रामचन्द्र भट्टराईको निधन

प्रसिद्ध प्रगतिशील साहित्यकार, सँस्कृतिकर्मी एवं पत्रकार रामचन्द्र भट्टराईको निधन भएको छ ।

मुक्तिमोर्चा, मालेहुँदै एमाले बनेका भट्टराई शालिन र भद्र साँस्कृतिकर्मीका रुपमा समेत परिचित थिए । माओवादीले हिंसात्मक जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएपछि उनी एमाले परित्याग गरी माओवादी पार्टीमा लागेका थिए । माओवादी पार्टीबाट राष्ट्रिय सभाका सांसद समेत बनेका भट्टराई पछि २०७३ को अन्त्य तिर माओवादी पार्टी परित्याग गरी आफ्नो मूल पार्टी एमालेमै फर्केका थिए ।

भट्टराईका थुप्रै कृतिहरु प्रकाशित छन् । उनका प्रकाशित कृतिहरुमा बोई (२०३२) गीतिकाव्य, हलो (२०३७), हृदयका फूलहरू (२०४६), झिङ्गे माछो (२०४७), आगोका फूलहरू (२०६१), सेतो हात्ती (२०६३) कविता सङ्ग्रह , सुखानीको रगत (२०४९) गीत सङ्ग्रह, ज्वाला (२०६४) उपन्यास छन् । त्यसबाहेक उनका सैयौं फुटकर कविता प्रकाशित छन् ।

वि. सं. १९९८ असोज ५ गते पाल्पाका भुवनपोखरीमा जन्मेका  भट्टराईले वि.सं.२०३० को दशकदेखि नै  राजनीतिमा सक्रिय रहँदै आएका थिए । २०४६ सालको जनआन्दोलनको सेरोफेरोमा भट्टराई समेतको सक्रियता रहेको समालोचना दैनिकले आन्दोलनका समाचारहरुलाई जनतासामु पुर्‍याउने तथा आन्दोलनलाई उर्जा प्रदान गर्ने काम गरेको विशेष स्मरणीय छ ।

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग