भारतले वान्टेड सूचीमा राखेका मुजाहिद्दीन नेताहरूको भकाभक हत्या !

भारत सरकारको मोस्ट वान्टेड सूचीमा रहेका दुई दर्जन व्यक्तिहरुको विगत दुई र्ष यता पाकिस्तानमा रहस्यमय परिस्थितिमा हत्या भएको छ। तर पाकिस्तान सरकार र ती हत्या गरिएका व्यक्तिहरु सम्बद्ध रहेका मुजाहिद्दिन संगठनहरुले यी घटना बारे कुनै प्रतिक्रिया जनाएका छैनन्।

यसरी हत्या गरिएका कमान्डरहरु लश्कर-ए-तैयबा, हिज्बुल मुजाहिदिन, जैश-ए-मोहम्मद र खालिस्तान आन्दोलनसंग सम्बन्धित छन्।

पछिल्लो पटक यसै नोभेम्बर महिनाका दुई हप्ताभित्रै लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मद तीन जना रिष्ठ कमान्डरहरुको हत्या भएको छ। जसमध्ये जैश-ए-मोहम्मदका मुख्य नेता मौलाना मसुद अजहरका नजिक सहयोगी र लश्कर-ए-तैयबाका रिष्ठ नेता समेत सामिल छन्। भारत सरकार विरुद्ध लडिरहेका मुजाहिद्दिन समुहका नेताहरुको हत्या शृंखलाको सुरुवात २००८ को मुम्बई हमलाका योजनाकार भनी आरोपित लश्कर-ए-तैयबाका संस्थापक हाफिज सैयद माथि आक्रमण बाट सुरु भएको थियो। त्यस हमलामानी मुश्किलले बँचेका थिए। यी हत्याहरुका शैली एकै प्रकारको रहेको छ। मोटरसाइकलमा चढेर आउने अपरिचित व्यक्तिले भारत सरकारले खोजी गरिरहेका व्यक्तिलाई गोली हानेर हत्या गर्ने गरेका छन्।

यी घटनाहरुको अनुसन्धानमा संलग्न पाकिस्तानी कर्मचारीहरु यसको पछाडी शत्रु देशको जासुसी निकायको संलग्नता रहेको दावी गर्छन् उनीहरुले नाम नकिटेपनि त्यो देश भारत हो भनेर अनुमान लगाउन मुश्किल छैन ।

स्मरण रहोस्, यसअघि भारतमा स्वतन्त्र खालिस्तानको माग गर्ने कुराको समर्थक सिख नेताको हत्या क्यानडामा यस्तै तरिकाले गरिएको थियो । उक्त हत्याको दोष क्यानडा सरकारले भारतमाथि लगाएको थियो । उक्त प्रकरणपछि क्यानडा – भारतबीचको द्विपक्षीय सम्बन्धमा निक्कै ठूलो दरार आएको छ ।

यो पनि हेर्नोस्

क्यानडा–भारत सम्बन्धमा फाटो बढ्दै !

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?