स्टेथस्कोपको आविष्कार कसरी भयो ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sththescope%2520F_FdlnhboEPF_eb8c26ezsjmk8gjbw8n0yxz90yu5lptlr1ccdqqitmlmhw33xxftrpiyse1d_WKtCHSzWNU_hl6k26f4yxg0x2w2kllkhtsaqh4zph31yygwt037kvfznzukhqhaagjzioxg.jpg)
बिरामी जाँच्दा डाक्टरले स्टेथस्कोपको प्रयोग गर्छन् । स्टेथस्कोपको प्रयोग विशेष गरी मुटुको धडकन, फोक्सो तथा आन्द्राको आवाज सुन्न तथा गर्भावस्थामा गर्भभित्रका बच्चाको मुटु तथा छात्तीको आवाज जाँच्नको लागि प्रयोग गरिन्छ । यसले मुटुको अवस्था विश्लेषण गरेर मुटुको भल्भमा भएको गडबडी आँकलन गर्न सहयोग गर्छ । मुटुको धडकन सामान्य वा असामान्य रहेको विश्लेषण गर्न मद्दत गर्छ । श्वासनलीमा अवरोध भए–नभएको, फोक्सोमा तरल पदार्थ जम्मा भएको जस्ता कुराहरु पनि स्टेथेस्कोपको मद्दतले पत्ता लगाउन सकिन्छ । पेटको आवाजहरु सुनेर त्यसको आधारमा पाचन समस्याहरुको विश्लेषण गर्न सहयोग गर्छ । त्यसैगरी भ्रूणको मुटुको चाल तथा छात्तीको आवाज सुनेर बच्चाको अवस्था सामान्य रहेनरहेको बुझ्न पनि स्टेथेस्कोपले सहयोग गर्छ ।
यसरी आधुनिक चिकित्सा विज्ञानमा रोगको निदानमा स्टेथेस्कोपले महत्वपूर्ण स्थान ओगट्छ । तर के तपाई लाई थाहा छ–स्टेथस्कोपको आविष्कार कसरी भयो भन्ने कुरा ?
हाम्रो शरिरभरि रगत पुर्याउने काम मुटुले गरिरहेको हुन्छ । त्यसै कार्यको लागि हाम्रो मुटु नरोकिइकन लगातार धडकिरहेको हुन्छ । मुटु धड्किनु भनेको यसले मुटुमा जम्मा भएको रगतलाई पम्प गरेर शरीरभरि पुर्याउने कार्य गर्नु हो । हाम्रो मुटु एक दिनमा एक लाख भन्दा बेसी पटक धड्किन्छ । यस क्रममा मुटुले लगभग सात हजार लिटर भन्दा बढी रगतलाई पम्प गर्छ । यो क्रममा नै हाम्रो मुटु नियमित धड्कन्छ ।
मुटुको धड्कन सामान्य रुपमा पनि जाँच्न सकिन्छ । शरीरको मुटु रहेको भाग देब्रे छाती, हातको नाडी वा घाँटीको रुद्रघण्टीकोछेउ छामेर पनि मुटुको धड्कन पत्ता लगाउन सकिन्छ । तर मुटु सधैं एकैनाशले धड्किरहेको हुदैन । शारीरिक परिश्रम बेसी परेको बेला वा अन्य त्यस्तै खास बेलामा मुटुको धड्कनको गति तलमाथि पर्छ । फेरि सामान्य रुपमा छामेरै मात्र मुटुको धड्कनको गतिको ठीक गन्ती गर्न सकिन्न । कहिलेकाहीँ, अझ विशेष गरी बिरमी भएको बेला सम्भव हुँदैन । यस्तो अवस्थाम मुटुको धड्कन स्पष्ट सुन्नका लागि विशेष उपकरणको जरुरत पर्छ । त्यो उपकरण नै स्टेथस्कोप हो ।
स्टेथस्कोपको आविष्कार हुनुभन्दा पहिले डाक्टरहरुले रागीको मुटुको धड्कन सुन्न आफ्नो कान रोगीको नाङ्गो छात्तीमा राखेर जाँच्ने गर्थे । यो कार्य पुरुषहरुमा त सहजै सम्भव हुन्थ्यो र खासै समस्या पनि आउँदैनथ्यो । तर यो तरिकाले महिला रोगीहरुलाई जाँच्न भने अप्ठ्यारो पर्थ्यो । फलतः महिला रोगीहरुको मामलामा भने डाक्टरले कतिपय अवस्थामा ठोस परीक्षण नगरी अन्दाजले काम चलाउनु पर्थ्यो ।
यस्तो स्थितिबाट कसरी मुक्ति पाउने त ? यही प्रश्नको समाधान खोज्ने क्रममा हुन पुग्यो– स्टेथस्कोपको आविष्कार । यो उयोगी उपकरणको आविष्कार सन् १८१० मा फ्रेञ्च चिकित्सक रेनेथ्योफिल हायसिंथे लाइनक (René Laennec) ले गरेका थिए ।
भयो के भने, एक दिनको एउटा हृदय रोगी महिला डा. लाइनककोमा उपचार गराउन आइन् । समुचित उपचारको लागि महिलाको मुटुको धड्कनको गति थाहा पाउनु जरुरी थियो । तर त्यो थाहा पाउने कसरी ? डा. लाइनकलाई ठुलो धर्मसंकट पर्यो । यसको समधान खोज्ने क्रममा उनले एउटा अनौठो उपाय सोचे ।
उनले एउटा लामो कागजको टुक्रलाई बेरे र त्यसको एउटा भाग रोगी महिलाको देब्रे छात्तीमा राखे र अर्को भाग चाहिँ आफ्नो कानमा । त्यसको परिणाम आशानुकूल र आश्चर्यजनक निस्क्यिो ! यसो गर्दा महिलाको मुटुको धड्कन प्रष्टसंग सुनियो !
यस प्रयोबाट उत्साहित बनेका डा. लाइनकले कागजको टुक्रालाई नै स्टेथस्कोपको रुपमा प्रयोग गर्न थाले । साथसाथै, उनी त्यसलाई सुधार गर्नपट्टि पनि लागे । यस क्रममा उनले एक फुट लामो काठको बेलनाकार डिब्बा लिए र त्यसको फेदमा सानो प्वाल पारे । यो कागजको स्टेथस्कोपको सुधारिएको रुप थियो । यसबाट झनै प्रष्टसंग मुटुको धड्कनको गति र फोक्सोद्वारा उत्पादित आवाज जाँच्न सकिने भयो ।
धेरै रोगीहरु जाँच्नमा डा. लायनकले यो उपकरण एवं विधिको प्रयोग गरे । तीन वर्षको अथक परिश्रम र प्रयोगपछि उनले आफ्नो प्रयोगको निष्कर्ष र अनुभवहरुलाई संगेटेर सन १८१९ मा ‘डी, एल.आस्कलटेशन’ नामक पुस्तक प्रकाशित गरे । उनको यो पुस्तकले तत्कालीन चिकित्सा विज्ञानले ठूलो हल्चली मच्चायो । अन्य डाक्टरहरुले पनि उनको यो उपकरण विधिलाई विरामी जाँच्न उपयोग गर्न थाले । यसको उपयोगिताको कारण स्टेथस्कोप अत्यन्तै लोकप्रिय हुन थाल्यो । फलतः यसको स्वरुपमा पनि परिमार्जन र सुधार हुन थाल्यो ।
आजभोलि उपयोगमा ल्याइने स्टेथस्काप डा. लाइनकले आविस्कार गरेको स्टेथस्कोपकै सुधारिएको रुप हो । यसलाई यो रुप प्रदान गर्ने श्रेय अमेरिकी चिकित्सक जर्ज फिलिप क्यामनलाई जान्छ । उनले त्यसको डिजाइन र कार्यक्षमतालाई अझ सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । उनले लाइनकले आविष्कार गरेका स्टेथेस्कोपको डिजाइनमा सुधार गरेर बाइनोरल डिजाइन (Binaural Design) बनाए जसमा लचिलो रबरको पाइपसँग जोडिएका कानमा राख्न मिल्ने र आवश्यकताअनुसार यताउता चलाउन मिल्ने दुईवटा इयरपीसहरु थिए । त्यसले स्टेथेस्कोपको प्रयोग सजिलो मात्रै बनाएन, मुटु फोक्सोहरुको आवाज पनि थप प्रष्टसँग सुनिन सम्भव भयो । त्यसैगरी छात्तीमा राखिने यन्त्रको भागलाई पनि सुधार गरे जसले आवाजहरुलाई अझ ठूलो र प्रष्टसँग सुनिन सकिने भयो । उनले समयक्रममा पुरानो स्टेथेस्कोपमा थप सुधारहरु गरे र आधुनिक स्वरुप प्रदान गर्न महत्वपूर्ण भूमिका खेले ।
स्टेथस्कोपमा मुख्यतः दुई खण्ड हुन्छ । एउटा खण्ड रोगीको छात्तीमा राखिन्छ, जसलाई चेष्टपीस भनिन्छ । यसैले रोगीको मुटुको धड्कन तथा फोक्सोको आवाजलाई ग्रहण गर्छ । चेष्टपीसले ग्रहण गरेको आवाज त्यसमा जोडिएको प्लाष्टिकको दुई ओटा लचिलो नलीबाट डाक्टरले कानमा लगाएको इयरपीस सम्म पुग्छ । इयरपीसलाई डाक्टरले कानमा लगाउने हुनाले जाँचको बेलमा डाक्टरले मुटुको धड्कन र फोक्सोको आवाज प्रष्ट संग सुन्न सक्छन् र बाहिरी आवाजले बाधा पनि पुर्याउन पाउदैन ।
परीक्षणको क्रममा डाक्टरले रोगीको छातीको विभिन्न भागमा चेष्टपीसलाई राखेर मुटुको धड्कन तथा स्वास प्रस्वासको प्रक्रियामा फोक्सोले उत्पन्न गर्ने आवाज जाँच्छन् । त्यसरी जाँच्ने क्रममा सुनिएको आवाज र पाइएको मुटुको धड्कनको गति जस्ता लक्षणको आधारमा समेत डाक्टरले सम्बन्धित व्यक्तिलाई मुटु, छात्ती वा फोक्सोका समस्याहरु छ कि छैन भनेर थाहा पाउँछ ।
![यस्तो पो रहेछ हाम्रो शरीर चिलाउनुका कारणहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/itching_7zomnwzvVi_0y10nmtcptnanzfrcycdzlvdzijxsaaxdyfxzbup8ot6mriwbpwcin31sdy5_YDxd4XrTbu_rdxg0nzaghald8wp8ws1u89h1dtpzfmutflgowk4nafq4xrdhh0izkwjtfvc.jpg)
यस्तो पो रहेछ हाम्रो शरीर चिलाउनुका कारणहरु
![शरीरले देखाउने यस्ता संकेतहरु: यी हुन सक्छन् कारणहरु !](https://snowberry.prixacdn.net/media/gallery_folder/muscle%2520cramp_pLt9ui9ZSE_n41x4tteiubf074mlekofqhv6nprdroglklomvfsl32zmdfhik3nxkugq8hm_d4Ix4cNYst_spurzr6eb7rjcxjegzvxevc9kl1cun3modculjkwf0omnbiake85thyzcgst.jpg)
शरीरले देखाउने यस्ता संकेतहरु: यी हुन सक्छन् कारणहरु !
![धेरै थकाइ लागिबस्छ ? यस्तो हुन सक्छ कारण !](https://snowberry.prixacdn.net/media/gallery_folder/tired_F7u9yLAfZO_fhalhjfdbjcctxrpjxrovxstipay2uy14uab44zcxk4miferlkujboalmj1c_wPcFyhNbm7_xkcculnvedekixu40li5omitzkkhz2yidtvaommhwmquf7si9ljxhjondzpv.jpg)
धेरै थकाइ लागिबस्छ ? यस्तो हुन सक्छ कारण !
![फाइदाजनक हुन सक्छ मधुमेहका रोगीहरुलाई बेसारको सेवन](https://snowberry.prixacdn.net/media/gallery_folder/turmeric-powder_McFuvdYPYF_rr0nmpv6iw0q32z5t1pw2xy59exnesqkf8xuct8nfwojjhdqmmerpzib0hy0_PoB4PjMUGh_qz9ksfiq4qcsakekzcoprpn1jh89bu17k59wttvhwhzqrbf7pofzjwnvvokm.jpg)
फाइदाजनक हुन सक्छ मधुमेहका रोगीहरुलाई बेसारको सेवन
![तपाईँले सोच्नु भए भन्दा बढी हानिकारक ‘जङ्क फुड’](https://snowberry.prixacdn.net/media/gallery_folder/narayan-Ghimire-junk-food_zgAZtFOjni_hy9mqpfvbuzcq0cloyifoq7azlefxnofuenwsghbioa0izrhgtqxzobcljva_hjCBl4o3RT_clrdmgxyih1v1fmwu5ltxzfb2isptflxekics06m8bjxvs4znvlgyu3tqhxq.jpg)
तपाईँले सोच्नु भए भन्दा बढी हानिकारक ‘जङ्क फुड’
![घुर्ने समस्या – हामीले सोचेभन्दा खतरनाक हुन सक्छ !](https://snowberry.prixacdn.net/media/gallery_folder/snoring2_HKKi0UmYpX_frztrobbbmccacty7gnefbyg18qsearvteufj7adosezwrmv21yvtgjekwnn_pwwYI1gVtn_sqi5zesamxhp3koj2hwz6u5osuiyzlg4kzc1cmxtnrhljltcivu6ikvn7chm.jpg)
घुर्ने समस्या – हामीले सोचेभन्दा खतरनाक हुन सक्छ !
![रोग र वैकल्पिक चिकित्सा पद्दतिको प्रभावकारिता](https://snowberry.prixacdn.net/media/gallery_folder/ayurved_LlJ2zeHgU7_psshtthjxnz5qz3zqphigr6r7uavu8nw3ib3lh80lwk1zmsd6s2vi8sucwtv_I9SfCaf7yu_ntr2x0h0qqqsdlozzl7n0jo3dlh4tvfb3zswoy53n6ryo6lfqaepbmd9wuuk.jpg)
रोग र वैकल्पिक चिकित्सा पद्दतिको प्रभावकारिता
![सयपत्री फूल: कसरी स्याहार्ने र हेरचाह गर्ने?](https://snowberry.prixacdn.net/media/gallery_folder/sayapatri_Awu66NLziw_ym47m45f81ffsucpj64ovp5vln4zbfvj5mykz0m0mn7sibeoa7xqlrcmg5qy_4paaSdzz2h_waq3lwzyhcpnzcnhqwixfwgbpel7dbxkpsjsdyeawtnwh3o5byhdqr0pz865.jpg)
प्रतिक्रिया