रहेनन् भैरव दाइ !

नेपाली पत्रकारिता क्षेत्रका एक अग्रज व्यक्तित्व तथा सामाजिक अभियन्ता भैरव रिसालको आइतबार राति निधन भएको छ। ९७ वर्षको उमेरमा उनको निधन भएको हो ।

पछिल्ला दिनहरुमा मुटु तथा श्वासप्रश्वास (फोक्सो) सम्बन्धी समस्याका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको उपचार भइरहेको थियो ।

भैरव रिसालको जन्म वि.सं. १९८५ साउन २९ गते भक्तपुरको तिथली गाउँमा भएको थियो।

जीवनको उत्तरार्धमा समेत सक्रिय जीवन बिताइरहेका रिसाललाई सबैले सम्मानपूर्वक ‘भैरव दाइ’ भनी सम्बोधन गर्थे । राष्ट्रियता रक्षाको पक्षमा उनी चट्टानी अडान राख्थे । नेपालको कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणका विरुद्ध उनी चट्टानी अडान राख्थे र पछिल्लो पटक नेपालले अङ्गीकार गरेको ‘चुच्चे नक्सा’को लागि उनले सीमा रक्षाका लागि जनजागरण तथा सरकारलाई दवाब दिन चलेको नागरिक अभियानको नेतृत्व समेत गरेका थिए । मानवअधिकार, वातावरण संरक्षण र साहित्यिक योगदानको क्षेत्रमा उल्लेखनीय कार्यका लागि उनले विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन्, जसमा जगदम्बाश्री पुरस्कारमानवअधिकार सम्मान पनि समावेश छन्। रेडियो सगरमाथामा लामो समय लोकप्रिय रेडियो शृंखला ‘उहिले बाजेका पालामा’ सञ्चालन गरेर उनले नेपाली समाजको इतिहास र अनुभवलाई जनमानसमा पुर्‍याउने तथा तिनलाई जीवन्त राख्ने काम गरेका थिए ।

वामपन्थी विचारधारा बोकेका रिसालले वि.सं. २०४८ को आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर क्षेत्रबाट उम्मेदवारी दिएका थिए। उनी राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको रूपमा कार्यरत रहेर लामो समय पत्रकारिता क्षेत्रमा योगदान दिएका थिए। त्यसअघि उनले तथ्याङ्क विभागमा पनि काम गरेका थिए।

साहित्यिक क्षेत्रमा समेत सक्रिय रहेका रिसालका ‘साधुलाई सूली’ (जेल डायरी), ‘लोग्ने–स्वास्नी’, ‘केही मित्रका चिठी’, र ‘भैरव दाइ’ जस्ता कृतिहरू प्रकाशित छन् ।

रिसालले जीवनकालमै मृत्युपश्चात् आफ्नै शरीर शैक्षिक अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गर्ने घोषणा गरेका थिए, जुन कदमले सामाजिक उत्तरदायित्वप्रति उनको गहिरो निष्ठा प्रकट गर्छ।

उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। पत्रकारिता, साहित्य र सामाजिक सेवामा लामो समय समर्पित भैरव रिसालको योगदान नेपाली समाजमा सधैं स्मरणीय रहनेछ।

 

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग