सोभियत संघजस्तै विघटनको दु:खान्तबाट बच्न चीनले के गर्‍यो ?

एउटा देश, जसले सोभियत संघको पतनलाई अरु देशहरुको तुलनामा सबैभन्दा ध्यान दिएर अध्ययन गरेको छ

एउटा देश जसले सोभियत संघको पतनलाई अरु देशहरुको तुलनामा सबै भन्दा ध्यान दिएर अध्ययन गरेको छ, त्यो चीन हो। चीनलाई थाहा – अमेरिकाको सपना चीनलाई दोस्रो सोभियत संघ बनाउने हो, जुन विघटन हुन्छ ।

त्यसो भए चीनले कसरी विघटनलाई रोक्न सक्छ ? पहिलो कुरा सोभियत संघको विघटन बाह्य दबाबका कारणले भएको थिएन; यो आन्तरिक कमजोरीका कारणले ढलेको हो। चीनले महसुस गरेको छ, बुझेको छ, ' बाँच्नको लागि, सँग  धेरै बलियो, गतिशील अर्थव्यवस्था र बलियो, गतिशील समाज हुनुपर्दछ ।' त्यस्तै अमेरिकाका एक जना प्रसिद्ध विचारक थिए जर्ज केनन। जसले १९४९ मा धेरै दुरदर्शी रुपमा भनेका थिए कि अन्त्यमा अमेरिका र सोभियत संघबीचको प्रतिस्पर्धाको परिणाम हाम्रा हतियार र सेनाहरु माथि निर्भर हुनेछैन। बरु यो त्यस कुरामा निर्भर रहने छ कि कुन समाजमा आध्यात्मिक जीवन्तता छ। अमेरिकी समाज सोभियत समाजको तुलनामा धेरै गतिशील थियो। अमेरिका फस्टाउदै गयो र सोभियत संघको पतन भयो।

चीनले कसरी विघटनलाई रोक्न सक्छ ? पहिलो कुरा सोभियत संघको विघटन बाह्य दबाबका कारणले भएको थिएन; यो आन्तरिक कमजोरीका कारणले ढलेको हो। चीनले महसुस गरेको छ, बुझेको छ, ' बाँच्नको लागि, सँग  धेरै बलियो, गतिशील अर्थव्यवस्था र बलियो, गतिशील समाज हुनुपर्दछ ।'

चीनियाहरुलाई थाहा थियो पहिलो प्राथमिकता एउटा बलियो अर्थतन्त्र र बलियो समाज सुनिश्चित गर्नु हो। त्यसैले उनीहरु दोश्रो सोभियत संघ बन्नु नपरोस् भनेर आफ्ना जनतालाई व्यापक रुपमा शिक्षित गर्दैछन् र आफ्नो अर्थतन्त्रलाई बढाउँदैछन्।

सोभियत संघको विघटनबाट चीनियाहरुले सिकेको अर्को कुरा के थियो भने अमेरिका यस कारण सफल भएको थियो कि उसले सोभियत संघका धेरै छिमेकी देशहरुलाई सबै ठाउँमा सोभियत संघ विरुद्धको नियन्त्रण नीतिमा सामेल गर्न सफल भएको थियो। जस्तै पश्चिमी यूरोप, जापान, दक्षिण कोरिया- सोभियत संघका दुवै किनारामा।

चीनियाहरुले के गरे ?

उनीहरूले छिमेकी देशहरुलाई चीनिया अर्थतन्त्रमाथिको निर्भरतालाई सुनिश्चित बनाएर नियन्त्रण नीति विरुद्ध पूर्वव्यापी प्रहार गरे। उदाहरणका लागि, सिंगापुर दक्षिणपूर्व एशियाको भाग हो साथै आसियान नामक संगठनको सदस्य पनि हो। आसियानको शुरुआत एउटा अमेरिका समर्थक संगठनको रूपमा भएको थियो। वास्तवमा, जब ८ अगस्त, १९६७  मा आसियान  बनाइयो, सोभियत संघ र चीन दुवैले यसको गठनलाई अमेरिका समर्थक संगठनको रूपमा निन्दा गरेका थिए । यो सत्य हो कि आसियान अमेरिकी र पश्चिम समर्थक थियो।

अचम्मको कुरा के थियो भने आसियान अमेरिका र पश्चिमा समर्थक भए तापनि (र हामीले अमेरिका, यूरोपिली युनियन, अस्ट्रेलिया र जापानसंग लामो समय सम्म संवाद गरेका थियौ ) हाम्रा कुनै पनि पश्चिमी मित्रहरूले आसियानलाई स्वतन्त्र व्यापार सम्झौताको प्रस्ताव गरेनन्। 

सन् २००० मा आसियानलाई स्वतन्त्र व्यापार सम्झौताको प्रस्ताव गर्ने पहिलो देश चीन थियो र त्यो चीन-आसियान सम्झौताको प्रभाव असाधारण थियो। सन् २००० मा अमेरिकासँग आसियानको व्यापार १३५ अर्ब डलर थियो भने चीनसँगको व्यापार ४० अर्ब डलर मात्र थियो । आसियानसँगको अमेरिकाको व्यापार चीनको व्यापारभन्दा साढे तीन गुणा बढी थियो । यद्यपि स्वतन्त्र व्यापार सम्झौताको परिणामस्वरुप सन् २०२२ सम्ममा अमेरिकासँगको आसियानको व्यापार ४५० देखि ५०० अर्ब डलर (तीन गुणा बढी वृद्धि) पुगेको थियो भने आसियानसँगको चीनको व्यापार ४० अर्ब डलरबाट ९७५ अर्ब डलरमा पुगेको थियो । लगभग एक ट्रिलियन डलर, २०२२ मा संसारको सबैभन्दा ठुलो व्यापारिक सम्बन्ध। 

अब, आसियानले आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारको विरुद्धमा नियन्त्रण नीतिमा सामेल हुन सक्ने कुनै तरिका छैन ।  यो पागलपन हो । यो चीनको रणनीतिको हिस्सा हो ।

सन् २००० मा अमेरिकासँग आसियानको व्यापार १३५ अर्ब डलर थियो भने चीनसँगको व्यापार ४० अर्ब डलर मात्र थियो । आसियानसँगको अमेरिकाको व्यापार चीनको व्यापारभन्दा साढे तीन गुणा बढी थियो । यद्यपि स्वतन्त्र व्यापार सम्झौताको परिणामस्वरुप सन् २०२२ सम्ममा अमेरिकासँगको आसियानको व्यापार ४५० देखि ५०० अर्ब डलर (तीन गुणा बढी वृद्धि) पुगेको थियो भने आसियानसँगको चीनको व्यापार ४० अर्ब डलरबाट ९७५ अर्ब डलरमा पुगेको थियो ।

म तेश्रो बुँदा चाडै नै उल्लेख गर्नेछु। चीनले सुरु गरेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' लाई लिनुहोस् जसले विश्वका सबै कुनामा पूर्वाधार निर्माण गरेको छ ।  यसको अर्थ के हो?

संसारका हरेक देशले भन्छन्,' ओहो, यो पूर्वाधार राम्रो छ, '' मलाई चिनियाँ द्रुत रेल चाहिन्छ, '' मलाई चिनियाँ राजमार्ग चाहिन्छ, ' र त्यसपछि, के तपाईं नियन्त्रण नीतिमा सामेल हुनुहुन्छ? हुन्न।

यसले देखाउँछ कि चीनले व्यवस्थित रूपमा एउटा बृहत रणनीति बनाएको छ ।

साथै, चिनियाँहरूले पनि अमेरिकालाई धेरै सम्मान गर्छन्। उनीहरुले बुझेका छन् कि अमेरिका उल्लेखनीय शक्ति हो। उनीहरुको चुनौती,   उनीहरुले यी सबै रणनीतिहरुका बाबजुद पनि अमेरिकाले अन्ततः के गर्न सक्छ भनेर कम आँकलन गर्न सक्दैनन् ।

(सिंगापुरका पुर्व कूटनीतिज्ञ किशोर महबुबानीले इमिरेट्स सेन्टर फर स्ट्याट्रजीक स्टडिज एंड रिसर्च (ECSSR) अबु धाबीमा जुन १०, २०२४ मा गरेको टिप्पणीको एक अंश

image source: https://www.zurich.com

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?