रोप्न र हुर्काउन सजिलो फूल जेरानियम
कसरी स्याहारसुसार गर्न सकिन्छ जेरानियम फूललाई?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Geranium_1v8rADctC1_qjsa3uivx8csnx0gbfx3kh8ipei3hf3ipl88oc2pkd0nctk2mti9kegouhmh_xEPfkPErim_gkk9bkdmooruikzmaatbgc1ifajjkb5fqo5hjobfumz1hahg7ypf7b06phfy.jpg)
यस संसारमा फूल मन नपराउने मानिस सम्भवत: छैन होला । त्यही भएर संसारभरि नै मानिसहरुले एकाधवटा भए पनि फूल रोप्ने गर्छन् । त्यसो त रहर र इच्छा गरेर मात्रै हुँदैन, फूल हुर्काउन समय र मिहिनेत पनि चाहिन्छ । फेरि कुने कुनै फूलहरु सजिलै हुर्काउन सकिन्छ र फुलिरहन्छ पनि । कुनै कुनै फूलहरु चाहिँ हुर्काउन र स्याहार्न अलि बढी नै मिहिनेत लाग्ने गर्छ । त्यसैले आजको व्यस्त जीवनमा बागवानीको रहर भएका तर धेरै समय दिइबस्न नसक्नेहरुका लागि एउटा उत्तम फूल जेरानियम हुन सक्छ ।
रोप्न, हुर्काउन, स्याहार्न र फुलाउन सबैभन्दा सजिलो फूलहरुमध्येको एक फूल हो जेरानियम । घरभित्र वा बाहिर, जमीनमा वा गमलामा, जहाँ पनि सजिलै फुलाउन सकिने फूल हो–जेरानियम । यसलाई चाहिने मल, पानी र उपयुक्त वातावरण दिन सकियो भने यसमा जाडाे महिनाबाहेक रअरु सबै महिनाहरुमा फूल फुलाउन सकिन्छ ।
जेरानियमलाई कहाँ रोपिएको छ, त्यो कुरामा यसलाई चाहिने स्याहारसुसार फरक हुने गर्छ । घरभित्र जेरानियम फुलाउँदै हुनुहुन्छ भने त्यसलाई पर्याप्त प्रकाश पुगेको छ कि छैन ? त्यो ख्याल गर्नु जरुरी हुन्छ । यसमा राम्ररी फूल लाग्नका लागि पर्याप्त प्रकाशको जरुरत पर्दछ । तर यसले कम प्रकाशलाई पनि सहन सक्छ । यसलाई मनपर्ने तापक्रम दिनमा ६५ देखि ७० डिग्री फरेनहाइट अर्थात् १८ देखि २१ डिग्री सेन्टिग्रेट हो भने रातको समयमा यसलाई उपयुक्त तापक्रम ५५ डिग्री फरेनहाइट (१३ डिग्री सेन्टिग्रेट) आसपास हो ।
जेरानियमलाई रोप्दा सबैभन्दा ख्याल गर्नैपर्ने कुरा भनेको माटो हो । यसलाई पानी नजम्ने माटो चाहिँन्छ । पानी जम्ने माटोलाई यस विरुवाले सहन सक्दैन, यसको जरा कुहिएर विरुवा मर्छ । गमलामा यो विरुवा रोप्दा यो कुरामा विशेष ध्यान दिनु जरुरी छ । त्यसैगरी, बाहिर जमीनमा रोप्दा पनि माटो पानी नजम्ने खालको रहे नरहेको ख्याल गर्नुपर्छ । यसको लागि माटो तयार गर्दा सबैभन्दा राम्रो समान मात्रामा माटो, कोकोपिट र परलाइट मिलाउँदा ठीक हुन्छ । तर कोकोपिट र परलाइट छैन भने पनि पातपतिङ्गर कुहाएको मल वा राम्ररी पाकेको मल, भुस, बालुवा र माटो मिलाएर जेरानियमको लागि सही माटो तयार पार्न सकिन्छ ।
जेरानियममा धेरै फूल फुलाउन चाहनुहुन्छ भने यसलाई पर्याप्त घाम आउने ठाउँमा राख्नुपर्छ । घरभित्र राखिएको विरुवामा पनि बढीभन्दा बढी घामको प्रकाश परोस् भन्ने कुराको ख्याल गरिनु जरुरी छ । यसको लागि सबैभन्दा उत्तम भनेकै दिनको ६ देखि ८ घण्टा घाम लाग्ने व्यवस्था हो । तर धेरै गर्मी मौसममा यसलाई बिहानीपखको घाममात्रै भए पनि पुग्छ । गर्मी मौसममा पनि धेरै घाम भयो भने जेरानियम फुल्न सक्दैन । यो अवस्थालाई हिटचेक (Heat check) भनिन्छ । तर गर्मी कम भएपछि पुनः त्यसमा फूल लाग्न थाल्छ ।
बढी गर्मी जस्तै यो विरुवाले चिसो पनि खप्न सक्दैन । त्यसैले जाडो महिनामा यसलाई शित, तुसारो नपर्ने, अलि न्यानो ठाउँमा राख्न सके विरुवा रोगी हुन पाउँदैन । साँच्चैको लगाव र जाँगर छ भने जाडोबाट जेरानियमलाई बचाउन ग्रीन हाउस वा प्लाष्टिकको घरहरु बनाउन पनि सकिन्छ ।
जेरानियममा पानी बढी भयो भने जरा कुहिएर विरुवा मर्छ भनेर माथि पनि भनिसकियो । त्यसैले यसमा पानी हाल्दा अलि ख्याल गर्नुपर्छ । विशेषतः माटो १ इन्चजति सुख्खा नभएसम्म पानी नहाले पनि हुन्छ । स्वभाविक कुरा हो, जाडो महिनामा माटोको चिस्यान लामो समयसम्म रहिरहने हुनाले घरिघरि पानी हाल्नु पर्दैन । अवस्था हेरेर हप्तामा एक वा दुई पटकसम्म हाले पुग्छ । तर गर्मी महिनामा माटोको चिस्यान चाँडै सकिने हुनाले नियमित पानी हाल्नुपर्छ । पानी हाल्नुअघि माटोमा चिस्यान रहेनरहेको जाँच्दा वेश । हालिएको पानी माटोमा जम्न दिनुहुँदैन ।
गमलामा रोपिएका जेरानियमलाई बेलाबेलामा रिपट गर्नुपर्छ । रिपट भन्नाले यसको माटो बदलिदिनु हो । खासगरी फूल फुलिसकेपछि र हाँगाविगाहरु धेरै ठुलो भएपछि रिपट गर्दा राम्रो हुन्छ । गमलामा रोपिएका विरुवालाई बेलाबेलामा काँटछाँट गरिदिनुपर्छ । खासगरी, फूल फुल्न कम भएपछि वा रोकिएपछि यसको हाँगा काँटछाँट गरिदिने हो भने त्यसमा चाँडै र नयाँ स्वस्थ फूलहरु फुल्न शुरु गर्छ । त्यसैगरी, सुकेका फूलहरु र बोटमा रहेका अनावश्यक पातहरुलाई नियमित रुपमा टिपिदिने गर्नुपर्छ । बोटमा थोरै पातहरु मात्रै रहन दिनुपर्छ जसले गर्दा पातमा खर्च हुने पोषणहरु जोगिएर विरुवामा फूल लाग्न सहयोग पुग्छ । त्यसबाहेक, अनावश्यक बढी पातहरु नहुँदा विरुवामा राम्ररी हावा पास हुन पाउन्छ, जसले गर्दा बोटमा ढुसी लाग्ने र कीराहरु लुक्ने सम्भावना न्यून हुन्छ ।
जेरानियममा मल हाल्दा काँचो मल हाल्नु हुँदैन । एकदमै राम्ररी पाकेको मल हाल्नु ठीक हुन्छ । सामान्यतः बोटमा लागेको फूलहरुको अवस्था हेरेर १०–१५ दिनमा १ पटक मल हाल्दा राम्रो हुन्छ । काँचो मल हाल्दा बोटमा ढुसी पर्ने, जरामा खुम्रेकीरा पर्ने सम्भावना बढी हुन्छ । खुम्रे कीरालाई जेरानियमको विरुवा अति मन पर्छ । काँचो मल हालिएको छ भने खुम्रे कीरा परेर बोटको जरा सखाप बनाइदिन्छ, जले गर्दा पूरै बोट सुकेर जान्छ । त्यसैले बेलाबेलामा जेरानियमको विरुवालाई रिपट गर्दा यो समस्याबाट पार पाउन सकिन्छ ।
अरु फूलका विरुवाहरुलाई जस्तै जेरानियमलाई पनि विभिन्न थरिका कीराहरुले सताउने गर्छ । त्यसबाट बच्नका लागि सबैभन्दा राम्रो उपाय नीम तेललाई पानीमा घोलेर बेलामा बेलामा छर्कनुपर्छ । विशेषतः वर्षामासमा विभिन्न खाका कीराहरुको प्रकोप बढ्ने हुनाले यो मौसममा नीमको तेलका अवाला बेलाका कीटनाशक औषधीहरु पनि छर्कने गर्नुपर्छ । त्यसै गरी, यो विरुवालाई ढुसीले सताउने हुनाले बेलाबेलामा ढुसी प्रतिरोधी औषधीहरु स्प्रे गरिदिनुपर्छ ।
जेरानियम बीउबाट पनि उमार्न सार्न सकिन्छ । तर सजिलो चाहिँ हाँगाबाट सार्नु हो । यो विरुवा हाँगाको कटिङबाट सजिलै सर्ने गर्छ ।
जेरायिनम निक्कै लामो समयसम्म टिक्ने विरुवा हो । औसत रुपमा सामान्य खालको जेरानियम ४० वर्षभन्दा बढी समयसम्म पनि बाँच्न सक्छ ।
जेरानियम भित्र ४२२ प्रजातिका विरुवाहरु पर्दछन् । तर सामान्यतः कुरा गर्दा चारथरिका जेरानियमहरु फुलाउने गरिन्छ । त्यसमा सामान्य जेरानियम (Zonal geraniums), आइभी जेरानियम (Ivy geraniums ), सुगन्धित पात भएको जेरानियम (Scented-Leaf Geraniums) र रेगल जेरानियम (Regal geraniums) पर्दछन् । रेगल जेरानियमलाई मार्सा वासिंगटन जेरानियम (Marsha Washington geraniums) पनि भन्ने गरिन्छ ।
स्रोतः होमगाइड, डिआइवाइनेटवर्क, गार्डेनिङ नोहाउ, विकिपेडिया, गिलमोर
![यस्तो पो रहेछ हाम्रो शरीर चिलाउनुका कारणहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/itching_7zomnwzvVi_0y10nmtcptnanzfrcycdzlvdzijxsaaxdyfxzbup8ot6mriwbpwcin31sdy5_O2wIPZEM8o_9pcbcg5oq5cr6systabfwc1m2moiutarfommxhd1omfqkvnuaihf5ctrqaha.jpg)
यस्तो पो रहेछ हाम्रो शरीर चिलाउनुका कारणहरु
![शरीरले देखाउने यस्ता संकेतहरु: यी हुन सक्छन् कारणहरु !](https://snowberry.prixacdn.net/media/gallery_folder/muscle%2520cramp_pLt9ui9ZSE_n41x4tteiubf074mlekofqhv6nprdroglklomvfsl32zmdfhik3nxkugq8hm_k8yrW2koSd_kaj38wivhu3w6ysktq1wyfeo5gdr6rsqmhhiog2nmcbbtf5dzn2u6lflnrok.jpg)
शरीरले देखाउने यस्ता संकेतहरु: यी हुन सक्छन् कारणहरु !
![धेरै थकाइ लागिबस्छ ? यस्तो हुन सक्छ कारण !](https://snowberry.prixacdn.net/media/gallery_folder/tired_F7u9yLAfZO_fhalhjfdbjcctxrpjxrovxstipay2uy14uab44zcxk4miferlkujboalmj1c_kNHHBHFYev_cik410djwvmbt3be5xlebgvvcnqmdtqiccl3iki6mwbfuhcigpvbleogdllo.jpg)
धेरै थकाइ लागिबस्छ ? यस्तो हुन सक्छ कारण !
![फाइदाजनक हुन सक्छ मधुमेहका रोगीहरुलाई बेसारको सेवन](https://snowberry.prixacdn.net/media/gallery_folder/turmeric-powder_McFuvdYPYF_rr0nmpv6iw0q32z5t1pw2xy59exnesqkf8xuct8nfwojjhdqmmerpzib0hy0_TedQiEjFne_zhxwqoh0yahkf07nqzw4y7hnfz8sncv5nmnyucypb2an0gyaobulqo0m6yfr.jpg)
फाइदाजनक हुन सक्छ मधुमेहका रोगीहरुलाई बेसारको सेवन
![तपाईँले सोच्नु भए भन्दा बढी हानिकारक ‘जङ्क फुड’](https://snowberry.prixacdn.net/media/gallery_folder/narayan-Ghimire-junk-food_zgAZtFOjni_hy9mqpfvbuzcq0cloyifoq7azlefxnofuenwsghbioa0izrhgtqxzobcljva_qA4b9odnFM_tmyc0wvbgvx7iuvcezdgm4ikn47mdtt0ycqanblajjgelmr8mvdy2r2clyix.jpg)
तपाईँले सोच्नु भए भन्दा बढी हानिकारक ‘जङ्क फुड’
![घुर्ने समस्या – हामीले सोचेभन्दा खतरनाक हुन सक्छ !](https://snowberry.prixacdn.net/media/gallery_folder/snoring2_HKKi0UmYpX_frztrobbbmccacty7gnefbyg18qsearvteufj7adosezwrmv21yvtgjekwnn_E5KSX2Vrv3_puh8gdfjrl39mwa0zmpl849weu0nfkzcy7o15tqpobtrai5hwl0svxrwfkxx.jpg)
घुर्ने समस्या – हामीले सोचेभन्दा खतरनाक हुन सक्छ !
![रोग र वैकल्पिक चिकित्सा पद्दतिको प्रभावकारिता](https://snowberry.prixacdn.net/media/gallery_folder/ayurved_LlJ2zeHgU7_psshtthjxnz5qz3zqphigr6r7uavu8nw3ib3lh80lwk1zmsd6s2vi8sucwtv_ppwaZxzKzf_hdnvjbsy6g0yyqabbdyyhlva8weq5sbn3u7mkvirt8h2zc3casg0pjlaxpwj.jpg)
रोग र वैकल्पिक चिकित्सा पद्दतिको प्रभावकारिता
![सयपत्री फूल: कसरी स्याहार्ने र हेरचाह गर्ने?](https://snowberry.prixacdn.net/media/gallery_folder/sayapatri_Awu66NLziw_ym47m45f81ffsucpj64ovp5vln4zbfvj5mykz0m0mn7sibeoa7xqlrcmg5qy_7AiB4DgwDi_wkoihw84nifo8dmezmo8s8ew3ifhmxarqszfxfj3buyin9bvkchx6w4eiqu1.jpg)
प्रतिक्रिया