काठमाडौं स्कुल अफ लको चेतावनी
काठमाडौं स्कुल अफ लले एक विज्ञप्ति जारी गर्दै युएसआइडी बन्द भएपछि कलेज पनि बन्द भएको आभाष हुने गरी कलेज र कलेजका पदाधिकारीहरुको मानप्रतिष्ठामा हानी पुर्याउने प्रयास भएको जनाएको छ ।
कलेजका सूचना, सञ्चार तथा विद्यार्थी कल्याण विभागका प्रमुख सहायक प्राध्यापक रुविन श्रेष्ठले जारी गरेको सो विज्ञप्तिमा ‘कलेज स्थापनाको शरुवाती दिनहरुमा विद्यार्थीहरुको लागि पुस्तकालयको उचित प्रबन्ध गर्ने क्रममा अमेरिकी कानुनी र अमेरिकी आदलतका फैसलाहरु पुस्तकालयको लागि प्रदान गर्न केही अमेरिकी शिक्षप्रेमीहरु इच्छुक रहेको जानकारी प्राप्त भएपछि ती पुस्तकहरु ढुवानी गरी कलेजसम्म ल्याइ पुर्याउने प्रबन्ध युएसआइडीको सहयोगमार्फत् द एशिया फाउण्डेशनले गरेको’ जानकारी गराइएको छ । ‘यसअन्तर्गत ती पुस्तकहरुलाई कम्प्युटराइज्ड गरी व्यवस्थापन गर्न र अनलाइन अध्ययन सुविधा प्रबर्धन गर्न कही कम्प्युटरहरु समेत उपलब्ध गराइ सहयोग पुर्याएको’ जनाउँदै विज्ञप्तिमा ‘उक्त सहकार्यका लागि कृतज्ञता जाहेर गर्न कलेजको वेभसाइट र प्रकाशनहरुमा युएसआइडीको लोगो राखिएको’ समेत जानकारी गराइएको छ ।
विज्ञप्तिमा ‘सामाजिक सञ्जाल दुरुपयोग गरी अनर्गल प्रचारप्रसार गर्ने, संस्था र सोसँग सम्बन्धित पदाधिकारीहरुको मानप्रतिष्ठामा आँच पुर्याउने, शैक्षिक वातावरण धुमिल्याउने गरी घृणा र द्वेष फैलाउने, व्यक्तिगत लाञ्छनायुक्त गालीगलौज गर्ने कुनै पनि गतिविधि अविलम्ब बन्द गर्न’ अनुरोध गर्दै ‘अन्यथा प्रचलित कानून बमोजिक कारवाहीको लागि अग्रसर हुन समेत बाध्य हुने’ चेतावनी पनि दिइएको छ ।

हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
प्रतिक्रिया