विज्ञानको दर्शनबारे छलफल

अंग्रेजी महिनाको हरेक पहिलो शुक्रवार मार्टिन चौतारीमा दार्शनिक छलफल कार्यक्रम चलाउँदै आएको नेपाल दर्शन अध्ययन समाजले गत शुक्रबार विज्ञानको दर्शन : केही अनुभव र उदाहरण (The philosophy of Science : Some Experiences &  a Brief working example) शीर्षकमा छलफल कार्यक्रमको आयोजना गर्यो ।

त्यस अवसरमा वक्ता अविरल चित्रकार फुयालले -विज्ञान‌ले फराकिलो अध्ययन अनुसन्धान गरेको छ । यो अवजेक्टिक छ । मूल कुरालाई सामाजिक मूल्यले (Social value) होइन, विज्ञानको भित्री कुराले उत्प्रेरित गर्छ भन्ने बारे  चर्चा गरेका थिए । दर्शनशास्त्र विषयमा ग्राजुयट स्टुडेन्ड रहेका चित्रकारले अध्ययन अनुसन्धानलाई फन्ड र मूल्यले पनि प्रभाव पार्ने बारेमा बताएका थिए ।

त्यस्तै टिप्पणीकारका रुपमा मूल्याङ्कन मासिक तथा नवयुवा मासिकका सम्पादक तथा लेखक तुल्सीदास महर्जनले मानिसको अध्ययनमा परिवारको घरको माहोलले प्रभाव पार्ने उल्लेख गर्दै त्यसको उदाहरण अविरल रहेको बताए । भाग्यमा जोड दिने कुरा गलत रहेको उल्लेख गर्दै महर्जनले हरेक बालबालिकामा सिक्ने खुवी रहने गरेको र त्यसलाई उनीहरुले पाउने वातावरणले प्रभाव पार्नेबारे चर्चा गरेका थिए ।  

विगतमा विज्ञानको पक्षमा उभिँदा वैज्ञानिक ब्रुनोलाई जलाइएको, ग्यालिलयो अपमानित भएर मृत्यु वरण गर्न पुगेका प्रसङ्गहरु चर्चा गर्दै महर्जनले विज्ञानसँगै राजनीतिमा पनि जोडिएर आउने तथा राजनीतिले आफ्नो अनुकूलतामा विज्ञानलाई प्रयोग गर्नेबारे बताएका थिए ।

कार्यक्रममा पुकार मनी राई, कृष्ण शर्मा, तोयानाथ भट्टराई, अरुण श्रेष्ठ आदि सह‌भागीले प्रश्नहरु राखेका थिए । त्यसअवसरमा दर्शन समाजका संयोजक अभय शर्माले कार्यक्रमका शिर्षकहरु जुन सुकै विषयका पनि हुन सक्दछन तर दृष्टिकोण दार्शनिक नै हुनुपर्दछ भन्ने मान्यतावाट समाज अगाडि बढेको बताएका थिए ।कार्यक्रमको सञ्चालन रवि प्रसाद गुरागाईले गरेका थिए ।