इजरायलद्वारा अलजजिराका पत्रकारको हत्या
अल जजिराका पाँच जना पत्रकार गाजासिटीको अल-शिफा अस्पताल नजिकै इजरायली आक्रमणमा मारिएको उक्त सञ्चार माध्यमले जनाएको छ।
सम्वाददाता अनस अल-शरीफ र मोहम्मद क़ुरैकेह, साथै क्यामराम्यान इब्राहिम जाहेर, मोहम्मद नौफल र मोआमेन अलीवा अस्पतालको मुख्य गेटमा पत्रकारका लागि राखिएको टेन्टभित्र रहेका बेला उक्त आक्रमण भएको अल जजिराले जनाएको छ।
यसलाई "लक्षित हत्या" र “पत्रकारिताको स्वतन्त्रतामाथिको अर्को स्पष्ट र पूर्वनियोजित आक्रमण” भनेर उक्त संस्थाले विज्ञप्तिमा जनाएको छ।
आक्रमणको केही समयपछि इजरायली रक्षा सेनाले अनस अल-शरीफमाथि हमला भएको पुष्टि गर्दै टेलिग्राममा उनी “हमासको एक आतङ्कवादी समूहका प्रमुख” रहेको दाबी गर्यो।
मारिनु अघि केही समय पहिले, उत्तरी गाजाबाट व्यापक रूपमा रिपोर्टिङ गर्दै आएका २८ वर्षीय चर्चित अल जजिराका सम्वाददाता अल-शरीफले सामाजिक सञ्जाल ‘एक्स’ मा इस्रायलले गाजासिटीको पूर्वी र दक्षिणी भागमा “फायर बेल्ट” भनेर चिनिने तीव्र र केन्द्रित बमबारी गरेको लेखेका थिए।
अल जजिरा मिडिया नेटवर्कले विज्ञप्तिमा यी हत्या घटनालाई “पत्रकारिताको स्वतन्त्रतामाथिको अर्को स्पष्ट र पूर्वनियोजित आक्रमण” भन्दै कडा शब्दमा निन्दा गरेको छ।
“गाजामा भइरहेको इजरायली आक्रमणका विनाशकारी परिणामबीच यो हमला भएको हो, जसले निरन्तर सर्वसाधारणको हत्या, जबर्जस्ती भोकमरी र सम्पूर्ण समुदायको विनाश ल्याएको छ,” विज्ञप्तिमा भनिएको छ।
“गाजाका साहसी पत्रकारमध्ये एक अनस अल-शरीफ र उनका सहकर्मीहरूको हत्या गर्ने आदेश, गाजाको आसन्न कब्जा र अधिग्रहण उजागर गर्ने आवाजहरूलाई दबाउने हताश प्रयास हो।”
अल जजिराले अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित सबै निकायलाई “यो जारी नरसंहार रोक्न र पत्रकारमाथिको योजनाबद्ध आक्रमण अन्त्य गर्न निर्णायक कदम चाल्न” आह्वान गरेको छ ।
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध
बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …
सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त
सुकुम्बासी विस्थापनमा संवैधानिक हक र मानव अधिकारको उल्लंघन
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
प्रतिक्रिया