राजधानीमा एमसीसीबारेको बहस
काठमाडौंमा फाउन्डेशन फर पीस डेभलप्मेन्ट एन्ड सोसलिजमको आयोजनामा काठमाडौँमा भएको डायलग सिरिजमा एमसीसीबारेको बहस भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उपस्थित थिए। त्यस्तै विशेष वक्ताका रूपमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सम्बोधन गरेका थिए।
कार्यक्रमको सुरुवात झलनाथ खनालले पानसमा बत्ती बालेर गरेका थिए। मोहन विक्रम सिंहले आफू करिब छ दशकपछि पहिलो पटक कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएको कुरा उल्लेख गरे। उनले एमसीसीले नेपालको सुरक्षा नीतिलाई अमेरिकाको अधीनमा राख्ने कार्य भएको बताए। साथै यसले नेपाललाई चीन र अमेरिकाबीचको युद्धभूमिमा परिणत गर्ने चेतावनी दिए।
उनका अनुसार, एमसीसीको विरोध गर्नु नेपालको सार्वभौमिकता मात्र नभई विश्व शान्तिका लागि पनि आवश्यक छ। प्रमुख अतिथि झलनाथ खनालले एमसीसी पारित गर्ने बेलाको परिस्थितिको स्मरण गर्दै, त्यसबेला सत्तापक्ष र प्रतिपक्षले आफ्ना कार्यकर्तालाई सडकमा उतारेर भित्रि रूपमा सहमति गरी पारित गराएको आरोप लगाए। उनका अनुसार, सत्तापक्ष र प्रतिपक्ष दुवैले जनताको आवाजलाई बेवास्ता गरेका थिए। उनले “एमसीसीलाई नेपालमै मात्रै किन पुनर्जीवित गरियो?” भन्ने प्रश्न उठाउँदै यसको तार्किक र विश्लेषणात्मक निकर्ष खोजिनु पर्ने बताए।
यस कार्यक्रमअन्तर्गत आज भएका चारवटा सत्रहरूमा डा. भीम रावल, एमाले नेता सुरेन्द्र पाण्डे, माओवादीका नेता देव गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका नेता विप्लव, प्राध्यापक युवराज संग्रौला, डा. खगेन्द्र प्रसाई, सिचुवान विश्वविद्यालयका प्राध्यापक ह्वाङ जेङ्दु, पूर्वराजदूत लिलामणि पौडेल, जर्मनीका डा. क्रिस्टियन वाग्नर, पूर्वराजदूत मिलन तुलाधर र श्रीलंकाका अनुसन्धानकर्ता सिरन इलानपेरुनाले आफ्ना कार्यपत्र र मन्तव्य प्रस्तुत गरेका थिए।
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध
बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …
सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त
सुकुम्बासी विस्थापनमा संवैधानिक हक र मानव अधिकारको उल्लंघन
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
प्रतिक्रिया