राजेन्द्र सुवेदी साहित्य र कला पुरस्कार प्रदान

वरिष्ठ साहित्यकार, शिक्षासेवी तथा समाजसेवी राजेन्द्र सुवेदीको बयासिऔं जन्मजयन्तीको अवसरमा साउन १८ गते आयोजित विशेष कार्यक्रममा राजेन्द्र सुवेदी स्मृति समाजले दुई स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

त्यस अवसरमा  राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ नृत्यशास्त्री भैरवबहादुर थापा र राजेन्द्र सुवेदी साहित्य पुरस्कार वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठलाई प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रदान गरेका थिए । त्यस अवसरमा खनालले खनालले राज्यले गर्न नसकेको कार्य समाजले गरेको बताएका थिए ।

समाजका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा सम्पन्न सो समारोहमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शुभकामना मन्तव्य दिएका थिए ।समाजका सदस्य डा. भागवत आचार्यले सञ्चालन र डा. सीता सुवेदीले स्वागत भाषण गरेको सो समारोहमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपतिहरु के.के. कर्माचार्य र किरण मानन्धर, प्रा. डा. अभि सुवेदी तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी आदिको उपस्थिति रहेको थियो । कार्यक्रममा निम्बल स्कुल, टोखा र श्वेतसदन स्कूलका सामाखुसीका विद्यार्थीहरुले भैरवबहादुर थापाको सम्मानमा नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।