नरसंहारविरुद्ध विशेष अन्तर्क्रिया कार्यक्रम हुने
इजरायलले प्यालेष्टाइनी भूमि तथा लेवनानमा मच्चाइरहेको नरसंहारविरुद्ध विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ ।
प्रगतिशील रुपान्तरण आन्दोलन नेपालको संयोजनमा हुन लागेको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत ), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) , राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, बृहत नागरिक आन्दोलन, सामाजिक दायित्वका लागि चिकित्सकहरू, पिपुल्स हेल्थ मुभमेण्ट, नेपाल, नेपाल फर प्यालेस्टाइन पिपुल, प्यालेस्टाइन सोलिडारिटी नेपाल, मानव अधिकारवादी संगठन र व्यक्तित्वहरू, बौद्धिक व्यक्तित्वहरू तथा मिडिया प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
उक्त कार्यक्रम आउँदो कात्तिक १३ गते मंगलबार दिउँसो १ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा हुँदैछ ।
हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
प्रतिक्रिया