एउटा हेर्नैपर्ने चिनियाँ चलचित्र ‘द रोड होम’

निर्देशक झाङ यिमाउको चलचित्र "द रोड होम" ले प्रेम कथा, परिवार, र परम्परागत मूल्यहरुलाई प्रस्तुत गर्दछ  यसले  ग्रामीण जीवन, प्रेम, समर्पण, र पारिवारिक सम्बन्धहरुलाई मनोहर तरिकाले प्रस्तुत गर्दछ।

झाङ यिमाउ (Zhang Yimou) चीनका एकजना निकै राम्रा चलचित्र निर्देशक हुन् । चीनको गाउँले समाजका विविध विषयहरूलाई उनले चलचित्रको रूपमा प्रस्तुत गरेका छन् । चीनको चलचित्रको इतिहासको कालक्रमको हिसावले यिमाउलाई पाँचौ पुस्ताका चलचित्र निर्देशक भनेर चिनिन्छ । उनीपछिका चिनियाँ चलचित्र निर्देशकहरू छैठौं पुस्ताका हुन् । राम्रो र उपयोगी विषयमा चलचित्र बनाउने झाङ यिमाउका चलचित्रहरूले अन्तर्राष्ट्रिय ख्याति पाएका छन् । चलचित्रका अध्येताहरू के भन्छन् भने झाङले चलचित्र बनाएपछि त्यसले कुनै न कुनै अन्तर्राष्ट्रिय पुरस्कार पाइहाल्छ । उनले बनाएका प्रसिद्ध चलचित्रहरूमध्ये ‘द रोड होम’ पनि हो ।

द रोड होम प्रेमकथामा आधारित चलचित्र हो । यसमा उत्तरी चीनको एउटा गाउँमा शिक्षक भएर गएका एक युवक र त्यस गाउँकी अवोध केटीको प्रेम प्रसंगलाई बयान गरिएको छ ।

यस फिल्मको कथा आफ्नो बाबुको मृत्युसंस्कार सम्पन्न गर्न शहरबाट गाउँतिर गइरहेको छोरोको माध्यमबाट बयान गरिएको छ । बाउको अचानक मृत्यु भएपछि गाउँमा आमालाई भेट्न छोरो जान्छ । तर उसकी आमा घरमा छैनन् । उनी आफ्नो श्रीमानले पढाउने स्कूलको अगाडि हिउँले कठ्याङ्ग्रिएर बसिरहेकी छिन् । घरमा आमालाई नभेटेपछि  छिमेकीहरूबाट थाहा पाएर छोरो स्कूलमा पुग्छ र आमालाई घरमा लिएर आउँछ ।

बाउको अचानक मृत्यु भएपछि गाउँमा आमालाई भेट्न छोरो जान्छ । तर उसकी आमा घरमा छैनन् । उनी आफ्नो श्रीमानले पढाउने स्कूलको अगाडि हिउँले कठ्याङ्ग्रिएर बसिरहेकी छिन् ।

घरमा आइपुगेपछि आमाले उसलाई पुरानो तान ठीक पारिदिन भन्छिन् । पुरानो तानमा कपडा बुनेर त्यही कपडाले आफ्नो लोग्नेको कात्रो बनाउने उनको विचार छ । त्यसो गर्दा बढी र अनावश्यक मेहनत पर्ने हुनाले छोरो त्यसो नगरौं भन्छ, तर आमा मान्दिनन् । जमाना धेरै अगाडि बढिसके पनि आमालाई पुरानै
चलनप्रति मोह छ । त्यसैले उनी बजारबाट कपडा किन्नेमात्र होइन कि दिनभरि हिंडेपछि मात्र पुगिने अस्पतालमा रहेको आफ्नो लोग्नेको शवलाई पनि गाडीमा राखेर गाउँमा ल्याउने कुरा मान्दिनन् । त्यसपछि छोरोले वर्षौं प्रयोगमा नआएको तान ठीक पारिदिन्छ र आमा तानमा कपडा बुन्न थाल्छिन् । त्यसपछि फ्ल्यासब्याक शैलीमा चलचित्रको कथा अघि बढ्छ ।

जमाना धेरै अगाडि बढिसके पनि आमालाई पुरानै चलनप्रति मोह छ । त्यसैले उनी बजारबाट कपडा किन्नेमात्र होइन कि दिनभरि हिंडेपछि मात्र पुगिने अस्पतालमा रहेको आफ्नो लोग्नेको शवलाई पनि गाडीमा राखेर गाउँमा ल्याउने कुरा मान्दिनन् ।

चलचित्रको पूर्वकथा यस्तो छ:

गाउँको स्कूलमा पढाउन एकजना युवक आउँछ । उसको स्वागत गर्न गाउँलेहरू बाटोमा जम्मा भएका छन् । त्यहाँ गाउँका  युवायुवतीहरू पनि छन् । तीमध्ये एउटी युवतीले नयाँ आएको शिक्षकलाई देख्छे र आकर्षिक हुन्छ । त्यस शिक्षकलाई गाउँलेहरूले पालैपालो घरमा  निम्त्याएर खाना ख्वाउने गर्छन् । त्यस्तै, स्कूलको भवन मरम्मत सम्भार गर्न शिक्षक तथा गाउँलेहरू जुट्छन् । त्यसबेला गाउँका सबै घरबाट उनीहरूका निम्ति खानेकुरा बनाएर लागिदिने चलन बसालिन्छ। शिक्षकप्रति आकर्षित यी युवती पनि बडो प्रेमपूर्वक खानेकुरा पकाएर स्कूलमा लागिदिन्छे । गाउँलेले  बनाइदिएका खानेकुराहरू सबैले खान्छन् ।

 मैले पकाएको खाने कुरा ती शिक्षकलाई मिठो लाग्यो होला कि नमिठो लाग्यो होला, अथवा उनले मैले बनाएको खाने कुरा नै खान पाएनन् कि भन्ने चिन्ता यी युवतीलाई लागिरहन्छ । तर ऊ लज्जालु छे । केही सोध्न सक्दिन । ऊ त्यो शिक्षकको अगाडि परेर बोल्न पनि सक्दिन । तर उसलाई त्यो शिक्षकलाई हेर्न र भेट्न मन लागिरहन्छ । ऊ कहिले बाटोछेउमा कुरेर उसलाई हेछें, कहिले स्कूलनेर पुगेर हेर्छे । कहिले शिक्षिकले मीठो स्वरमा पढाइरहेको आवाज सुनेरै सन्तुष्ट हुन्छे ।

यी युवती चाहिँ अब त्यस शिक्षकलाई हेर्न र उनले पढाउँदा आएको आवाज सुन्न स्कूलनेरको पुरानो इनारमै पानी लिन जान्छे । ऊ सँधै पुरानो इनारमै पानी लिन जान थाल्छे ।

गाउँमा दुईटा इनारहरू छन् । एउटा पुरानो इनार स्कूलनेर छ भने नयाँ बनाइएको अर्को इनार अलिपर छ । यी युवती चाहिँ अब त्यस शिक्षकलाई हेर्न र उनले पढाउँदा आएको आवाज सुन्न स्कूलनेरको पुरानो इनारमै पानी लिन जान्छे । ऊ सँधै पुरानो इनारमै पानी लिन जान थाल्छे । एकदिन शिक्षकले युवतीलाई इनारबाट पानी तानिरहेको देख्छ । अनि ऊ पनि युवतीलाई भेट्ने इच्छाले इनारमा पानी लिन जान खोज्छ । पानीको भाँडो बोकेर शिक्षक पनि आउन लागेको देखेपछि भरिइसकेको पानीको भांडोबाट युवतीले इनारमा पानी खन्याइदिन्छे । तर अर्को एकजनाले भाँजो हाल्नाले त्यो शिक्षक इनारमा आउन पाउंदैन । युवती हिस्स पर्छ र फेरि पानी तान्छे ।

यस दृष्यमार्फत् शिक्षक र युवती बीचको प्रेमलाई एकदम सरल तथा स्वभाविक किसिमले देखाइएको छ ।

चलचित्रमा यस्ता प्रसंगहरू आइरहन्छन् । त्यसपछि गाउँलेहरूलाई शंका हुनथाल्छ । यी युवती र ती शिक्षकबीच प्रेम हुनथालेको गाईंगुई शुरू हुन्छ । तर यी युवती र ती शिक्षक दुवैलाई यस कुराको कुनै वास्ता हुँदैन ।

"यी, ल हेर्नुस् । तपाईंले यो भाँडो चिन्नुभएको छ ? राम्ररी हेर्नुस् त !” एकदिन घरमा खाना खान आएको बेलामा युवतीले अकस्मात् शिक्षकलाई त्यो भाँडो देखाएर भन्छे, जुन भांडोमा उसले खानेकुरा लगिदिने गरेकी थिई ।

स्कूलमा गाउँलेले लगिदिने खानेकुराहरूमध्ये आफूले बनाएको खानेकुरा चाहिँ ती शिक्षकले खाऊन् भन्ने उनको धोको हुन्छ । त्यसैले एकदिन युवतीले गाउँलेलाई ती शिक्षकले कुन चाहिँ खानेकुराको भाँडो लिन्छन् भनेर सोध्छे । सबभन्दा छेउको भाँडो हामी हाम्रा माड्सापलाई दिन्छौं भन्ने जवाफ पाएपछि अर्को एक दिन युवतीले बडो मेहनतसँग बनाएको खानेकुरा लिएर फुरुङ्ग पर्दै स्कूलमा जान्छे र खानेकुराका भाँडाहरू राख्ने ठाउँमा सबभन्दा छेउमा आफ्नो भाँडो राखिदिन्छे । तर धेरै हातहरूमध्ये उसको खानेकुराको भाँडो उठाउने हात उसको प्रिय शिक्षकको हो कि होइन उसले थाहा पाउन सक्दिन । ऊ निराश भएर घर फर्किन्छे ।

"यी, ल हेर्नुस् । तपाईंले यो भाँडो चिन्नुभएको छ ? राम्ररी हेर्नुस् त !”

एकदिन घरमा खाना खान आएको बेलामा युवतीले अकस्मात् शिक्षकलाई त्यो भाँडो देखाएर भन्छे, जुन भांडोमा उसले खानेकुरा लगिदिने गरेकी थिई । पहिलोपटक युवतीले शिक्षकसंग आफ्नो प्रेम त्यसरी व्यक्त गर्छे ।

अन्ततः शिक्षकलाई दक्षिणपन्थी भएको आशंकामा त्यहांबाट लखेटिन्छ । आफू गाउँ छोडेर जानुअघि शिक्षकले युवतीको घरमा आएर आफू जान लागेको कुरा सुनाउँछ । युवती दुःखित हुन्छे । 'खाना खाएर गए हुन्न र ?' भनेर सोध्छे । शिक्षकलाई गाउँका अधिकारीहरूले हतार हतार ट्र्याक्टरमा चढाएर शहरतिर लैजान्छन् । युवतीले शिक्षकलाईमनपर्ने खाना बनाएकी हुन्छे । नखाइकन हिंड्यो भन्ने थाहा पाएपछि ऊ चिनियाँ माटोको ठूलो कचौरामा मःमः हालेर त्यसलाई
कपडाले छोपेर शिक्षकलाई दिन दौडिन्छे । ट्र्याक्टर पर पुगिसकेको छ । युवती मःमःको कचौरा बोकेर छोटो बाटो दगुर्छे । बेतोडले दगुरादगुर गर्दा पनि उसले भेट्टाउन सक्दिन । तैपनि बल गरेर फेरि दगुर्छे । ऊ बाटोमा अल्झेर लड्छे । मःमःको कचौरा बजारिएर फुट्छ । युवती असाध्य दुःखी भएर
रुन्छे । एकछिनपछि फुटेको कचौराका टुक्राहरू बटुलेर ऊ थकित मुद्रामा घर फर्कन्छे । घरमा अन्धी हजुरआमा छिन् । नातिनीले पाएको दुःख हजुरआमाले थाहा पाइहाल्छिन् ।

शिक्षकलाई दक्षिणपन्थी भएको आशंकामा त्यहांबाट लखेटिन्छ । आफू गाउँ छोडेर जानुअघि शिक्षकले युवतीको घरमा आएर आफू जान लागेको कुरा सुनाउँछ । युवती दुःखित हुन्छे । 'खाना खाएर गए हुन्न र ?' भनेर सोध्छे ।

राती युवतीलाई ज्वरो आउँछ । बाहिर हिउँ पर्न थाल्छ । हुरी चल्छ । हुरीको वेगले रूखका पातहरू झर्न थाल्छन् । त्यस्तो अवस्थामा हजुरआमा र नातिनीको दुःख हृदयविदारक देखिन्छ ।

यस चलचित्रका शिक्षक र युवती चलचित्रको कथा भन्ने केटोका बा र आमा हुन् । यो कथा त्यस केटाले उसलाई आमा र बाले बेलाबेलामा भनेका घटनाहरू जोडेर दर्शकलाई भनिरहेको छ ।

शिक्षक शहर गएको बेला त्यो युवती स्कूलमा जान्छे । कक्षा कोठा बढारकुडार गर्छे । स्कूलका बेन्च र डेस्कहरू सफा गर्छे । ब्ल्याक बोर्डमा शिक्षकले लेखेका अक्षरहरू छन् । युवती ती अक्षरहरूलाई जोगाउँछे र खाली ठाउँ पुस्छे । यस्ता दृष्यहरूबाट चलचित्रमा शिक्षकप्रति त्यस युवतीको प्रेमलाई मार्मिक ढंगले देखाइएको छ ।

त्यस्तै, युवतीले मः मः राख्ने कचौराका फुटेका टुक्राहरू जतनले राखेकी छ । फुटेका भाँडाहरू जोडेर दुरूस्तै बनाइदिने मिस्त्रीलाई बोलाएर एकदिन हजुरआमाले ती टुक्राहरू जोड्न लगाउँछिन् । नातिनीको मनको व्यथा बुझेर हजुरआमाले युवतीलाई खुसी पार्न त्यसो गरेकी छिन् । बाहिरबाट फर्केर युवती घर आएपछि बनेको कचौरा देखेर अत्यन्त खुशी हुन्छे । हजुरआमा र नातिनीबीचको आपसी प्रेम सम्बन्ध र समझदारीलाई यस दृश्यबाट राम्ररी दर्शाइएको छ ।

शिक्षक शहर गएको बेला त्यो युवती स्कूलमा जान्छे । कक्षा कोठा बढारकुडार गर्छे । स्कूलका बेन्च र डेस्कहरू सफा गर्छे । ब्ल्याक बोर्डमा शिक्षकले लेखेका अक्षरहरू छन् । युवती ती अक्षरहरूलाई जोगाउँछे र खाली ठाउँ पुस्छे ।

त्यस्तै, रातो ज्याकेट लगाउने गरेकी युवतीको कालो कपाललाई सुहाउँछ भनेर शिक्षकले एउटा रातो किलिप उपहार दिएको छ । तर शहरतिर गइरहेको शिक्षकलाई भेट्न दगुरादगुर गर्दा त्यो किलिप बाटोमा हराउँछ । त्यसपछि त्यो युवती बिहान उठेदेखि रात परुञ्जेलसम्म बाटोभरि किलिप खोजिरहन्छे र थाकेर लखतरान भएर घर फर्कन्छे । युवतीको त्यस शिक्षकप्रतिको अगाध प्रेमलाई यस दृश्यले प्रभावकारी शैलीमा देखाएको छ ।

आखिरमा शहरबाट फर्केर शिक्षक गाउँमा आउँछ र स्कूलमा पढाउन थाल्छ । यसबेला बाहिर मौसम सफा देखिन्छ । फूलहरू फुलेका देखिन्छन् । युवतीको अनुहार पनि खुसीले उज्यालो भएको देखिन्छ । युवती पुरानो इनारमा पानी लिन गएकी छ । ऊ शिक्षकको स्वर सुन्छे र स्कूलको कक्षा कोठानेर पुग्छे । ऊ अब अत्यन्त खुसी हुन्छे । तर यस्तो खुसी धेरैबेर टिक्दैन । गाउँको प्रमुख र गाउँलेहरूले उसलाई फेरि दक्षिणपन्थी भएको आरोप लगाएर गाउँबाट पठाउँछन् । युवती फेरि ऊकहिले फर्केला भनेर पर्खिरहन्छे । हिउँ परिरहेको बेला जाडोले कठ्याङिग्रएर बाटोमा आँखा गाडिरहेकी युवतीको मनोदशा चलचित्रमा निकै प्रभावकारी छ ।

निकै लामो पर्खाइपछि एकदिन शिक्षक फर्किन्छ । र, युवतीसँग उसको विहा हुन्छ भन्ने कुरा खुलाएपछि यस फिल्मको पूर्वकथा सकिन्छ ।

शिक्षकको मृत्युको खबर पाएपछि उसले पढाएका विद्यार्थीहरू विभिन्न ठाउँबाट आउँछन् र आफ्नो प्यारो शिक्षकको शवयात्रामा सामेल हुन्छन् । उनीहरूले पालैपालो शव राखिएको गाडा तान्छन र गाउँमा पुऱ्याउँछन् । गाउँको त्यही पुरानो इनारनेर शिक्षकको शव गाडिन्छ । शव तान्नेहरू कसैले पनि एक पैसा पनि लिंदैनन् ।

यता अहिले भने बुढी भएकी पहिलेकी युवती तान बुनिरहेकी छे । बुनिसक्छे । छोरोले गाउँलेको सहयोगमा मलामीहरू जुटाउँछ र अस्पतालबाट बाउको लाशलाई गाउँमा ल्याउने बन्दोवस्त मिलाउँछ । त्यसको निम्ति उसले थुप्रै पैसा एकजना गाउँलेलाई दिन्छ । तर शिक्षकको मृत्युको खबर पाएपछि उसले पढाएका विद्यार्थीहरू विभिन्न ठाउँबाट आउँछन् र आफ्नो प्यारो शिक्षकको शवयात्रामा सामेल हुन्छन् । उनीहरूले पालैपालो शव राखिएको गाडा तान्छन र गाउँमा पुऱ्याउँछन् । गाउँको त्यही पुरानो इनारनेर शिक्षकको शव गाडिन्छ । शव तान्नेहरू कसैले पनि एक पैसा पनि लिंदैनन् । शवयात्राको यस दृष्यलाई चलचित्रमा अत्यन्त प्रभावकारी ढंगले देखाइएको छ ।

मृत्यु संस्कार बाबुको सकिएपछि छोरोले एक्ली बुढी आमालाई आफूसँगै शहरमा लैजान खोज्छ । तर आमा मान्दिनन् । बाबुले चालीस वर्षसम्म पढाएको
स्कूलको भवन नयाँ बनाउने र त्यसैमा छोरोले पनि पढाउने गरेमा बावुको सपना साकार हुन्छ भनेर आमाले छोरोलाई भन्छिन् । अन्त्यमा शहरबाट फर्केर छोरो आउँछ र त्यही स्कूलमा पढाउन थाल्छ । छोरोले पठाएको स्वर सुनेर बुढी आमा सकीनसकी स्कूलमा जान्छिन् । छोरोले कक्षामा बाउलेजस्तै पढाइरहेको देखेर उनी खुसी हुन्छिन् । यसरी यो फिल्म सकिन्छ ।

प्रेमकथाको रूपमा बुनिएको चलचित्र भए पनि यसभित्र सन् १९५८ को समयको चीनको राजनीतिक मिजास पनि व्यक्तिएको छ । चीनमा त्यतिबेला चलेको ‘ग्रेट लिप फरवार्ड’मा मानवीय सम्बन्ध र मुलुकको यथार्थलाई राम्ररी ठम्याउने क्षमता थिएन र त्यहाँ थुप्रै त्रुटीहरू थिए भन्ने कुरा अप्रत्यक्ष ढंगले चलचित्रले व्यक्त गरेको छ ।

यो फिल्ममा अहिले का दृष्यहरूका रूपमा रहेको शुरूको पन्ध्र मिनेट र अन्तिमको पन्ध्र मिनेटलाई श्यामश्वेत रंगमा देखाइएको छ भने पहिलेको कथाका दृष्यहरूलाई रंगीन देखाइएको छ । ‍रंगहरूको प्रयोगद्वारा पनि निर्देशक झाङ यिमाउले यस चलचित्रमा अर्थ र सुन्दरता दुवै थपेका छन् । त्यसबाहेक फिल्ममा निकै कलात्मक किसिमले नाता सम्बन्धको गहिराईलाई देखाइएको छ । अन्धी आमा र छोरीबीचको प्रेम सम्बन्ध, शिक्षक र विद्यार्थीहरूबीच हुने प्रेम सम्बन्ध र आमा र छोराबीचको ममताको सम्बन्ध जस्ता भावनात्मक विषयलाई दृष्यमा उतार्ने काममा निर्देशक झाङ यिमाउले निकै कुशलता दर्शाएका छन् । प्रेमकथाको रूपमा बुनिएको चलचित्र भए पनि यसभित्र सन् १९५८ को समयको चीनको राजनीतिक मिजास पनि व्यक्तिएको छ । चीनमा त्यतिबेला चलेको ‘ग्रेट लिप फरवार्ड’मा मानवीय सम्बन्ध र मुलुकको यथार्थलाई राम्ररी ठम्याउने क्षमता थिएन र त्यहाँ थुप्रै त्रुटीहरू थिए भन्ने कुरा अप्रत्यक्ष ढंगले चलचित्रले व्यक्त गरेको छ ।


बाओ शीको पटकथामा तयार भएको यो चलचित्र उनैको उपन्यास रिमेम्बयन्स (Remembrance) मा आधारित चलचित्र हो । यस चलचित्रलाई प्रभावकारी तुल्याउन युवतीको भूमिकामा अभिनय गर्ने भाङ जिई र शिक्षकको भूमिकामा अभिनय गर्ने सुन होइ लीको प्रभावकारी अभिनयले पनि महत्त्वपूर्ण योगदान गरेको छ ।

नवयुवा वर्ष ९, पूर्णाङ्क ९४ मा प्रकाशित