इरानको समर्थनमा बोले किराती
देशभक्त श्रमिक मोर्चाका अध्यक्ष किरातीले इरानको समर्थन गर्दै एक वक्तव्य जारी गरेका छन् ।
विश्व हल्लाउने ईज्राईल-ईरानवीच जारी भीषण युद्ववारे आफ्ना धारणाहरु स्पष्ट पार्दै किरातीले ईरान पक्षमा समर्थन जाहेर गर्नुका कारणहरु खुलाएका छन् ।

उनले दिएका तर्कहरु निम्नानुसार छन्–
१. ईरान एक सार्वभौमसत्ता सम्पन्न मुलुक हो। तर, १३ जुन २०२५ को विहानी पख ईज्राइलले २०० वटा सैनिक विमान प्रयोग गरि ईरानी सेना तथा ईरानी क्रान्तिकारी गार्डका दुई प्रधानसेनापतिसहित सर्वोच्च नेता अली खोमेनीका राजनीतिक सल्लाहकारको हत्या गर्यो। रिक्त स्थानमा नियुक्त अर्का ईरानी प्रधानसेनापतिको चार दिनपछि ईज्राइलले फेरि हत्या गर्यो। त्यस्तै, १३ जुनकै दिन ईरानी परमाणु वैज्ञानिकहरु ६ जनाको भयानक हत्या गर्यो।
उपरोक्त बाह्य हस्तक्षेपको प्रतिरोधमा आफ्नो सार्वभौमिकता रक्षार्थ ईरानको जवाफी कार्वाही सर्वथा जायज र न्यायोचित ठहर्छ र हामीहरु त्यसको समर्थन गर्दछौं।
२. भूमण्डलीकृत वित्तीय पुँजीवादी तथा सैनिक साम्राज्यवादी संयुक्त राज्य अमेरिका प्रभूत्वको एकलध्रूवीय विश्व विरुद्व प्रारम्भमा ब्राजिल, रुस, भारत, चीन तथा दक्षिण अफ्रीका सम्मिलित ब्रीक्स संगठन हुँदै नेटोप्रेमी युक्रेन विरुद्व प्रत्यक्ष-परोक्ष रुसी परिवृत्त निर्माणद्वारा ईज्राइली-अमेरिकी आक्रमणका विरुद्व बहुध्रूवीय विश्वव्यवस्था पक्षधर मुलुकहरु प्रत्यक्ष खडा भइरहेका छन्। त्यसरी हतियारबद्व रुपमा ईरान पक्षमा खडा हुने मुलुकहरु चीन, रुस, उत्तरकोरिया तथा बुर्किनाफासो देखिन्छन्।
उपरोक्त पृष्ठभूमिमा ईरानको राष्ट्रिय प्रतिरक्षा खातिर ईरानी जनताद्वारा जारी अभूतपूर्व युद्वमोर्चाले अमेरिकी सैनिक प्रभुत्वको एकलध्रूवीय विश्वलाई पराजित गर्दै बहुध्रुवीय नयाँ विश्वव्यवस्थालाई आधिकारिक मानचित्रमा उतार्ने जमर्को गरिरहेको प्रष्ट छ। अत: देशभक्त समाजवादी विचारका नेपालीले ईरानको समर्थन गर्दछौं।
स्मरण रहोस, आईएईएले ईरानले परमाणु हतियार उत्पादन गरेको तथ्य उपलब्ध छैन, भन्दा भन्दै ईज्राइल-अमेरिकाले ईरानको सार्वभौमिकतामाथि सैनिक हमला गर्नु र विगत ईराकमा सद्दाम हुसैनले रासायनिक हतियार उत्पादन गर्दैछ भनी ईराकको सर्वनाश तथा सद्दाम हुसैनको हत्या प्रपञ्च समान हुन सक्दछन्। अन्तर्राष्ट्रिय विज्ञहरु बोलिरहेकै छन कि ईरानमा परमाणु हतियार त बहाना मात्र हो, खास कुरा सर्वोच्च नेता खोमेनीको हत्या गरी शाह रेजा पहलवीका छोरा, जो अमेरिकामा पालित पोषित छन, लाई ईरानमा कठपुतली शासक तुल्याउने साम्राज्यवादी षडयन्त्रमा अमेरिका- इजरायल लागिपरेका छन्।
बहुध्रूवीय विश्वव्यवस्था जिन्दावाद भन्दै किरातीले आफ्नो सार्वभौमिकता रक्षार्थ ईरानको राष्ट्रिय प्रतिरोध युद्वमा ऐक्यवद्वता र समर्थन जाहेर गर्न अपील समेत गरेका छन् ।
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध
बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …
सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त
सुकुम्बासी विस्थापनमा संवैधानिक हक र मानव अधिकारको उल्लंघन
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
प्रतिक्रिया