गर्भनिरोधक उपकरण लगाउन बाध्य पारेकोमा डेनमार्कविरुद्ध आदिवासी महिलाहरुले मुद्दा हाले

विश्वभरि मानवाधिकारको पाठ पढाउँदै हिँड्ने युरोपेलीहरु आफैं चाहिँ आदिवासीहरुको मानवाधिकार कसरी हनन गर्दो रहेछ भन्नेबारे एउटा रोचक प्रसङ्गको खुलासा भएको छ ।

डेनमार्कका मिडियाका अनुसार ग्रीनल्याण्डका आदिवासी महिलाहरुको एउटा समुहले १९६० र १९७० को दशकमा उनीहरुलाई जबरजस्ती गर्भनिरोधक उपकरण लगाउन बाध्य पारेको घटनालाई लिएर डेनमार्क सरकारविरुद्ध मुद्दा दायर गरेका छन्।

डेनमार्कका मिडियाका अनुसार १४३ जना इनुइट समुदाय (एस्किमो) का महिलाहरुले लगभग ४३ मिलियन क्रोनर ( लगभग ८ करोड ३४ लाख नेपाली रुपियाँ क्षतिपूर्ति माग पनि गरेका छन्।

ती महिलाहरुले डेनिस स्वास्थ्यकर्मीहरुले उनीहरुलाई जबरजस्ती गर्भनिरोधक उपकरण लगाउन बाध्य तुल्याएर उनीहरुको मानवाधिकारहरुको उल्लंघन गरेको दावी गरेका छन्।

जुनबेला उनीहरुलाई त्यसरी जबरजस्ती गर्भनिरोधक लगाउन बाध्य तुल्याउँदा ती मुद्दा हाल्ने महिलाहरुमध्ये धेरै जना किशोरी उमेरका थिए, त्यसबेला  उनीहरुलाई के भइरहेको छ र के गरिँदैछ भन्ने कुरा थाह थिएन र उनीहरुले त्यसका लागि कुनै  सहमति पनि दिएका थिएनन्।

वास्तवमा उनीहरुलाई गर्भनिरोधक उपकरण लगाउन बाध्य तुल्याउनुको उद्देश्य कथित रुपमा आदिवासी महिलाहरुलाई गर्भवती हुन नदिएर ग्रीनल्याण्डमा इनुइटको जनसंख्यालाई सीमित गर्नु थियो।

डेनिश अधिकारीहरुका अनुसार १९६०- १९७० को दशकको बिचमा लगभग ४५०० महिला र किशोरीहरुको संख्या गरेर  ग्रीनल्याण्डमा बच्चा जन्माउन सक्ने अवस्थामा रहेका महिलाहरुको संख्या आधाउधी थियो। उनीहरुमा गर्भनिरोधक उपकरण प्रत्यारोपित गरिएको थियो। प्रभावित महिलाहरुमध्ये एक नाजा लाइबर्थले ग्रीनल्याण्डको सार्वजनिक प्रसार माध्यम केएनआरलाई बताइन्-हामीहरुमध्ये सबैभन्दा बृद्ध ८० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ। त्यसकारण अब हामीहरु धेरै पर्खन सक्दैनौं। हामी जीवित छँदै आफ्नो आत्मसम्मान र आफ्नो कोखको सम्मान फेरि हासिल गर्न चाहन्छौ !

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?