पुटिन भन्छन्– उदीयमान बहुध्रुवीय विश्वलाई बलियो बनाउनु जरुरी !

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो बहुचर्चित चीन भ्रमणबाट फर्केपछि सो भ्रमणबारे रुसी मिडियाले सोधेका प्रश्नहरुको उत्तर दिएका छन्। सो क्रममा उनले व्यक्त गरेका केही  महत्त्वपूर्ण विचारहरु यहाँ प्रस्तुत गरिएको छ।

भविष्य रुस र चीनमा निर्भर गर्छ भन्ने तथ्य केवल आंशिक रुपमा सत्य छ। मानव जातिको भविष्य सम्पूर्ण मानवतामाथि निर्भर गर्छ। निश्चित रुपमा रुस र चीन आधुनिक सभ्यताको महत्त्वपूर्ण घटक हुन्। हामीले कसरी विकास गर्नु पर्छ भन्ने कुरामा हाम्रो आफ्नै विचारहरु छन्। हामी ठान्छौं कि विकास रचनात्मक र शान्तिपूर्ण हुनु पर्छ, यसमा कुनै सन्देह छैन। हाम्रा हितहरुको बाहेक, त्यसले अन्तर्राष्ट्रिय अन्तर्क्रिया सबै पक्षहरुको हितहरु माथि पनि ध्यान दिनु पर्छ।

उदीयमान बहुध्रुवीय विश्वलाई बलियो बनाउनु जरुरी छ। यसमा अलिकति पनि शंका छैन कि हाम्रो आँखाको अगाडि एउटा नया संसारले आकार लिइरहेको छ र  बहुध्रुवीय बनिरहेको छ।

अहिले हामीहरु युक्रेनको सम्बन्ध जे भइरहेको छ त्यसको विश्लेषण गरिरहेका छौं । अवश्य पनि हामीले देखिरहेका छौं कि स्विट्जरलैंडको जेनेभामा विश्वव्यापी रुपमा घोषित बैठकको आसपास के भइरहेको छ। मेरो विचारमा यो बैठकको स्थान हो। हामी निश्चित रुपमा यस्तो कुनै फर्मुलाको बारेमा चर्चा गर्ने वाला छैनौं, जसको बारेमा हामी बिल्कुल केही पनि जान्दैनौ। तर युक्रेन भन्दा फरक हामीले कहिले पनि संवादलाई अस्वीकार गरेका छैनौं।

जेनेभाको यो कार्यक्रमको उदेश्य स्पष्ट छ। उनीहरु धेरैभन्दा धेरै देशहरुलाई भेला गर्न चाहन्छन, घोषणा गर्न चाहन्छन् कि हरेक कुरामा सबैको सहमति भयो र यसलाई हल गरिएको मुद्दाको रुपमा, एउटा अल्टिमेटमको रुपमा रुसको सामू पेश गर्न चाहन्छन। यस्तो कहिले पनि हुनेवाला छैन।

आर्थिक गतिविधिमा संलग्न तेश्रो देशहरुमा लगाइएका प्रतिबन्ध दुई गुणा वा नीन गुणा नाजायज छन्। किनकि संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अनुमति बेगर लगाइने प्रतिबन्ध बिल्कुल नाजायज हुन्।

राजनीतिक कारणहरु बाट डलरमा विश्वास कमजोर गरेर अमेरिकीहरुले आफ्नो शक्तिको मुख्य , सबै भन्दा शक्तिशाली र महत्त्वपूर्ण साधनलाई डलरलाई नै कमजोर बनाइरहेका छन्। उनीहरु आफैंलाई अपूरणीय क्षति पुर्‍याइरहेका छन्। एउटा प्रख्यात भनाइलाई प्रयोग गर्ने हो भने उनीहरु आफ्नै रोटी र मक्खनसंग झगडा गर्दैछन्। 

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?