एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

तस्विर: https://cpnuml.org/

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा बहस चुलिएका बेला पार्टीकै एक पंक्तिले बल्खुस्थित मदननगरमा रहेको आफ्नै स्वामित्वको जग्गामा कार्यालय बनाउन माग गरेको छ । ‘आत्मनिर्भरताका लागि ५००० बाट ५००० राष्ट्रिय अभियान’ का तर्फबाट एक विज्ञप्ति जारी गर्दै एमालेको ऐतिहासिक र भावनात्मक विरासत जोडिएको बल्खुमै कार्यालय निर्माण गर्न दबाब दिइएको हो ।

विज्ञप्तिमा काठमाडौँको बल्खुस्थित आफ्नै जग्गा हुँदाहुँदै अन्य निजी वा सार्वजनिक सम्पत्तिमा कार्यालय सञ्चालन गर्नु पार्टीको गरिमा र छवि अनुकूल नहुने उल्लेख गरिएको छ । २०७२ सालको भूकम्पअघि सोही स्थानबाट पार्टीको गतिविधि सञ्चालन हुँदै आएको स्मरण गराउँदै अभियानले उक्त स्थान प्राविधिक, भौगोलिक र ऐतिहासिक दृष्टिले समेत उपयुक्त रहेको ठहर गरेको छ ।

व्यापारीमा निर्भर नहुन आग्रह पछिल्लो समय पार्टी कार्यालयका लागि प्राप्त भएको भनिएको जग्गा र भवनका विषयमा सार्वजनिक रूपमा आलोचना भइरहेका बेला विज्ञप्तिमा भनिएको छ, “अब कुनै व्यापारी वा व्यक्तिमा निर्भर नभई आफ्नै पौरख र लगानीमा कार्यालय बनाउनु नै एमाले पंक्तिको स्वाभिमान हो । आत्मनिर्भरताले मात्रै पार्टीको संस्थागत गरिमा उच्च राख्न सक्छ ।”

५ हजारको अभियानलाई सदुपयोग गर्ने प्रस्ताव अभियानले पार्टी कार्यालय निर्माणका लागि २०७९ असारदेखि सञ्चालित ‘५००० बाट ५००० राष्ट्रिय अभियान’ मार्फत संकलन भएको रकमलाई नै सदुपयोग गर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ । पार्टी सदस्य, शुभचिन्तक र आम सर्वसाधारणलाई श्रमदान र आर्थिक सहयोगका लागि आह्वान गर्दै आफ्नै पसिनाबाट भवन ठड्याउनुपर्नेमा जोड दिइएको छ ।

आफ्नै जमिनमा कार्यालय निर्माण गर्दा नयाँ पुस्तासँग पार्टीको सम्बन्ध प्रगाढ हुने र जनतामाझ मजबुत आधार निर्माण हुने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ । एमालेको केन्द्रीय कार्यालय हाल च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सञ्चालन भइरहेको छ । उक्त जग्गाको भोगाधिकार समाप्त भइसकेको आधारमा त्यहाँबाट पनि हट्नुपर्ने अवस्था हाल सिर्जना भएको छ ।

 

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध