विज्ञानको चमत्कारः गाईको दूधमै इन्सुलिन उत्पादन गर्न सफलता !
इन्सुलिन ! मधुमेहको उपचारका लागि अति जरुरी कुरा । संसारभरि नै इन्सुलिनको अत्यधिक माग हुँदै आएको छ । यही कारण इन्सुलिनको अभाव पनि हुने गरेको छ । तर विज्ञानलाई धन्यवाद भन्नै पर्छः वैज्ञानिकहरुले गाईको दूधमा नै मानिसका लागि उपयोगी हुने इन्सुलिन उत्पादन गराउन सम्भव तुल्याएका छन् ।
यस कार्यमा ब्रजिलको एउटा ट्रान्सजेनिक गाईले आफ्नो दूधमा इन्सुलिन उत्पादन गरेर इतिहास कायम गरेको छ ।
‘प्रकृतिनले स्तन ग्रन्थीलाई वास्तवमै प्रभावकारी रुपमा प्रोटिन बनाउन कारखानाको रुपमा डिजाइन गरेको हो,’
इलनोइस अर्वान–चैम्पन विश्वविद्यालयका पशु विज्ञानका प्राध्यापक तथा त्यस परियोजनाका मुख्य नेतृत्वकर्ता म्याट व्हीलर भन्छन्, ‘हामीले त्यो प्रणालीको फाइदा लिन प्रोटिन उत्पादन गर्न सक्छौं, जसले विश्वभरिका करोडौं मानिसहरुलाई मद्दत गर्न सक्छ ।’
ब्राजिलको साओ पाउलो विश्वविद्यालयका वैज्ञानिकहरु सम्मिलित उनको टीमले कसरी गाईबाट इन्सुलिनसहितको दूध उत्पादन गर्न सफलता प्राप्त गरे भन्नेबारे गत मार्च १२ को बायोटेक्नोलोजी जर्नलमा एउटा विस्तृत रिपोर्ट नै छापिएको छ ।
यसबारेमा थप परीक्षणहरु, त्यसलाई शुद्धिकरण गर्ने प्रणालीहरुको विकास तथा अमेरिकाको फुट एण्ड ड्रग एडमिनिस्ट्रेसनबाट अनुमति लिने प्रक्रियाहरु पूरा हुन बाँकी नै छ । तर यस कार्यको सफलताले ट्रान्सजेनिक गाईहरुद्वारा उत्पादित इन्सुलिनले यस अत्यावश्यकय हर्मोनको अभावलाई पूर्ति गर्ने आशा गर्न सकिन्छ । स्मरणीय के छ भने अहिले अमोरिकीमा मात्रै मधुमेह भएका ८४ लाख मानिसहरु बाँच्नका लागि यसैमाथि निर्भर हुँदै आएका छन् ।
हाम्रो लक्ष्य प्रोइन्सुलिन बनाउने र त्यसलाई शुद्धिकरण गरेर इन्सुलिन उत्पादन गर्ने थियो,’ ह्वीलर भन्छन्, तर त्यसो गर्नै परेन, गाई आफैंले त्यो काम गरिदियो, वास्तवमै स्तनग्रन्थी एउटा जादुइ चीज हो ।’
उक्त ट्रान्सजेनिक गाई बनाउनका लागि १० वटा गाईको भ्रूणको कोषमा प्रोइन्सुलिनको लागि कोडिङ गरिएकोमानव डिएनको एउटा खण्डलाई प्रत्यारोपण गरिएको थियो । जेनेटिक इन्जिनियरिङको माध्यमबाट त्यस मानव डिएनलेस्तनको कोषहरुलाई मात्र लक्षित गर्ने गरी तयार गरिएको थियो ।
त्यसरी परिमार्जित गरिएको भू्रणर्लाइ ब्राजिलको एउटा सामान्य गाईमा प्रत्यारोपण गरिएको थियो, जसबाट एउटा ट्रान्सजेनिक बाच्छी जन्मिएको थियो ।
त्यो बाच्छी वयस्क भएपछि कृत्रिम गर्भाधान विधिद्वारा गर्भवती तुल्याउने कोशिश गरिएको थियो । त्यो प्रयत्न विफल भएपछि उसलाई दूृध उत्पादन गर्नको लागि हर्मोन उपचार समेत गरिएको थियो ।
त्यो गाईलाई गर्भवती तुल्याउने कोशिश सफल भएको हुन्थ्यो भने उसले धेरै दूध उत्पादन गर्न सम्भव हुन्थ्यो । तर अनुसन्धानकर्ताहरुका लागि सबैभन्दा सुखद कुरा चाहिँ के रह्यो भने त्यो गाईले उत्पादन गरेको दूधमा मानव प्रोइइन्सुलिन मात्रै हैन, इन्सुलिन आफैं नै उत्पादित भएको फेला पर्यो । अनुसन्धानकर्ताहरुले यो अपेक्षा नै गरेका थिएनन् ।
त्यो त त्यो गाईको दूधबाट इन्सुलिन र प्रोइन्सुलिनलाई छुट्याएर प्रशोधन गर्नुपर्ने हुन्छ । त्यसमाथि थप, त्यसरी उत्पादित गाईको दूधमा प्रतिलिटर थोरै ग्राम मात्रामा मात्रै इन्सुलिन, प्रोइन्सुलिन पाइएको छ । अनुसन्धानकर्ताहरुले कति मात्रामा इन्सुलिन पर्याप्त हुन्छ भन्नेबारेमा अझै टुङ्गोमा पुगेका छैनन् । तर प्रतिलिटर १ ग्राम मात्रै इन्सुलिन उत्पादन भयो भने पनि एउटा विशिष्ट होल्सेइन गाईले प्रतिदिन दिने ४०–५० लिटर दूधबाट पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुने गणना ह्वीलरको छ ।
‘इन्सुलिनको एक मात्रा बराबर ०.०३४७ मिलिग्राम हुन्छ । यो भनेको एक ग्राम बराबर २८,८१८ युनिट इन्सुलिन हुन आउँछ,’ ह्वीलर भन्छन् ।
अबको कदम भनेको उक्त गाईलाई फेरि क्लोन गर्ने हो । अनुसन्धानकर्ताहरुले गाईलाई गर्भवती तुल्याउने र अगामी पुस्ताका ट्रान्सजेनिक गाईबाट पूर्ण रुपमा दूध उत्पादन गर्न सक्षम तुल्याउने विश्वास राखेका छन् । त्यहीक्रममा पछि गएर ट्रान्सजेनिक गोरु उत्पादन गर्ने र ट्रान्सजेनिक गाईलाई त्यसैबाट गर्भाधान गराएर इन्सुलिन उत्पादन गर्ने गाईको बथान नै तयार गर्न सकिने लक्ष्य अनुसन्धानकर्ताहरुले राखेका छन् ।
स्रोत: https://www.medicinenet.com
आइसल्यान्डमा पहिलो पटक लामखुट्टे भेटिए !
पृथ्वीबाहिर जीवन छ कि छैन ?
वर्षामापनको विज्ञान
ओल रोमर : प्रकाशको गति हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक
सौर्य आँधीको प्रहारबाट कसरी बच्छ भूउपग्रहहरु ?
वैज्ञानिक क्रान्तिको संरचना : एक विज्ञान-दर्शन
सबै मानिसहरु ताराको धूलोको कण !
प्रतिक्रिया