अझै मरेको छैन पुस्तक प्रेम !

एकैजनाले ३ लाखभारुभन्दा बढीको पुस्तक किने !

भरखरै मात्र ठूलो तामझामका साथ अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भयो । भारत सरकार आफैं सक्रिय भएर लागिपरेको उक्त मन्दिरको दर्शन गर्न ११ दिनमा २५ लाख मानिसहरु सहभागी भएका थिए । त्यस अवसरमा ८ करोड रुपियाँ भेटी संकलन भएको थियो । त्यो धर्मप्रति आम भारतीय रुझानको प्रतिक थियो । तर त्यो भन्दा पनि बढी मानिस कलकत्तामा भरखरै सम्पन्न पुस्तक मेलामा सहभागी भएका थिए । त्यसले कलकत्ताका मानिसहरुमा रहेको अद्भूत पुस्तक प्रेम एवं पठन संस्कृतिलाई प्रकट गरेको थियो ।

गत जनवारी १८ देखि ३१ सम्म चलेको सो अन्तर्राष्ट्रिय पुस्तक मेलामामा २९ लाख मानिसहरु सहभागी भएका थिए । त्यस मेलामा २७ करोड भारतीय रुपियाँ बराबरको किताबहरु बिक्री भएको थियो । अघिल्लो बर्ष भएको पुस्तक मेलामा पनि २५ लाख मानिसहरु सहभागी भएका थिए र त्यसबेला २५ करोड भारतीय रुपियाँ बराबरको पुस्तकहरु बिक्री भएको थियो । यसपालि अघिल्लो पटकभन्दा सहभागिता तथा पुस्तकको समेत बिक्री बढेको हो ।

 सबैभन्दा अद्भूत कुरा त के पनि भयो भने यस पटकको पुस्तक मेलामा देवब्रत चटर्जी नाम गरेका पुस्तक प्रेमी एक्लैले ३ लाख १५ हजार भारतीय रुपियाँ बराबरको पुस्तक किनेका छन् । पेशाले निजी शिक्षक चटर्जीको पुस्तक प्रेमलाई देखेर पब्लिशर्स एण्ड बुक सेलर्स गिल्डले उनलाई सम्मानित गरेको छ ।

Image source: https://www.hindustantimes.com/

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?