'तँलाई खाने बाघले मलाई पनि खान्छ'

नेपाली लोकोक्ति 'तँलाई खाने बाघले मलाई पनि खान्छ' स्मरण गराउँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसार फेरि  दोश्रो विश्वयुद्ध पूर्वको डरलाग्दो सामरिक टकराव र 'विश्व अव्यवस्था' ( world disorder ) तिर जाँदै गरेको चेतावनी दिएका छन् ।

सिएनएनमा प्रकाशित “ट्रम्प भन्छन्, अमेरिका भेनेजुएलाको तेल भण्डार नियन्त्रणमा लिँदैछ। यसको अर्थ के हो? शीर्षकको लेख शेयर गर्दै डा. भट्टराईले फेसबुकमा लेखेका छन्:

‘भेजुएलामाथि अमेरिकाको नांगो आक्रमण तथा कब्जा र त्यहाँका राष्ट्रपतिको अपराधिक शैलीमा अपहरण भित्र लुकेको यो 'तेल अर्थशास्त्र' ( oil economy ) को रहस्य सबैले राम्ररी बुझौं! स्मरण रहोस्, भेनेजुएला विश्वमा सबभन्दा धेरै तेलभण्डार ( अमेरिका भन्दा ६ गुना धेरै ) भएको मुलुक हो।

संसार कसरी फेरि दोश्रो विश्वयुद्ध पूर्वको डरलाग्दो सामरिक टकराव र 'विश्व अव्यवस्था' ( world disorder ) तिर जादैछ भन्ने ख्याल राखौं।

अनि 'तँलाई खाने बाघले मलाई पनि खान्छ' भन्ने लोकोक्ति स्मरण गरौं!’

सिएनएनको उक्त लेखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेनेजुएलाका तेल भण्डारमाथि अमेरिका “नियन्त्रण लिँदैछ” भन्ने दाबीको वास्तविक अर्थ र सीमाहरू उल्लेख गरिएको छ। लेखका अनुसार भेनेजुएला विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको देश भए पनि वर्षौँको कुप्रबन्धन, अमेरिकी प्रतिबन्ध, प्रविधिको अभाव र राजनीतिक संकटका कारण यसको तेल उत्पादन ऐतिहासिक रूपमा निकै खस्किएको छ।

लेखका अनुसार ट्रम्पको भनाइ तत्काल भौतिक नियन्त्रण भन्दा पनि राजनीतिक दबाब, सम्भावित सत्ता परिवर्तन, र भविष्यमा अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको ऊर्जा क्षेत्रमा प्रवेश गराउने रणनीतिक संकेत हो। तर व्यवहारमा भेनेजुएलाको तेल उद्योग पुनर्जीवित गर्न धेरै वर्ष, अर्बौँ डलर लगानी, प्रतिबन्धको अन्त्य, र स्थिर सरकार आवश्यक पर्छ।

त्यसैले, ट्रम्पको घोषणाले तत्काल विश्व तेल बजारमा ठूलो असर पार्ने अवस्था छैन, न त अमेरिका एकाएक भेनेजुएलाको तेल “हात पार्ने” स्थितिमा छ। लेखले यसलाई बढी राजनीतिक सन्देश र दीर्घकालीन भू–राजनीतिक आकांक्षाका रूपमा व्याख्या गरेको छ।

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग