नाजी सिपाहीलाई सम्मान, पश्चताप गर्दै सभामुखले दिए राजीनामा

गत शुक्रबार क्यानडाका संसदमा गज्जबको दृश्य देखियो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधन गर्ने कार्यक्रम थियो । सो कार्यक्रममा एकजना ९८ वर्षीय बृद्धलाई युद्ध नायकको रुपमा सम्मानित गरियो । युरोस्लाभ हुन्का नाम गरेका ती बृद्धलाई रुसी अतिक्रमणविरुद्ध लडेका नायकको रुपमा चित्रित मात्र गरिएन, उनले अहिले पनि युक्रेनका सेनालाई सहयोग गरिरहेको भनेर उनको महिमामण्डन गरियो । उनको सम्मानमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो, युक्रेनका राष्ट्रपति तथा क्यानडाका सांसदहरु उठेर ताली बजाए, भव्य स्वागत गरे ।

क्यानडाका हाउसअफ कमन्सका सभामुख एन्थोनी रोटाको विशेष सक्रियतामा उनलाई त्यसरी सम्मान गरिएको थियो ।

तर त्यो खुसी, त्यो स्वागतको न्यानो धेरै दिन टिकेन । लगत्तै क्यानडामा हल्लाखल्ला शुरु भयो । मानवाधिकारवादी संघसंस्थाहरु, यहुदीहरुका संघसंस्थाहरुले आपत्ति जनाउदै विश्वलाई अवगत गराए– ती ९८ वर्षीय बृद्ध त वास्तवमा युद्धनायक नभएर दोस्रो विश्वयुद्धताकाका युद्ध अपराधी पो रहेछन् ! उनी त हिटलरको सबैभन्दा खुंखार मानिने एसएस नाम गरेका नाजी सेनाका १४ औं वाफेन ग्रेनेडियर डिभिजनका सैनिकका रुपमा पो काम गरिसकेका व्यक्ति रहेछन् । त्यो हिटलरको त्यो विशेष सैनिक डिभिजन हो जसलाई सन् १९४६ को न्युरेम्बर्ग ट्रायलले अपराधी सङ्गठनको रुपमा घोषित गरेको थियो । त्यस डिभिजनले युद्ध अपराध तथा मानवताविरुद्ध अपराध गरेको ठहर गरेको थियो । 

एउटा नाजी युद्ध अपराधीलाई त्यो सम्मान दिनु क्यानडाको लागि सबैभन्दा ठूलो लज्जाको विषय थियो । त्यसैले क्यानडाभरि नै त्यसका विरुद्धमा आवाजहरु उठे । हिजो करताल ध्वनिका साथ थप्पडी बजाएर स्वागत गर्नेहरुले नै पनि चर्को आवाजमा संसदमा विरोध गरे । फलतः असोज ९ गते मंगलबार त्यहाँका सभासद रोटाले राजीनामा दिन बाध्य भएका छन् । 

आफ्नो ‘भयंकर भूल’ प्रति पश्चाताप गर्दै रोटाले पदबाट राजीनामा दिनेक्रममा भनेका छन्, ‘यो संसद हामी सबैभन्दा माथि छ ,त्यसैले म सभामुखको पदबाट राजीनामा दिन्छु ।’

‘ती व्यक्तिलाई सार्वजनिक अभिनन्दन गरिएको घटनाले पोल्याण्ड तथा संसारभरि रहेका नाजी उत्पीडन भोगेका र बचेकाहरु, क्यानडामा रहेका तथा संसारभरिका यहुदी समुदाय लगायतका व्यक्ति र थुपैै्र समुदायहरुलाई पीडित बनाएको छ । म ती सबै कुराहरुको पूर्णत जिम्मेवारी लिन्छु ।’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पनि नाजी सिपाहीलाई संसदमा सम्मान गरिएको उक्त घटनालाई ‘अत्यन्तै शर्मनाक’ भनेका छन् ।  

रमाइलो कुरा के छ भने अहिले युक्रेनमा ‘विशेष सैनिक अभियान’ चलाइरहेका रुसले युक्रेनमाथि नाजीकरणको आरोप लगाउँदै आएको छ । उसले युक्रेनमा नवनाजीहरु हावी भएको र रुसीमूलकाहरुमाथि हिटलरले जस्तै जातीय सफाया अभियान चलाइरहेको आरोप लगाउँदै आएको छ । स्याल पनि कराउनु, कुखुरा पनि हराउनु भने जस्तै अहिले युक्रेनका राष्ट्रपतिकै उपस्थितिमा क्यानडाको संसदमा एक नाजी सिपाहीलाई विशिष्ट सम्मान गरिनुले रुसको भनाइलाई झनै बल पुर्याएको छ । 

Photo: aljazeera

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

उत्तर कोरियाका पुर्व राष्ट्रप्रमुख किम योङ नामको निधन

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

युवा जोहरान ममदानीले इतिहास रच्दै न्यूयोर्क शहरको मेयरको चुनाव जिते

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्रिगेड’ स्थापना गर्ने

अमेरिकी सैन्य आक्रमणको सामना गर्न  भेनेजुएलाले ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय ब्…

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधेयक अघि बढायो !

इजरायलको संसदले अधीनस्थ पश्चिम तटलाई आफ्नो क्षेत्राधिकारभित्र समावेश गर्ने विधे…

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै अर्थ गुमाउँछ

जब मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जित्छिन्, “शान्ति” शब्दले आफ्नै…

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय  शान्ति तथा स्थिरतामा प्रभाव

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल : क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरतामा …

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

ट्रम्पले दिए भेनेजुएलामाथि भीषण आक्रमणको धम्की

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?

गाजाको खण्डहरीकरण: कसले रोक्ने–कसले छेक्ने यो मत्स्य न्यायको खेल ?