शान्तिवार्ताका लागि रुसका नयाँ प्रस्ताव !

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसंग शान्तिवार्ता सुरु गर्नका लागि केही शर्तहरु अगाडि सारेका छन्। रुसको समाचार एजेन्सी तासका अनुसार पुटिनले अगाडि सारेका शर्तहरुमा युक्रेनले डोनेट्स, लुहांस, जापोरिझिया र खेरसोन क्षेत्र बाट आफ्ना सबै सेनाहरु फिर्ता गर्नुपर्ने र युक्रेनले नेटो सैन्य गठबन्धनमा सहभागी हुने योजना परित्याग गरेको औपचारिक घोषणा गर्नु पर्ने कुरा समावेश छन्। पुटिनका अनुसार युक्रेनले यी शर्तहरु मानेमा रुसले त्यही मिनेटमा युद्धविरामको आदेश दिनेछ र वार्ता सुरु गर्नेछ। र युक्रेनले यी सर्तहरु मानेमा उसका सैनिकहरुलाई बाधारहित रुपमा सुरक्षित फिर्ताको अवसर सुनिश्चित गर्नेछ।

पुटिनले अगाडि भनेका छन्– हामीहरु आज फेरि अर्को वास्तविक शान्ति प्रस्ताव अगाडि सार्दैछौ। यो द्वन्दलाई रोक्ने सवाल मात्र होइन, बरु यसलाई निश्चित टुंगोमा पुर्‍याउनु हो। रुसको यो शान्ति प्रस्तावलाई पश्चिम र किभले अस्वीकार गरे भने रक्तपातको जिम्मेवारी उनीहरुकै हुनेछ।

युक्रेनले रुसका यी शर्तहरु मान्ने सम्भावाना एकदम कम छ। युक्रेनले पटक पटक आफ्नो कुनै पनि क्षेत्र रुसलाई नदिने अडान लिँदै आएको छ।  त्यस्तै अमेरिका र नेटोले पनि रुसको यो प्रस्तावलाई अस्वीकार गरेका छन्। नेटोका महासचिव जेम्स स्टोलटेनबर्गले रुसको प्रस्ताव राम्रो मनसायले राखिएको छैन भनेर भनेका छन्। त्यस्तै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनका अनुसार पुटिनले अवैध रुपमा सार्वभौम युक्रेनको भूभाग कब्जा गरेको छ। उनी युक्रेनले शान्तिको लागि के गर्नु पर्छ भनेर हुकुम गर्ने हैसियतमा छैनन्।

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?