फेरि मारिए माओवादीका अर्को वरिष्ठ नेता

भारतीय सुरक्षा फौजले भारतीय कम्युनिष्ट पार्टी माओवादीका वरिष्ठ नेता तथा केन्द्रीय केन्द्रीय समिति सदस्य (सीसीएम) सुधाकरको हत्या गरेका छन् ।

भारतीय सुरक्षाफौजले जानकारी दिएअनुसार हिजो बिहीबार विजापुर जिल्लाको जंगलमा भएको भिडन्तमा मृत्यु भएको हो।

दुई हप्ताअघि मात्रै भारतीय सुरक्षाफौजले भारतको कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बाला केशवराव उर्फ बसवराज को हत्या गरेको थियो ।

सुधाकर पनि भारत सरकारले सर्वाधिक खोजी गरेका माओवादी शीर्षनेताहरुमध्येका एक थिए । भारत सरकारले उनको टाउकोको मोल १ करोड तोकेको थियो ।

भारतीय सुरक्षा फौजले सुधाकरको शवसँगै एके-४७ राइफल, हतियार, गोलीबारुद र विस्फोटक पदार्थहरू बरामद गरेको दावी गरेका छन् ।

आन्ध्र प्रदेशको एल्लुरु जिल्ला (पूर्वी पश्चिम गोदावरी) अन्तर्गत चिन्तलपुडी मण्डलको प्रगदावरम गाउँमा जन्मेका तेन्तु लक्ष्मी नरसिम्हा चलम उर्फ गौतम उर्फ सुधाकरले एल्लुरुको सीआर रेड्डी कलेजमा अध्ययन गरेका थिए । उनले पछि  विजयवाडामा आयुर्वेदिक चिकित्साको कोर्षमा नाम लेखाएका थिए । तर उनले उक्त अध्ययनलाई बीचैमा छाडेर माओवादी आन्दोलनमा समावेश भएका थिए।

२००१ देखि २००३ सम्म आन्ध्र-ओडिशा सीमा विशेष क्षेत्रीय समिति (एओबीएसजेडसी)को सचिवको रूपमा कार्य गरेका सुधाकर  २०२१ मा सीपीआई (माओवादी)को केन्द्रीय समितिमा छानिएका थिए । उनी पार्टीको मुख्य वैचारिक प्रशिक्षण इकाई 'रेपोस' (क्रान्तिकारी राजनीतिक स्कूल)का प्रमुख थिए।
२१ वर्षअघि आन्ध्र प्रदेश सरकारसँग भएको असफल शान्ति वार्तामा पनि उनले भाग लिएका थिए ।

प्रहरी स्रोतका अनुसार पछिल्ला १७ वर्षदेखि सुधाकर बास्तरको अबूझमाड क्षेत्रबाट प्रमुख रूपमा क्रियाशील थिए, जहाँबाट उनले पार्टीका वैचारिक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुका साथै उच्चस्तरीय रणनीतिक सञ्चार व्यवस्थापन गरिरहेका थिए। सुधाकर केवल एक वरिष्ठ कमान्डर मात्र होइन, नयाँ भर्तीहरूको वैचारिक गुरु पनि थिए ।

भारतीय प्रहरीले सुधाकर उनी आन्ध्र प्रदेश र छत्तीसगढमा भएका थुप्रै हिंसात्मक घटनामा संलग्न रहेको आरोप लगाउँदै आएका थिए । उनीमाथि सिलेरु, मक्कुवा, एल्विनपेटा र अन्नवरम प्रहरी क्षेत्राधिकार अन्तर्गत हत्या, डकैती, विस्फोटक प्रयोग र अवैध भेला जस्ता आपराधिक मुद्दाहरूमा मुद्दा दर्ता छन् ।

सुधाकरको मृत्युसँगै मध्य भारतमा माओवादी आन्दोलनले फेरि एक ठूलो वैचारिक र संगठनात्मक धक्का बेहोर्नु परेको छ । भारतीय सुरक्षा फौजले उनको हत्यालाई ठूलो उपलब्धिको रुपमा बताएको छ ।

सुधाकरकी पत्नी काकराला गुरु स्मृति उर्फ बुद्री उर्फ समता पनि एक वरिष्ठ माओवादी कार्यकर्ता हुन् र हाल मोबाइल राजनीतिक स्कूल (मोपोस)मा कार्यरत रहेको विश्वास गरिन्छ ।

(एजेन्सीहरुको सहयोगमा)

तस्विर: https://www.hindustantimes.com

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग