राष्ट्रसंघ  भन्छ: इजरायलको कारवाही युद्ध अपराध हुन सक्ने  !

हमासले बन्धक बनाएका चार जना इजरायलीलाई छुटाउने क्रममा इजरायलले गरेको सैनिक कारवाहीको क्रममा भएको २७४ जनाको नरसंहार युद्ध अपराध दरिन सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको मानावधिकार कार्यालयले उक्त कारवाहीको दौरानमा इजरायली पक्षबाट मात्र हैन, सशस्त्र प्यालेष्टिनी समूहबाट समेत युद्ध अपराध भएको हुन सक्ने जनाएको छ ।

गत शनिवार दिउँसो इजरायलले हवाइ तथा स्थल  सैनिक कारवाही मार्फत् बन्धक छुटाउन मध्य गाजास्थित नुसेरतमा गरेको आक्रमणमा २७४ जना प्यालेष्टिनीहरु मारिएका थिए । युद्धरत हमासलाई मात्र हैन, निशस्त्र प्यालेष्टिनीहरुलाई समेत अन्धधुन्ध आक्रमण गर्दै इजरायली सैनिकहरुले भयानक नरसंहार मच्चाएका थिए । त्यस दौरानमा ६०० जनाभन्दा बढी नागरिकहरु गम्भीर घाइते समेत बनेका थिए ।

अत्यन्तै जनघनत्व भएको क्षेत्रमा त्यस किसिमले अन्धधुन्ध गरिएको सैनिक कारवाहीले युद्ध कारवाहीमा अपनाउनु पर्ने भेद, समानुपातिकता र सावधानीका सिद्धान्तहरुमाथि नै प्रश्न उठेको पनि राष्ट्रसंघीय मानवाधिकार कार्यालयले जनाएको छ ।

image: https://www.aljazeera.com

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?