जिमी कार्टरको निधन

अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको सोमबार जर्जियास्थित आफ्नै घरमा १०० वर्षको उमेरमा निधन भएको छ।

सन् २०२३ को सुरुदेखि नै उनी हस्पिस केयरमा थिए। उनको निधनको समयमा उनका परिवारका सदस्यहरू उपस्थित थिए।

कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए। उनको कार्यकालमा इजरायल र इजिप्ट बीच क्याम्प डेविड सम्झौता भएको थियो। उनी आफ्नो युद्धविरोधी धारणा, ईमानदारी र मानवीय प्रयासहरूको लागि प्रशंसित थिए। सन् २००२ मा उनलाई विश्वभर लोकतन्त्र र मानव अधिकारको प्रवर्द्धनका लागि गरेको कामको सम्मानस्वरूप नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

जिमी कार्टर अमेरिकाका पहिलो राष्ट्रपति हुन्, जो १०० वर्षसम्म जीवित रहे। त्यस्तै, उनी अमेरिका पहिलो राष्ट्रपति थिए, जसको जन्म अस्पतालमा भएको थियो। १ अक्टोबर १९२४ मा जन्मिएका कार्टरकी आमा नर्स थिइन् र उनका बुबा जनरल स्टोरका मालिक थिए।

अमेरिकाको महामन्दीको समयमा बाल्यकाल बिताएका कार्टरले आफ्नो राष्ट्रपति कार्यकालमा उदार प्रगतिशील नीतिहरूलाई प्रोत्साहन दिए। तर, यस अवधिमा, १९८० मा इरानको राजधानी तेहरानस्थित अमेरिकी राजदूतावासमा रहेका कूटनीतिज्ञहरूलाई इरानी विद्यार्थीहरूले बन्धक बनाए। यो बन्धक काण्ड समाधान गर्न नसकेको कारण, १९८० मा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका कार्टर रोनाल्ड रेगनसँग पराजित भएका थिए।

एजेन्सीहरुको सहयोगमा । Image: https://s.yimg.com

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ सार्वजनिक

फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग