भियतनाममा भ्रष्टाचारको आरोपमा मृत्युदण्डको सजाय

भ्रस्टाचारविरुद्धको जनआक्रोश कम्युनिस्ट शासनको लागि खतरा !

भियतनामको अदालतले रियल स्टेट व्यापारी ट्रूंग माई लेनलाई मृत्युदण्डको सजाय दिएको छ।

६७ वर्षीय भियतनामी रियल स्टेट व्यवसायीलाई देशको सबै भन्दा ठूलो बैंकलाई ११ वर्षसम्म लुटेको अभियोगमा यो सजाय दिएको हो।

यो भियतनामको इतिहासकै सबै भन्दा ठुलो आर्थिक घोटाला हो। ट्रूंग माई लेनले बैंक बाट ४४ बिलियन डलर कर्जा लिएकी थिइन्। अदालतले उनलाई २७ बिलियन डलर तिर्न आदेश दिएको छ। तर अभियोजन पक्षको अनुमान अनुसार त्यो पैसा वसुल हुन सक्ने सम्भावना छैन।

ट्रूंग माई लेन भियतनामको हो ची मिन्ह शहरकी बासिन्दा हुन्। उनले सुरुमा आफ्नी आमा संगै ब्यूटी प्रोडक्ट बेच्ने गर्थिन्। पछि १९८६ मा भियतनामको कम्युनिस्ट सरकारले आर्थिक सुधार सुरु गरेपछि उनले घर-जग्गा किन्न थालिन्। सन् १९९० को दशकमा उनि होटेल र रेस्टुराहरुको मालिक बनिन्। २०११ मा उनी शहरकै सबै भन्दा प्रशिद्ध व्यापारी बनिसकेकी थिइन्।

यो मुद्दाको क्रममा २७०० जना व्यक्तिहरु साक्षीको रुपमा अदालतमा उपस्थित भएका थिए भने करिब २०० जना वकिलहरुले बहस गरेका थिए। त्यस्तै मुद्दाको प्रमाणको रुपमा १०४ बाकस कागतपत्रहरु पेश गरिएका थिए। जसको कुल वजन ६ टन जति थियो।

भियतनाममा यो मुद्दालाई त्यहाको कम्युनिस्ट पार्टीले संचालन गररहेको भ्रस्टाचार बिरोधी अभियान दन्किदो भट्टी (Blazing Furnaces ) को नाटकीय अध्यायको रुपमा हेरिएको छ। यो अभियानलाई भियतनामी कम्युनिस्ट पार्टीका महासचिव न्युगेन फु ट्रोंगले संचालन गरिरहेका छन्।

मार्क्सवादी सिदान्तमा भिजेका कट्टरपन्थी मानिने न्युगेन फु ट्रोंगको विचारमा देशमा व्याप्त भ्रस्टाचारविरुद्धको जनआक्रोश कम्युनिस्ट शासनको लागि खतरा हो। उनले २०१६ देखि भ्रस्टाचार विरुद्ध अभियान सुरु गरेका थिए। यो अभियानको क्रममा अहिलेसम्म दुईजना रास्ट्रपति र दुई जना उप प्रधानमन्त्रीले राजिनामा दिनु परेको छ। त्यस्तै सयौ पदादिकारीहरुलाई कारवाही गरिएको छ र जेल हालिएको छ।

स्रोत: https://www.bbc.com

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?