इजरायलले गरेको जनसंहारविरुद्ध कार्यक्रमको घोषणा
इजरायलले गाजा क्षेत्र तथा लेवनानमा गरिरहेको जनसंहारको विरोधमा नेपालमा राजनीतिक दल, नागरिक समूह, मानवाधिकारवादी संस्थाहरु, महिला संघसंगठन, मजदूर संगठन, बुद्धिजीवीहरुले आन्दोलनका कार्यक्रमहरु गर्ने भएका छन् ।
सोही प्रयोजनका लागि प्रगतिशील रुपान्तरणको संयोजनमा २०८१ कार्तिक २१ अनामनगरको संवाद डबलीमा सम्पन्न विभिन्न पार्टीका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी संगठनका प्रतिनिधि, किसान संगठनका प्रतिनिधि तथा ईजरायली बर्बर जनसंहारको विरोधमा रहेका व्यक्तित्वहरुको प्रतिनिधित्व रहेको बैठकले " प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल " को औपचारिक गठन समेत गरेका छन् ।
उक्त संयन्त्रले आगामी कात्तिक २६ गते इजरायली राजदूतावसमा ज्ञापन पत्र समेत दिने भएका छन् । त्यसका लागि उक्त दिन १ बजे शान्तिबाटिका , शंखधर पार्कमा जम्मा भएर इजरायली राजदूतावास, लाजिम्पाटमा गई ज्ञापनपत्र दिन जाने कार्यक्रम समेत तय गरेको छ ।
त्यसैगरी संयन्त्रले मंसिर ८ गते १ बजे माइतीघर मण्डलामा एकत्रित भएर बृहद विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वरसम्म जाने र त्यहाँ विरोधसभा गर्ने कार्यक्रमको पनि घोषणा गरेको छ।
संयन्त्रको बैठकपछि दिइएको जानकारीअनुसार ज्ञापनपत्र र बृहद बिरोध प्रदर्शनको कार्यक्रमको बीचमा इजरायली जनसंहारका बारेमा जनमत सृजनाको उद्देश्यले फोटो तथा भिडियो प्रदर्शनी गर्ने, नेपाल सरकार तथा इजरायली जनसंहारलाई समर्थन गर्ने मुलुक अमेरिकाको नेपाल स्थित दूतावासमा ज्ञापनपत्र दिइनेछ । त्यसैगरी, इजरायली जनसंहारका विरुद्ध नेपालका बिभिन्न शहरी केन्द्रमा पनि विरोध प्रदर्शन गर्ने बारे संयन्त्रमा आम सहमति भएकाले र त्यसबारे विस्तृतमा पछिका संयन्त्रका बैठकमा टुङ्ग्याउने कुरा समेत जनाइएको छ ।
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध
बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …
सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त
सुकुम्बासी विस्थापनमा संवैधानिक हक र मानव अधिकारको उल्लंघन
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
प्रतिक्रिया