इरानविरुद्ध इजरायलको प्रत्याक्रमणः खाडी क्षेत्रमा युद्धको खतरा बढ्यो

केही दिन अघि इरानले गरेको आक्रमणको बदलामा इजरायलले इरानमा जवाफी हमला गरेको छ ।

इजरायलले इरानको रणनीतिक मानिने इस्फाहान प्रान्तमा मूलतः आक्रमण केन्द्रीत गरेको खबरहरु आएको छ । यस प्रान्तमा इरानका थुप्रै रणनीतिक महत्वका कारखानाहरु, सैन्य अनुसन्धान केन्द्र तथा विकास निर्माणका क्षेत्रहरु तथा सैन्य केन्द्रहरु रहेको छ । इस्फाहान नजिकको शहर नातान्ज त इरानको आणविक केन्द्र नै पनि हो । इजरायली प्रत्याक्रमणको सम्भावनालाई ख्याल गर्दै इरानले आफ्ना आणविक केन्द्रहरुलाई केही दिनअघि नै बन्द गरिसकेको छ । तर अमेरिकाले अहिलेको इजरायली आक्रमणको तारो आणविक केन्द्रहरु नरहेको जनाएको छ ।

इजरायली आक्रमणको सम्भावनालाई केन्द्रमा राखेर इरानले आफ्ना हवाई सुरक्षा प्रणालीलाई पहिल्यै नै सक्रिय तुल्याइसकेको छ । इरानी अधिकारीहरुको हवाला दिँदै प्रकाशमा आएको खबरअनुसार इरानले थुप्र्रै इजरायली ड्रोनहरुलाई खसाइदिएको छ ।

इजरायली आक्रमणका बीच इरानले आफ्ना थुप्रै शहरहरुको हवाई यातायातलाई स्थगित गरेको छ । खासगरी, राजधानी तेहरान, इस्फाहान र सिराज हवाइअड्डाहरुलाई यतिखेर बन्द गरिएको छ । 

इरानी सञ्चार माध्यमहरुले इस्फाहान हवाइअड्डा नजिक विस्फोटको आवाज सुनिएको बताएको छ । तर त्यो विस्फोट इजराली हवाइ हमलाको कारण हो वा अन्य कुनै अहिलेसम्म खुलेको छैन ।

उता सिरिया र इराकमा पनि विस्फोटहरु भएका छन् ।

उता उत्तरी इजरायलमा पनि हवाइ हमलाको जनाउ दिने साइरनहरु बजेकोको खबर आएको छ । तर लगत्तै इजरायली पक्षले त्यो साइरन भूलवश बजेको, त्यहाँ कुनै हवाइ हमला भइनहालेको जनाएको छ ।

इजरायल र इरानबीच प्रत्यक्ष युद्ध चर्कने सम्भावना बढ्दै जाँदा त्यसले खाडी क्षेत्रमा वृहत् युद्धको खतरालाई जन्म दिएको छ । युद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि खाडी क्षेत्र नेपालीहरुको लागि वैदेशिक रोजगारको ठूलो गन्तव्य रहेको पृष्ठभूमिमा त्यहाँ चर्कने युद्धले नेपालमा गहिरो प्रभाव पार्ने निश्चित छ ।

अमेरिकाले पनि अहिले चर्कोको आक्रमण प्रत्याक्रमणले खाडी क्षेत्रलाई गहिरो युद्धमा धकेल्ने चिन्ता व्यक्त गरेको छ ।

इरानका विदेशमन्त्रीले इरानविरुद्ध इजरायलले कुनै सैन्य कारवाही गरेमा ‘इरानले पनि तुरुन्तै र वृहत स्तरमा जवाफ दिने’ चेतावनी दिएको लगत्तै इजरायलले चालेको कदमले वृहत् स्तरको युद्धको सम्भावनालाई बढाइदिएको छ ।

Image source: https://www.newarab.com

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?