भारतीय माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता हिडमा मारिए !

भारतीय कम्युनिस्ट पार्टी माओवादीका सबैभन्दा धेरै खोजी गरिएको नेता ५१ वर्षीय माडवी हिडमा  आज बिहान आन्ध्रप्रदेशमा भएको  मुडभेडमा मारिएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार हिडमा उर्फ सन्तोष, उनकी पत्नी र अन्य चार जना छत्तीसगढबाट भाग्दै गर्दा आन्ध्रप्रदेशको अल्लुरी सीताराम राजु जिल्लाको मारेडुमिल्लि जंगलमा बिहान ६ देखि ७ बजेको बीचमा सुरक्षा बलले घेरेपछि मुडभेड भएको थियो ।

केही हप्तादेखि आन्ध्रप्रदेशको गुप्तचर बिभाग (SIB) का अनुसार विशेषगरी एपी–छत्तीसगढ–उडीसा सीमावर्ती क्षेत्रमा माओवादीहरूको गतिविधि देखाएको थियो। त्यही आधारमा हामीले सञ्चालन गरेकाे अभियानबाट यो सफलता प्राप्त गरेका छौँ,” एक उच्च अधिकारीले भने।

हिडमा केन्द्रीय समितिका सदस्य तथा दण्डकारण्य विशेष अञ्चल समितिका नेता थिए, जसले कम्तीमा २६ घातक सशस्त्र आक्रमणहरूको जिम्मेवारी वहन गरेका थिए। करिब ५१ वर्षीय हिड्मामाथि जम्मा गरेर १ करोड रुपैयाँभन्दा बढी इनाम तोकिएको थियो। केन्द्र सरकारले मात्र उनको टाउकोमा ४५ लाख रुपैयाँ इनाम घोषणा गरेको थियो। त्यसैगरी, छत्तीसगढ सरकारले २५ लाख रुपैयाँ इनाम राखेको थियो, र अन्य राज्यहरूले पनि उनलेमाथि इनाम घोषित गरेका थिए।

माडवी हिड्मा धेरै हाई–प्रोफाइल आक्रमणहरूसँग जोडिएका थिए, जसमा २०१० को ताडमेटला हहमला  २०२१ को सुकमा घात, जसमा २२ जना सुरक्षाकर्मी मारिएका थिए, प्रमुख रूपमा समावेश छन्।

हालै मलोजुला वेणुगोपाल राव उर्फ सोनु आत्मसमर्पण गरेपछि एक शीर्ष सुरक्षा अधिकारीले अब ध्यान हिड्मातर्फ केन्द्रित हुने बताएका थिए। “उनी पार्टीका सबैभन्दा घातक कमान्डर हुन्। अब उनको खोजी तीव्र हुन्छ,” अधिकारीले भनेका थिए ।

सोमबार बिहान भएको हानाहानमा त्यसबेला सुरु भएको थियो, जब एन्टी–नक्सल ग्रेहाउन्ड्स र स्थानीय प्रहरीले आन्ध्रप्रदेश–छत्तीसगढ–उडीसा सीमावर्ती क्षेत्रमा ठूलो समूहमा माओवादीहरूको गतिविधि देखिएको सूचना पाएपछि आइतबार रातिदेखि नै कोम्बिंग अपरेशन थालेका थिए। सूचनाअनुसार उक्त समूह सीमा क्षेत्रका जंगलहरू हुँदै यात्रा गरिरहेको थियो।

मंगलवार बिहानको एन्टी–माओवादी अपरेशन आन्ध्रप्रदेशमा लामो समयदेखि माओवादी गतिविधि न्यून भइरहेको अवस्थापछि भएको हो। राज्यले यसअघि अप्रिल र जुन महिनामा मुडभेडहरू देखेको थियो। जुन १८ को मुडभेडमा राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) को ‘मोस्ट वान्टेड’ सूचीमा रहेका केन्द्रीय समितिका सदस्य गजरला रवी र वरिष्ठ माओवादी नेता चलपति उर्फ अप्पा रावकी पत्नी अरुणासहित तीन माओवादी मारिएका थिए।

केन्द्रीय गृहमन्त्री अमित शाहले आगामी मार्चसम्म विद्रोह अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेसँगै सुरक्षा बलहरूले छत्तीसगढमा माओवादीहरूलाई लेखेटिरहेका  छन्, जहाँ उनीहरू हाल बस्तर र दण्डकारण्यका केही सीमित क्षेत्रमा लुकेर बसेका छन्। पूर्व महासचिव बसवराजसहित शीर्ष नेतृत्वका धेरै सदस्य—जस्तै केन्द्रीय समितिका सदस्य कत्ता रामचन्द्र रेड्डी, कदारी सत्यनारायण रेड्डी, गजरला रवी, चलपति, सहदेव सोरेन, बालकृष्ण, र नरसिम्हा—यस वर्ष मारिएका छन्।

छिमेकी तेलङ्गानामा पनि पछिल्ला केही महिनामा दर्जनौँ माओवादी नेता र सयौँ कार्यकर्ता आत्मसमर्पण गरिसकेका छन् ।

Image: https://images.indianexpress.com

 

 

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग