हाय मेरो देश !
 एआइ निर्मित चित्र ।
              
              
              एआइ निर्मित चित्र ।
              
              
              
              
              
              
              
              त्यो राष्ट्र दयनीय हो जसका जनता भेंडा जस्ता सुधा छन्
अनि गोठालोले तिनलाई कुबाटोमा धपाउँछ
त्यो राष्ट्र दयनीय हो जसका नेता सिल्ली छन्
ज्ञानीहरुको मुख थुनिएको छ
अनि गफाडीहरु हावादारी गफ चुटछन्
त्यो राष्ट्र दयनीय हो जो अन्तरआत्माको आवाज प्रकट गर्दैन
जो फगत विजेताको आरती उतार्छ
अनि खलनायकलाई अधिनायक बनाउँछ
साम, दाम, दण्ड, भेद जे गरेर भए पनि
दुनियाँलाई औंलामा नचाउने सपना पाल्छ
त्यो राष्ट्र दयनीय हो जसलाई आफ्नो भाषा बाहेक अरुको थाहा छैन
आफ्नो संस्कृति बाहेक अरुको थाहा छैन
त्यो राष्ट्र दयनीय हो जो पैसा भने पछि जीब्रो चाट्छ
अनि ह्याकुलो गतिलो भ'को भेंडोलाई सुम्सुम्याउँछ
त्यो राष्ट्र दयनीय हो, ती जनता दयनीय हुन्
जो आफ्ना अधिकार लुटिंदा
अनि आफ्नो स्वतन्त्रता गुमाइँदा पनि हाइसन्चोमा छन्
हाय मेरो देश ! हाय मेरी जननी !
तिम्रा ती बलिन्द्र आँसुका धारा !
मेरी स्वतन्त्रताकी अमरावती !

(आज इजरायली आक्रमणको नरसंहारमा प्यालेस्टिन हुँदै खलिल जिब्रानको मातृभुमि लेवानन पनि लपेटिएको छ । आफ्नो मृत्युको पूर्व सन्ध्यामा जिब्रानद्वारा रचिएको कविता हो यो । यसमा उनले स्वतन्त्रता र मुक्तिको निम्ति अन्याय र अतिक्रमणको विरुद्ध संघर्षमा उत्रिन गरेको रोषपूर्ण आह्वान आज पनि त्यहाँ र त्यस्तै अन्यत्र पनि सांदर्भिक छ । अनुवादक)
 
                             
                  
                 
                   
                   
                   
                   
                   
             
             
             
             
             
             
             
            
प्रतिक्रिया