इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा निधन

इरानका राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। सो हेलिकप्टरमा सवार इरानका विदेश मंत्री हुसैन अमीर-अब्दुल्लाहियन, इरानको पूर्वी अज़रबैजान प्रांतका गवर्नर मलिक रहमती लगायत अरु ६ जना व्यक्तिहरु पनि सवार थिए। ती सबै व्यक्तिको पनि मृत्यु भएको छ।

राष्ट्रपति रईसी अज़रबैजानको क़िज़ कलासी र  खोदाफरिन बाँधको उद्घाटन गर्नका लागि गएका थिए। उद्घाटन पछि उनी पूर्वी अज़रबैजान प्रान्तको  राजधानी तबरेज शहरतर्फ जाँदै थिए। त्यही क्रममा उनीहरु चढेको हेलिकप्टर दुर्घटना भएको थियो।

सो दुर्घटनामा परी सबैको ज्यान गएको छ । इरानको अर्धसरकारी समाचार एजेन्सी मेहरले हेलिकोप्टरमा सवार उच्च पदस्थ व्यक्तित्वहरु ‘शहीद’ भएको घोषणा गरेका छन् ।

इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको दुर्घटनाग्रस्त हेलिकोप्टर पूर्णतः क्षतिग्रस्त अवस्थामा उद्धारकर्ताहरुले फेला पारेका छन् । 

स्मरण रहोस्, राष्ट्रपति रइसीकै पालामा इरान एउटा प्रभुत्वशाली क्षेत्रीय शक्तिको रुपमा पश्चिम एशियामा सशक्त ढंगले उदाउँदै गएको थियो । युक्रेन युद्धमा सैनिक महाशक्ति रुसलाई हातहतियार आपूर्ति गर्ने हैसियत बनाएको इरानले उनकै कार्यकालमा चीनसँग निक्कै गहन र घनिष्ठ सम्बन्ध स्थापित गरेको थियो । कतिसम्म भने लामो समयदेखि इरान र सउदी अरेवियाबीच बिग्रिएको सम्बन्ध पनि पुनर्स्थापित भएको थियो ।

इरानका  राष्ट्रपति रईसीको मृत्यु इरानको लागि मात्र नभएर पश्चिम एसिया र ग्लोबल साउथको लागि पनि ठुलो नोक्सान हो। इरान यस वर्ष ब्रिक्स समुहको सदस्य पनि बनेको थियो।  उनको कार्यकालमा इरानको सम्बन्ध उसको चिरप्रतिद्वन्दी साउदी अरेबियासंग पनि सुधार भएको थियो। त्यस्तै इरानको रुस र चीनसंग गहिरो रणनीतिक सम्बन्ध स्थापित भएको थियो। त्यस्तै इरानले प्यालेस्टाइनीहरुको सबै भन्दा भरपर्दो मित्र साबित गरिरहेको थियो।

उनको दुर्घटना भएको खबर आएपछि सोमबार बिहानै चीनको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै गहिरो चासो जाहेर गरेको छ । साथै, उद्धार कार्यका लागि आवश्यक कुनै पनि किसिमको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

रइसीको दुर्घटनापछि पश्चिम एशियाका देशहरुले गहिरो चिन्ता र चासो जाहेर गरेका छन् । इरानसँगको मतभेदका बाबजूद टर्की, कुवेत, कतार, इराक, सउदी अरेबियाहरुले ऐक्यबद्धता देखाउँदै इरानलाई आवश्यक पर्ने सबै खालका सहयोगहरु उपलब्ध गराउने तत्परता देखाएका छन् ।

इरानको कानूनी प्रावधानअनुसार, राष्ट्रपति रइसीको निधनको औपचारिक घोषणा भएपछि उनको स्थानमा उपराष्ट्रपति मोहमद मुख्तारले  राष्ट्रपतिको पद सम्हाल्ने छन् । इरानको संवैधानिक व्यवस्थाअनुसार, उनले पदभार ग्रहण गरेको ५० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनुपर्नेछ ।

स्मरण रहोस्, इरानमा उपराष्ट्रपतिको चयन  निर्वाचन प्रक्रियाबाट नभई मनोनयनको प्रक्रियाबाट हुने गर्छ ।

६३ वर्षीय राष्ट्रपति इब्राहिम रईसी कट्टरपन्थी विचारका अनुयायी थिए। उनले इरानमा चलेको प्रजान्तान्त्रिक आन्दोलनलाई दबाएका थिए। उनलाई इरानका सर्बोच्च नेता हुन् अली खामेनीको सम्भावित उत्तराधिकारीको रुपमा लिइन्थ्यो।

image: https://al-sarira.com/

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?