर्जना गरेको बताउँदै उनले दुई दलको समीकरण, सरकारको निरन्तरता र सहमति कार्यान्वयनमा कांग्रेसको इमानदार प्रयत्न रहने पनि उल्लेख गरे ।