झापाबाट ‘लोक समाध यात्रा’ सुरु हुँदै, २४ जिल्लामा पुगेर उत्पीडितका मुद्दा उठाउने
संयुक्त जनअधिकार मोर्चा, नेपालको आयोजनामा आउँदो २०८३ कार्तिक ८ गते झापाबाट २४ जिल्लालाई समेट्ने गरी ‘लोक समाध यात्रा’ (जनसन्देश यात्रा) प्रारम्भ हुने भएको छ।
मोर्चाअन्तर्गतका मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान–मजदुर आन्दोलन, भूमि अधिकार आन्दोलन र पिपुल्स फोर्स नेपालका केन्द्रीय कार्यालय सदस्यहरूको सहभागितामा यो यात्रा सञ्चालन हुन लागेको हो। उत्पीडित जनताका दबाइएका आवाज, ओझेलमा परेका मुद्दा र न्यायका लागि भइरहेका संघर्षलाई जनस्तरमै पुगेर बुझ्ने तथा बुझाउने उद्देश्यले यो संवाद यात्रा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
किसान, मजदुर, भूमिहीन, सुकुम्बासी, मिटरब्याज तथा वित्तीय शोषणबाट पीडित, महिला, दलित, पर्यावरण सङ्कट, युवा र सीमान्तकृत समुदायका वास्तविक समस्यालाई साझा सामाजिक-राजनीतिक मुद्दाका रूपमा स्थापित गर्नु यस यात्राको केन्द्रीय लक्ष्य रहेको छ। यात्राका क्रममा जनताका समस्या, तिनका सामाजिक-आर्थिक कारण र विद्यमान संरचनागत जटिलताको पहिचान गर्दै राज्यसत्ताले समाधान गर्न नसकेका वा नगरेका विषयको वास्तविकता उजागर गरिने आयोजक पक्षले जनाएको छ। विभिन्न सामाजिक न्यायका आन्दोलनहरूबीच आपसी संवाद, विश्वास र सहकार्य अभिवृद्धि गर्दै छरिएका मुद्दाहरूलाई संगठित प्रतिरोध संघर्षसँग जोड्ने प्रतिबद्धता मोर्चाले व्यक्त गरेको छ।
यात्राका क्रममा जनसंगठनहरूको संयुक्त बैठक बसी साझा कार्यदिशाबारे छलफल गरिनुका साथै मिटरब्याज, लघुवित्तीय शोषण र भूमि अधिकार जस्ता आन्दोलनसँग संवाद गरी सहकार्यका सम्भावनाहरू खोजिनेछ। त्यसैगरी लेखक, पत्रकार, बुद्धिजीवी, राजनीतिक नेतृत्व र नागरिक अधिकारका अभियानहरूसँग संवाद गर्दै जनताका मुद्दालाई सार्वजनिक बहसमा ल्याउने र सामूहिक संघर्षका आधार निर्माण गर्ने कार्यक्रम तय गरिएको छ। राज्यसत्तालाई जनताका मागप्रति जवाफदेही बनाउन र वर्गीय न्यायका सम्पूर्ण मुद्दाहरू समाधान गर्न मोर्चा प्रतिबद्ध रहेको जनाउँदै सम्पूर्ण किसान, मजदुर, युवा, अधिकारकर्मी तथा न्यायप्रेमी जनसमुदायलाई यस 'लोक समाध यात्रा'मा सहभागी हुन आयोजकले हार्दिक अपिल गरेको छ।
राज्यको अमानवीय व्यवहारविरुद्ध ‘द डाइलेक्टिकल सोसाइटी’ को कडा प्रतिवाद
चिनियाँ भाषा र संस्कृतिप्रति नेपाली युवाको बढ्दो आकर्षण
ट्रेड युनियनमाथिको प्रतिबन्ध: लोकतन्त्र र संविधान विरोधी कदम
पाँचौं ललितपुर मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते सम्पन्न
निष्क्रिय अवलोकनबाट साझा सिकाइतर्फ: कार्यशाला र संवादले चलचित्र प्रदर्शनीमार्फत …
राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रदान
राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कारको घोषणा
प्रतिक्रिया