पेरूका गाउँबाट भ्याटिकनसम्म: पोप लियो चौधौँको प्रेरणादायी यात्रा

अप्रिल २१ मा पोप फ्रान्सिसको निधनपछि रिक्त रहेको यो पदमा अमेरिकाका रोबर्ट प्रेभोस्ट २६७ औँ पोपका रूपमा चयन भएका हुन्। अब उनलाई पोप लियो चौधौँ नामले सम्बोधन गरिनेछ।

रोबर्ट प्रेभोस्टको जन्म सन् १९५५ मा अमेरिकाको शिकागो सहरमा भएको थियो। बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारको क्रममा धेरै वर्ष पेरूमा बिताएका थिए, जसका कारण उनी ल्याटिन अमेरिकी कार्डिनलका रूपमा चिनिन्छन्।

युवावस्थामै रोबर्ट प्रेभोस्टले त्यो सबै प्राप्त गरेका थिए, जुन धेरै युवाहरूको सपना हुन्छ—हार्वर्ड विश्वविद्यालयको कानुन स्कुलमा भर्ना, उज्ज्वल भविष्य, सम्भावित लाखौँ डलर कमाउने अवसर। तर उनले यी सबै अवसर त्यागेर गरीबहरूको सेवा र मुक्तिको बाटो रोजे। उनले गणितमा स्नातक र इसाई धर्मशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि हासिल गरेका  हुन्।

धर्मप्रचारकहरूको एक समूहमा सामेल भई उनी पेरूका दुर्गम गाउँहरूमा पुगे, जहाँ न सडक थिए, न सफा पानी, न टेलिफोन। केवल अभाव, गरिबी र अशिक्षा थियो। त्यही ठाउँलाई उनले आफ्नो कार्यक्षेत्र बनाए। उनले त्यहाँको स्थानीय भाषा केचुवा सिके, जुन इन्का सभ्यताको पवित्र भाषा मानिन्छ।

थुप्रै दिनसम्म खाद्यान्न बोकेर उनी पैदल गाउँ-गाउँ हिँड्थे, बालबालिकालाई टुटेफुटेको विद्यालयमा गणित पढाउँथे। उनी स्थानीय मानिसझैं भुइँमै सुत्थे। बिरामीहरूलाई गधामा चढाएर टाढाका उपचार केन्द्रमा लैजान्थे। पढाइ र उपचारमा व्यस्त नभएका बेला उनी गाउँलेका ती कथा सुन्थे—ती कथा जसलाई संसारले सुन्ने चासो राख्दैन।

उनको यो निस्वार्थ सेवा विस्तारै पेरूका पहाड पार गरी विश्वमा फैलिन थाल्यो। उनका कामले धर्मगुरुहरूलाई चकित पार्‍यो र अन्ततः भ्याटिकनको ध्यान खिच्न सफल भयो। उनलाई Augustinian Order नामक विशेष धर्मगुरु समूहको नेतृत्वका लागि बोलाइयो, जहाँ उनले विश्वभरिका २,८०० भिक्षुहरूलाई समन्वय गर्न थाले।

सन् २०२० मा उनी विश्वव्यापी बिशपहरूको प्रशासनिक नेतृत्वमा नियुक्त भए। तर यो उच्च पदले उनको सरल जीवनशैलीमा कुनै परिवर्तन ल्याएन। उनी पुरानै चप्पल लगाउँथे, सादा जीवन बाँच्थे, र सधैं गरिब जनतासँगै हिँड्न रुचाउँथे।

भ्याटिकनले उनीभित्र केवल एउटा बिशप होइन, एक सम्भावनाशील नेता देख्यो। उनी कानुन, लाटिन र प्रशासनमा निपुण मात्र थिएनन्—करुणा, विनम्रता, ध्यानपूर्वक सुन्ने कला र मानवतामा पनि दक्ष थिए। त्यसैले पोप फ्रान्सिसले सन् २०२३ सेप्टेम्बर ३० मा उनलाई कार्डिनलमा नियुक्त गरे।

अनि सन् २०२५ मे ८ मा इतिहासमै पहिलो पटक—एक अमेरिकी, एक पूर्व गणित शिक्षक, र पेरूको एन्डिज पर्वतको दुर्गम गाउँमा सेवा गर्ने व्यक्ति—पोप लियो चौधौँ बनेका छन्।

Image: https://images.theconversation.com

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग