भारतीय माओवादीलाई ठुलो झट्का: महासचिव देवजीसहित १६ वरिष्ठ नेताद्वारा आत्मसमर्पण
तस्विर: telanganatoday.com
प्रतिबन्धित भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव ६० वर्षीय टिपिरी तिरुपति उर्फ 'देवजी' ले अन्य १६ जना वरिष्ठ नेताहरूसहित तेलङ्गाना प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। २५ लाख भारु पुरस्कार तोकिएका देवजीलाई तत्कालीन प्रमुख नम्बला केशव राव (बासवराजु) को मृत्युपछि आठ महिनाअघि मात्रै महासचिव नियुक्त गरिएको थियो।
आत्मसमर्पण गर्नेहरूमा ७६ वर्षीय पोलिटब्युरो सदस्य मल्ला राजी रेड्डी उर्फ 'संग्राम' समेत रहेका छन्। आइतबार बिहान कोमराम-भीम आसिफाबाद जिल्लामा उनीहरूले विशेष गुप्तचर ब्युरो (SIB) समक्ष आत्मसमर्पण गरेका हुन्। तेलङ्गाना-छत्तीसगढ सीमानामा सुरक्षा बलले व्यापक अपरेशन सुरु गरेपछि दबाबमा परेका नेताहरूले विगत दुई दिनदेखि आत्मसमर्पणको संकेत दिइरहेका थिए।
प्रहरीको 'स्पेशल इन्टेलिजेन्स ब्युरो' ले माओवादी नेताहरूका परिवार र साथीभाइहरूसँग समन्वय गरी उनीहरूलाई आत्मसमर्पण गर्न वा इन्काउन्टरका लागि तयार हुन दबाब दिँदै आएको थियो। तेलङ्गानाका प्रहरी महानिर्देशक बी. शिवधर रेड्डीले पनि केही समयअघि मात्रै उनीहरूलाई मूलधारमा आउन सार्वजनिक आह्वान गरेका थिए।
औपचारिक प्रक्रिया पूरा भएपछि मुख्यमन्त्री ए. रेभान्थ रेड्डी वा प्रहरी महानिर्देशकको उपस्थितिमा उनीहरूलाई सञ्चारमाध्यममा सार्वजनिक गरिने तयारी छ। यस घटनालाई भारतीय सुरक्षा अधिकारीहरूले माओवादी संगठनका लागि ठुलो रणनीतिक क्षतिको रूपमा व्याख्या गरेका छन्।
माओवादी आन्दोलनलाई निमिट्यान्न पार्न भारत सरकारले तोकेको अन्तिम समयसीमा मार्च– २०२६ नजिकिँदै जाँदा भएको यो घटनालाई भारतीय माओवादी आन्दोलनलाई ठूलो झट्काको रुपमा लिइएको छ ।
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
मन्त्रिपरिषदमा नयाँ मर्यादाक्रम लागू
बरिष्ठ नक्सलवादी नेता प्रशान्त बोसको निधन
भारत सरकारद्वारा माओवादी विद्रोहमाथि विजयको घोषणा
बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची: प्रविधिको व्यापक प्रयोगमा जोड
नेपालमा वामपन्थी आन्दोलनको भविष्यबारे अन्तरक्रिया: फासीवादको खतराप्रति वक्ताहरू…
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: शीतल निवासमा शपथ ग्रहण
प्रतिक्रिया